लगनशील र मेहनतले नै सफलता मिल्यो

 न्यूज विराट
लगनशील र मेहनतले नै सफलता मिल्यो

विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजमा अध्ययनरत दिया अग्रवालले कक्षा १२ को परीक्षामा नेपाल प्रथम भइन् । राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालमा लिएको परीक्षामा व्यवस्थापन सङ्कायमा नेपालमै उच्चतम अङ्क ३.९६ जिपिए ल्याएर अग्रवाल नेपाल प्रथम भएकी हुन् । देशभरीको उच्च माविलाई पछि पार्दै दिया नेपाल प्रथम भएपछि मेरील्याण्ड कलेजले विशेष सम्मान पनि गरिसकेको छ । संविधान दिवसको अवसर पारेर कलेजले भव्य कार्यक्रम आयोजना गरी नगद ५१ हजार रूपयाँ सहित विशेष सम्मान गरेको थियो । नेपाल प्रथम हुने हुने दियाको बुबा सुचित र आमा रीता अग्रवाल हुन् । १७ वर्षीय दियाले नेपाल प्रथमदिया अग्रवालले कक्षा १२ को परीक्षामा नेपाल प्रथम गरेपछि संविधान दिवसको अवसर पारेर कलेजले नगद ५१ हजार रूपयाँ सहित विशेष सम्मान गरेपछी उनीसँग गरिएको संक्षिप्त कुराकानी :

पहिलोपटक परीक्षाफल थाहा पाउँदा कस्तो महसूस भयो ?
– परीक्षा दिएप्छि कक्षा १२ को परीक्षाफलको पर्खाइमा थिए । सोचेअनुरूप नै ३.९६ जिपिए आएको छ । अझ छात्रा त्यो पनि नेपाल प्रथम भएको थाहा पाएपछि निकै खुशी भएँ । नेपाल प्रथम भएको खबर मेरिल्याण्ड कलेजका प्रिन्सिपल लक्ष्मण ढकाल सरले फोन गरेर बधाइ दिनुभएपछि झन धेरै उत्साहित भए ।

यो सफलता कसरी प्राप्त भयो ?
– सफलताका लागि सबैभन्दा पहिलो त अनुशासन तथा मेहनत नै हो । कलेजमा एकाग्र भएर अध्ययन गर्ने, गुरुहरूले पढाएको नबुझेमा तुरुन्तै सोध्ने गर्दा पनि यो सफलता प्राप्त भएको हो । त्यसमा कक्षा ११ देखि आफु पढने मेरिल्याण्ड कलेज र अभिभावकको सहयोग पनि थियो । मेरो सफलताको पछाडि आफ्नो मेहनतसँगै बुबाआमा र गुरुहरूको ठूलो हात छ ।

कसरी अध्ययन गर्दा यस्तो सफलता मिल्दो रहेछ ?
– सबैभन्दा पहिला अध्ययनशील, लगनशील र अनुशासित हुन जरुरी छ । विद्यार्थीले सधैं कक्षामा शिक्षकले अध्यापन गराइरहेको बेला ध्यान दिनु जरुरी छ । विद्यार्थीको कितावलाई आफ्नो सबभन्दा ठूलो साझी मान्नुपर्छ । पढाइप्रति दिक्क मानेर उम्किने अवस्था होइन विद्यार्थीको, किनभने यतिबेला अलिकति संघर्ष गरेर भए पनि भविष्य उज्वल पार्न भविष्यमा नपछुताउने गरी आफ्नो उद्देश्यमा लगनशील हुनुपर्छ ।
विद्यार्थीको सबैभन्दा ठूलो गुण अनुशासन हो । अनुशासित विद्यार्थी कहिल्यै असफल हुनै सक्दैन । पढाएको विषयमा ध्यान दिने, नबुझेको कुरा शिक्षकलाई सोध्ने । त्यस्तो गर्न सकेमा सफता प्राप्त हुनेछ । आचकालका विद्यार्थीहरु परीक्षा आउने बेलामा मात्रै पढने बानी रहेको छ । त्यसो गर्नुभन्दा पनि दैनिक ३–४ घण्टा रुटीन बनाएर पढने गरेमा सफलता सजिलै प्राप्त गर्न सकिन्छ । यस्तै दैनिक ५ देखि १५ मिनेटसम्म योगा गरेमा दिमाग सधै स्वस्थ्य रहन्छ भन्ने मेरो भनाई छ ।

