उद्योगी व्यवसायीको आन्दोलन तत्काल स्थगित, अर्थमन्त्रीले बोलाए बार्तामा

 न्यूज विराट
उद्योगी व्यवसायीको आन्दोलन तत्काल स्थगित, अर्थमन्त्रीले बोलाए बार्तामा

विराटनगर । बैंकको चर्को ब्याजदर विरुद्ध निरन्तर आन्दोलनमा उत्रिएका मोरङका उद्योगी व्यवसायीहरूले तत्काल आन्दोलनको कार्यक्रम स्थगित गरेका छन् ।

नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले ब्याज दर वृद्धिविरुद्ध आन्दोलनमा रहेका विराटनगरका व्यवसायीलाई वार्ताका लागि बोलाएपछि तत्कालको लागि आन्दोलन स्थगित गरेका हुन् ।
मन्त्रीको निम्तोपछि मोरङका तीन मुख्य व्यावसायिक संस्थाले ब्याजवृद्धि विरूद्धको आन्दोलनलाई स्थगित गरेका हुन् । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र सीएनआईको प्रदेश नम्बर १ समिति गत बिहीबारदेखि आन्दोलनरत थिए ।
चर्को ब्याज वृद्धिका साथै राष्ट्र बैंकले ल्याएको चालु पुँजी कर्जा मार्गनिर्देशनको विपक्षमा व्यवसायी थिए । नेपाल उद्योग वाणिज्य महासंघको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर समस्या राखिसकेको छ ।
अर्थतन्त्र निक्कै कमजोर रहेको र त्यसलाई सुधार गर्नुपर्ने पौडेलले मन्त्री हुनुअघि नै एक कार्यक्रममा बताएका थिए । मन्त्री भएलगत्तै उनले व्यवसायीसँग वार्ताको पहल गरेका हुन् ।

आन्दोलनमा उत्रिएका व्यवसायीले बिहीबार र शुक्रबार नेपाल राष्ट्र बैंकको विराटनगरस्थित प्रादेशिक कार्यालयको मुख्य प्रवेशद्वारमा प्रदर्शन गरेका थिए । त्यस्तै उनीहरूले सोमबार बिहानैदेखि सोही प्रवेशद्वारमा धर्ना दिएर कर्मचारीलाई प्रवेश गर्न दिएका थिएनन् । फलतः सोमबार कार्यालयको काम ठप्प भएको थियो ।
व्यापार संघका अध्यक्ष नवीन रिजालले मन्त्री पौडेलले वार्तामा बोलाएपछि आन्दोलनको कार्यक्रम तत्कालको लागि स्थगित गरेको बताए । ‘उहाँले सपथग्रहण गरेको केही समयमै मसित उहाँको टेलिफोन–वार्ता भयो,’ अध्यक्ष रिजालले भने, ‘मन्त्रीज्यूले हामीलाई आन्दोलन स्थगित गरेर वार्तामा आउनूस् भन्ने आह्वान गर्नुभयो । हामी तीन वटै संस्थाका प्रतिनिधि आजै साँझ काठमाडौं पुग्दैछौं ।’
रिजालले वार्तामा बोलाइएका कारण तत्कालका लागि प्रदर्शनका कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।
‘सरकार र राष्ट्र बैंकसित हाम्रो वार्ताको बटम लाइन एकल अंकको ब्याजदर हुनेछ,’ उनले भने, ‘बैंकहरूले जथाभावी रूपमा असुल गरिरहेको नवीकरण शुल्क घटाउने पनि हाम्रो मुख्य माग हुनेछ ।’
नयाँ सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले पनि ‘वित्तीय र मौद्रिक नीतिको सामञ्जस्यपूर्ण कार्यान्वयनबाट अर्थतन्त्रमा देखा परेका तरलता संकुचन, उच्च ब्याजदर, विदेशी मुद्राको सञ्चितिमा परेको दबाब तथा पुँजी बजारमा आएको गिरावटलाई सम्बोधन गरी अर्थतन्त्रलाई गतिशील बनाउने’ निर्णय गरेको थियो ।
रिजालले बैंकको ब्याजलाई एकल अंकमा ल्याउने टुल्सहरू भएको उल्लेख गर्दै यसका लागि संस्थागत निक्षेपको ब्याजलाई २ प्रतिशत कायम गरिनुपर्ने बताए ।

