एस्पायर कलेजमा भर्ना भएका विद्यार्थीलाई अभिमुखिकरण

 न्यूज विराट
एस्पायर कलेजमा भर्ना भएका विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विराटनगरस्थित एस्पायर कलेजमा भर्ना भएका विद्यार्थीहरूलाई अभिमुखिकरण दिएको छ ।
कलेजले विराटनगरमा सोमबार एक कार्यक्रम आयोजना गरी अभिमुखिकरण गराएको हो । अभिमुखिकरण कार्यक्रमको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले गरे ।

काठमाण्डौ विश्व विद्यालय र विराटनगरस्थित एस्पायर कलेजबीच सम्झौता पछि बी टिएच बिएड, आइटी र बीपिएच कार्यक्रमहरू संचालनमा रहेको छ । बीपिएचमा भर्ना भएका २३ र बी टिएच बिएड आइटीमा भर्ना भएका ३० जना विद्यार्थीहरू अभिमुखिकरण कार्यक्रममा सहभागि रहेको कलेजका अध्यक्ष विकास अधिकारीले जानकारी दिए ।
बी टिएच बिएड, आइटी र बीपिएच कार्यक्रमहरू असोज अन्तिम साताबाट सुरू भएको थियो ।

एस्पायर कलेजले संचालन गरेको कार्यक्रमहरु अध्ययन संग संगै इन्टरससिप पनि हुने भएको छ । प्रयोगात्मक र अध्ययन संगसंगै आयआजर्न पनि गर्न सकिने शिक्षा प्रदान गरिने कलेजले जनाएको छ ।
काठमाण्डौँ विश्वविद्यालयको विस्तारीत कार्यक्रमका रुपमा एस्पाएर कलेजले स्नातक कार्यक्रम भएकाले यस कार्यक्रममा जुन सुकै विषयमा प्लस टु उतिर्ण गरेका विद्यार्थीले अध्ययन गर्न पाउँछन् ।

गुणस्तरीय शिक्षामा सधै कट्टीवद्घ रहेको काठमाण्डौँ विश्वविद्यालयले विस्तारीत शैक्षिक कार्यक्रम प्रदेश १ मा पहिलो पटक एस्पाएर कलेजबाट सुरू भएको हो ।

राष्ट्रयलाई र अन्र्तराष्ट्रिय बजारलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले काठमाण्डौ विश्वविद्यालयले विस्तारित कार्यक्रम विराटनगरमा लिएर आएको हो ।
अभिमुखिकरण कार्यक्रममा सहजिकरण काठमाण्डौं विश्वविद्यालयका बिपिएच कार्यक्रमको कोडिनेटर आस्मा थापा मगर, बिनोद प्रसाद पन्तले गर्नेछन् ।

अभिमुखिकरण कार्यक्रममा सहभागि विद्यार्थीहरु ।

सम्बन्धित समाचार

विराटनगरस्थित भानुकला केन्द्रद्वारा विभिन्न क्षेत्रमा योगदान पु¥याउने स्रष्टा सम्मानित

विराटनगर, २८ असार । विराटनगरस्थित भानुकला केन्द्रले विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरेको छ । आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्मजयन्तीको अवसर पारेर भाषा, साहित्य, कला, संंस्कृति र पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान...

१४ सय १७ वर्ष पुरानो पनौती जात्रा स्थगित

काठमाडौं, २२ जेठ-कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा १ हजार ४१७ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष स्थगन गरिएको छ । ‘यौनिकता’ दर्शाउने नेपालकै पुरानो मानिएको यस जात्रा...

तराईमा होली आज, हराउँदैछ मौलिकता

तराई क्षेत्रमा फागु पर्व अर्थात् होली आज हर्षोल्लासका साथ मनाइँदैछ । आइतबार देशका पहाडी क्षेत्रहरूमा फागु पूर्णिमा मनाइएको थियो । आज तराईका जिल्लाहरूमा मनाइँदै छ । पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने...

रैथानी एकता परिषदद्वारा विराटनगरका युवाहरुबिच अन्तरकृया

विराटनगर, १५ फागुन । रैथानी एकता परिषद प्रदेश १ कमिटिले रैथानिक विषयमा विराटनगरका युवाहरु बीच अन्तरक्रिया कार्यक्रम गरेकोे छ । विराटनगर आयोजित कार्यक्रममा रैथानीहरु परापूर्वकालदेिख नेपालमा बसोवास गर्दै आइरहेको विषयमा केन्द्रित रहेर युवाहरु बीच अन्तरक्रिया...

दर्ता प्रक्रियामा एनआरएन फन्ड, १ अर्ब ८० करोडको प्रतिबद्धता जुट्यो

गैरआवासीय नेपाली संघ (एनआरएन) को पहलमा स्थापना हुन लागेको एनआरएन डेभलपमेन्ट फन्डको प्रबन्धपत्र नियमावली तथा कम्पनी दर्ता कागजातमा हस्ताक्षर भएको छ । संस्थापकहरूका तर्फबाट बिहीबार हस्ताक्षर भएको हो । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, गैरआवासीय...

‘प्रहरी सँग विद्यार्थी’ कार्यक्रम (फोटो फिचर)

विराटनगर । इलाका प्रहरी कार्यालय रंगेलीले ‘प्रहरी सँग विद्यार्थी’ कार्यक्रम आयोजना गरेको छ । समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत प्रहरी कार्यालयबाट प्रवाह हुने सेवामा सर्वसुलभ पहुँच, प्रहरी र नागरीक बिच सुमधुर सम्बन्धको विकास गर्ने उद्देश्यले प्रहरी...

उत्तर कोरिया कोरोना संकट रोक्न सफल : किम

एजेन्सी, असार १९-उत्तर कोरियाका नेता किम जोङ उनले कोरोना संकट रोक्न देशले चामत्कारिक सफलता हात पारेको बताएका छन् । पार्टी पोलिटब्यूरोको बैठकका क्रममा किम जोङ उनले उत्तर कोरियाले भाइरस फैलिनबाट रोकेर देशलाई हरहालतमा स्थिर बनाइराखेको...

आज १४७४ जनामा कोरोना पुष्टि, मृतकको संख्या १५ सय नाघ्यो

काठमाडौं, १५ मंसिर-गत २४ घण्टामा देशभर १ हजार ६ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्