भविष्यको योजना के छ ?
– व्यवस्थापन संकाय अध्ययन गरेको कारणले सिए बन्ने इच्छा रहेको छ । सिए पढेर देशको सेवा गर्ने मेरो इच्छा रहेको छ ।

नेपाल प्रथम गरेकी दिया अग्रवाललाई प्रदेश १ सामाजिक विकास मन्त्री राजन राइसहित कलेजका प्रिन्सिपल र शिक्षकहरूले पुरस्कार रकम हस्तान्तरण गर्दै ।

सम्बन्धित समाचार

अब विपन्न संक्रमितको मात्र सरकारले उपचार गर्ने

काठमाडौं, २९ भदौ-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिब तथा विपन्नको मात्र उपचार गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने भएको छ । आइतबार मन्त्री भानुभक्त ढकालसहित बसेको बैठकले गरिब र विपन्नको मात्र उपचार गर्ने निर्णय गरेको हो । 'मन्त्रालयले...

पछिल्लो २४ घण्टामा नेपालमा २२ कोरोना संक्रमितको मृत्यु

काठमाडौं, ५ मंसिर-गएको २४ घन्टामा देशभर २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  यासँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ९८ पुगेको छ । शुक्रबार देशभर  १० हजार ३ सय ४०...

अरनीको स्कुलाई बास्केटबलको उपाधि

विराटनगर । विद्यालय स्तरीय तेस्रो संस्करणको विराटनगर बास्केटबल प्रतियोगिताको उपाधि विराटनगरमा रहेको अरनीको स्कुलले जितेको छ ।विराटनगरमा शुक्रबार सम्पन्न भएको प्रतियोगितामा महिलातर्फ अरनीको स्कुलले उपाधि जितेको हो । विराटनगरमा रहेको पोखरीया स्कुललाई २–४ अङकले पराजित...

सकियो सीएनआइ कोशी एक्स्पो, चार लाख बढीले गरे अवलोकन

विराटनगर । सीएनआई कोसी एक्स्पो २०७९ शनिबार भव्यताका साथ सम्पन्न भएको छ । संकटोन्मुख रहेको मुलुकको अर्थतन्त्रलाई एक्स्पोका माध्यमबाट थोरै भएपनि चलायमान बनाउन भन्दै नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ ले आयोजना गरेको १० दिने...

कोशी टप्पुमा दुर्लभ चरा ‘सेतो पेटे रानी चरी’ फेला

धरान, माघ १७–चराको स्वर्गभूमि मानिएको सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षमा नयाँ चरा फेला परेको छ । सुनसरी, उदयपुर र सप्तरीमा फैलिएको कोशीटप्पु वन्यजन्तु आरक्षमा मात्रै ५ सय २६ प्रजातिका चरा पाइने रेकर्ड छ । पछिल्लो...

बजेट अधिवेशनका लागि तयारी तीव्र

काठमाडौं, १७ वैशाख-सरकारले संघीय संसदको बजेट अधिवेशन आह्वान गर्ने तयारी गरेको छ । बजेट अधिवेशन बोलाउने तयारीका लागि बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली संघीय संसद भवनमा रहेको बैठक कक्षको अवलोकन गर्न पुगेका छन् ।...

प्रदेश–१ का उपनेता आङबोहाङद्वारा प्रचण्ड–नेपाल समुह छाडेको घोषणा

काठमाडौं, फागुन २२-प्रदेश–१ नेकपामा प्रचण्ड–माधव नेपाल समुहलाई शनिवार ठुलो झट्का लागेको छ । नेकपा संसदीय दलका उपनेता टंक आङबोहाङले नेकपा (दाहाल–नेपाल समूह)मा आफू नरहेको घोषणा गरेका छन् । दाहाल–नेपाल समूहको केन्द्रीय सदस्यसमेत रहेका उनि सो...

मन्त्री घिमिरेको कोरोना रिपोर्ट पुनः पोजेटिभ

विराटनगर, २६ भदौ–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको पीसीआर रिपोर्ट पुन ः पोजेटिभ आएको छ । कोरोना लक्षण देखिएको दुईसाता पछि विहीबार गरिएको पीसीआर परीक्षण रिपोर्ट आज पुन ः पोजेटिभ आएको प्रदेश १...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्