त्यस्तै स्प्रेडदर घटाउने तथा बैंकर र व्यवसायीलाई अलग–अलग गर्नुपर्ने माग पनि जोडदार ढंगले उठाइने उनले सुनाए ।
रिजालले मन्त्री पौडेलसित स्वदेशी बजारको प्रवर्द्धनका लागि देशभरि मौलाएको अवैध–आधातको नियन्त्रणका लागि सशक्त आग्रह गरिने स्पष्ट पारे ।

सम्बन्धित समाचार

माग सम्बोधन नभएको भन्दै यातायात व्यवसायीले गरे प्रदर्शन

यातायात व्यवसायीले आफूहरूका व्यावसायिक समस्या सम्बोधन गर्न सरकारले चासो नदेखाएको भन्दै विरोध प्रदर्शन गरेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल र नेपाल मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजमा आवद्ध व्यवसायीले आइतबार माइतीघर मण्डलामा प्रदर्शन...

विद्यालय शिक्षाको आकस्मिक कार्ययोजना सार्वजनिक

काठमाडौं ६ असोज-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मंगलबार पत्रकार सम्मेलन गरेर कार्ययोजना सार्वजनिक गरेका हुन् । बसाइँ स्थानान्तरण भएका विद्यार्थीको तथ्यांक...

एमालेको १० औं महाधिवेशन प्रतिनिधि चयनका लागि मोरङमा कात्तिक २७ गते निर्वाचन

विराटनगर । नेकपा एमालेको चितवनमा हुने १० औं महाधिवेशनमा प्रतिनिधित्व गर्ने प्रतिनिधि चयन गर्न मोरङमा कात्तिक २७ गते निर्वाचन हुने भएको छ । आज एमाले पार्टी कार्यालयमा बसेको बैठकले निर्वाचन मिति तय गर्दै विभिन्न जिम्मेवारीहरु...

गण्डकी प्रदेशमा थप २ जना कोरोना पुष्टि, संक्रमितको सख्या ५६ पुग्यो

पोखरा, २३ जेठ-गण्डकी प्रदेशमा थप २ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । तनहुँको ऋषिङ गाउँपालिका घर भएर सोही पालिकाको क्वारेन्टाइनमा रहेका २ जनामा कोरोना पोजिटिभ देखिएको हो । ३९ र ४० वर्षका २ जना...

झी पुः चमा नयाँ नेतृत्व, अध्यक्षमा भविषकुमार श्रेष्ठ

विराटनगर । झी पुःच (नेपाल भाषा तथा संस्कृतिक संघ) को अध्यक्षमा भविषकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । झी पुचः को २९ औ साधरणसबाट श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । होटल तथा पर्यटन व्यवसायी...

यति एयरलाइन्सको जहाज विमान विराटनगर विमानस्थलमै रोकियो

विराटनगर, १३ साउन । उड्न लागेको विमानमा समस्या देखिएपछि यति एयरलाइन्सको जहाज विराटनगर विमानस्थलमै रोकिएको छ । आज विहान साढे सात बजेतिर ६० जना यात्रु लिएर काठमाडौंका लागि उड्न लाग्दा जहाजमा खराबी देखिएपछि जहाज विमानस्थलमै...

भारतीय मिडियाको दाबीः प्रधानमन्त्री ओलीको कुर्सी खतरामा

काठमाडौं, १७ असार-नेपालबारे कममात्रै समाचार छापिने भारतीय सञ्चारमाध्यममा पछिल्लो समयमा नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक, कालापानीलाई नक्सामा समावेश गरेसँगै भारतीय सञ्चारमाध्यममा प्राथमिकता पाउन थालेका छन् । सत्तारुढ नेकपाको स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा...

आज विराटनगरमा २४० कोरोना संक्रमित थपिए

विराटनगर, ५ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८९१ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ११२ जनाको पीसीआर परीक्षण गर्दा ६७७ र ५६३ जनाको एन्टिजेन परीक्षण गर्दा २१४ जनामा संक्रमण देखिएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्