बुढासुब्बा गोल्डकप : मनाङ–मर्स्यांग्दी क्लब सेमिफाइनलमा प्रवेश

 न्यूज विराट
बुढासुब्बा गोल्डकप : मनाङ–मर्स्यांग्दी क्लब सेमिफाइनलमा प्रवेश

विराटनगर, फागुन १२–बेलबारी फुटबल क्लबमाथि ४–० को शानदार जित दर्ता गर्दै मनाङ मर्स्यांग्दी क्लब काठमाडौ सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार धरान रंगशालामा भएको २२ औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगितामा मनाङले उत्कृष्ट खेल प्रदर्शन गर्दै सेमिफाइनलमा युनाइटेड खर्साङ फुटबल क्लबसँगको भेट पक्का गरेको हो।

मनाङका लागि दयानन्द सिंहले २ गोल गरे भने निशान लिम्बू र बिमल रानाले समान एक÷एक गोल गरे । पहिलो पटक बुढासुब्बा गोल्डकप खेलेको मुख्यमन्त्री लिगको उपविजेता बेलबारी फुटबल क्लबले रक्षात्मक खेलेको थियो । खेलको म्यान अफ द म्याच घोषित हुदै मनाङका दयानन्द सिंहले १५ हजार रुपैयाँ नगद प्राप्त गरे । त्यस्तै खेलमा निशान लिम्बूले गरेको गोल उत्कृष्ट घोषित हुँदा उनले ५ हजार नगद पुरस्कार प्राप्त गरे ।

मंगलबार ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लब काठमाडौ र भारतको सण्डे क्लब एफबिएलसी बीच अन्तिम क्वाटर फाइनल खेल हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख नगद पुरस्कार पाउनेछ ।

सम्बन्धित समाचार

विराटनगरका पत्रकार कर्ण र पाठक सम्मानित

विराटनगर । विराटनगरका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका नविन कर्ण र सुशिला पाठकलाई सम्मान गरेको हो । शनिवार विराटनगरमा आयोजित संस्थाको ५३ औं जिल्ला सभाकाबीच कर्ण र पाठकलाई...

सुनसरीको रामधुनीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ७ ईचौलस्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प. ५८१०नम्बरकोस्कुटर र बिपरितदिशाबाट...

ब्राउनसुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट संयुक्त रुपमा खटिएको प्रहरी...

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्

Scholarship Shikshadeep College