गठबन्धन आजको आवश्यक्त्ता हो:डा. शेखर कोइराला

 न्यूज विराट
गठबन्धन आजको आवश्यक्त्ता हो:डा. शेखर कोइराला

विराटनगर,१२ भदौ । नेपाली कांग्रेसका केन्द्रीय डा शेखर कोइरालाले आगामी निर्वाचनमाका गठबन्धन आजको आवश्यक्त्ता भएको बताउनु भयो ।

नेकां मोरङ क्षेत्र नं ६ द्वारा आज यहाँ आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गदै उहाँले नेकांले एक्लै सरकार निर्माण गर्न नसक्ने हुनाले गठबन्धन जरुरी र आवश्यक भएको स्पष्ट पार्नु भयो ।

नेता डा. कोइरालाले आगामी सङ्घीय निर्वाचनमा कम्तिमा एक सय सिटमा गठबन्धन दलहरुसँग सहमती गर्नु पर्ने बताउंदै जित्ने एक सय सिट गठबन्धनहरुसँग माग गर्नुपर्ने धारणा राख्नु भयो ।

उहाँले नेकाले विसं २०७४ को निर्वाचनमा सङ्घीय संसद र प्रदेश सभामा विजयी भएका स्थानमा राख्नु पर्नेमा जोड दिदै ७७ जिल्लामा सङ्घीय संसद वा प्रदेश सभामा प्रतिनिधित्व हुनु आवश्यक रहेको धारणा राख्नु भयो ।

नेता डा. कोइरालाले ‘सुशासन र पारदर्शीता पार्टी र सरकारमा हुनुपर्छ’ भन्दै जनताप्रति उत्तरदायी भएर उनीहरुको कार्य छिटो छिटो गर्न आग्रह गर्नु भयो ।

उहाँले जनतासंग जोडिने कार्य टोल समितिले गर्नुपर्ने आवश्यक्त्तता औल्याउँदै जनताले आगामी निर्वाचनबाट मुलुकबाट दण्डहिनताको अन्त्य चाहेको धारणा राख्नु भयो ।

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले कार्यकर्ताहरुले आगामी निर्वाचनका लागि जनताको घरघरमा पुगी उनीहरुको मन जितेर त्यसलाई मतमा परिणत विजयी बनाउने अभियानमा लाग्न आग्रह गर्नु भयो ।

नेकां मोरङका उपसभापति एवं विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विगतका तिक्ततालाई हटाई नेकां कार्यकर्ताहरु एक ढिक्का भएर निर्वाचनको लाग्नु पर्ने धारणा राख्नु भयो ।

नेकां केन्द्रीय सदस्यद्वय डा डिला संग्रौला र रुक्मिणी कोइरालाले आगामी सरकार निर्माणका लागि कार्यकर्ताहरुले कुनै पनि दुविधा नराखी निर्वाचनमा अहिलेदेखिनै होमिनु पर्नेमा जोड दिनु भयो ।

क्षेत्र नं ६ का सभपति देवराज तामाङ,प्रदेश सभा सदस्य चुमनारायण तवदार, नेपाल तरुण दल महानगर सभापति दिपक चापागाई र मधुबावु तिवारीले पार्टीभित्र निष्ठान कार्यकर्ताहरुको मूल्याङकन हुनुपर्ने धारणा राख्नु भयो । एक दिने प्रशिक्षणमा नेका सहमहामन्त्री जीवन परियार लगायतले प्रशिक्षण दिनु हुनेछ।

सम्बन्धित समाचार

मोरङ कारागारमा खेलकुद प्रतियोगिता

विराटनगर । विराटनगरस्थित मोरङ जिल्ला कारागारमा कैद भुक्ता गर्दै आएका कैदीबन्दीहरुबीच खेलकुद प्रतियोगिता आयोजना गरिएको छ । कारागार भित्र बुधबार कैदीबन्दीहरुबीच खेलकुद प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा आधा दर्जन बढी खेलहरु समावेश गरिएको थियो...

मन्त्रिपरिषद बैठक : प्रतिनिधिसभा विघटन, नयाँ चुनाव कात्तिक २६ र मंसिर ३ गते

काठमाडौं, ७ जेठ । संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सरकार गठन हुन नसकेपछि संवैधानिक रुपमै प्रतिनिधिसभा भंग भएको छ । राष्ट्रपतिबाट केपी शर्मा ओली र शेरवहादुर देउवा दुवैजनाको वहुमतको आधार नदेखिएको भन्दै प्रधानमन्त्रीमा...

विराटनगरमा ३८ सहित प्रदेश १ मा ९० संक्रमित थपिए, ८१ डिस्चार्ज

विराटनगर ११ भदौ-प्रदेश १ मा बिहिबार ९० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४६, सुनसरीमा ३८, संखुवासभामा ४, इलाम र प्रदेश १ बाहिरका १÷१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा मात्र...

सहकारीको नाममा मिटरब्याजको धन्दा !

विराटनगर । विराटनगरमा सहकारीको नाममा लगानी गरेर मिटरब्याज धन्दा चलाउने गरेको पाइएको छ । अचल सम्पत्ति सहकारीको नाममा धितो राखेर व्यक्तिगतरुपमा करोडौं लगानी गर्ने र मिटरब्याज असुलीको धन्दा चलाउने काममा सक्रिय रहेको गुनासो मंगलबार सार्वजनिक भएको...

मिल्स गोल्डकपः सशस्त्र प्रहरी सेमिफाइनलमा प्रवेश

विराटनगर, ७ चैत । प्रथम मिल्स गोल्डकप फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी बल पूर्वाञ्चल सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगर जुट मिल्सको खेलमैदानमा शनिबारदेखि सुरू भएको गोल्डकपमा उर्लाबारी फुटबल क्बल मोरङलाई ३–० गोल अन्तरले हराउँदै सशस्त्र...

कोरोनाका कारण ६ सय पत्रकारको मृत्यु

एजेन्सी, २३ पुस-कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये विश्वभरी ६०० भन्दा बढी पत्रकारको मृत्यु भएको पाइएको छ ।  सन् २०२० को मार्चदेखि डिसेम्बर अन्त्यसम्ममा उनीहरुको मृत्यु भएको विवरण प्रेस स्वतन्त्रतासम्बन्धी एउटा संस्थाले सार्वजनिक गरेको हो । सो...

बुढानीलकण्ठ स्कुलमा चित्रकला तथा हस्तकला प्रर्दशनी

विराटनगर । बिराटनगर – २ स्थित बुढानीलकण्ठ स्कुलमा चित्रकला तथा हस्तकला प्रदर्शनी आयोजना गरिएको छ । शैक्षिक सत्र २०७९ को बार्षिक परीक्षाफल वितरणको अवसर पारेर सोमबार स्कुल परिसरमा चित्रकला तथा हस्तकला प्रर्दशनी गरिएको हो ।...

३२ जनाले जिते कोरोना, कुल ३ सय ६५ जना संक्रमणमुक्त

काठमाडौं, २४ जेठ-नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणलाई जितेर घर फर्किने संख्या बढिरहेको छ । शनिबारसम्मको विवरणअनुसार ३ सय ६५ जनाले कोरोना भाइरसको संक्रमणलाई जितेर घर फर्किएका छन् । देशका विभिन्न अस्पतालमा उपचारपछि निको भएर थप...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्