विराटनगर । विराटनगर ७ जलजला चोकको दाडेवाल गल्लीमा च्याम्पियनस कराते एकेडेमी संचालनमा आएको छ । कराते खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले एकेडेमी संचालनमा आएको हो ।
बालबालिकालाई आत्मरक्षा कला सिकाउनुका साथै उनीहरुलाई कुशल खेलाडी बनाउँदै अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा सहभागी गराई देशको नाम उज्जवल बनाउन एकाडेमी संचालनमा ल्याएको संचालक तथा करातेका अन्तर्राष्ट्रिय खेलाडी सुरज कामतले बताए । अहिले एकेडेमीमा शनिबार बाहेक हप्ताको ६ दिन प्रशिक्षण दिइने गरिएको छ । विहान ६ देखि सात बजेसम्म र बेलुकी ५ बजेदेखि साझ ६ बजेसम्म प्रशिक्षण हुने गरेको संचालक कामतले बताए । ‘खेलाडीहरुलाई स्वच्छ, सुरक्षित र व्यवस्थित म्याटमा गुणस्तरीय प्रशिक्षण दिइँदै आएको छ । यो विराटनगरकै पहिलो पूर्णरुपमा व्यवस्थित कराते एकेडेमी हो । यस एकेडेमीले ३ जना उत्कृष्ट खेलाडी विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्तिमा तालिम समेत प्रदान गरिरहेका छ,’ उनले भने । एकाडेमीका प्रशिक्षण लिदै आएका खेलाडीहरुले हालै सम्पन्न प्रथम रिना स्मृति आमन्त्रित खुला कराते प्रतियोगितामा एकेडेमीका ११ खेलाडीहरुले सहभागीता जनाएका थिए । जसमा यस एकाडेमीका खेलाडीहरुले १ स्वर्ण, ३ रजत र ७ कांस्य पदक जित्न सफल भएका छन् । ‘जसले गर्दा यस एकेडेमीको उच्चस्तरको प्रशिक्षण र खेलाडीहरुको उत्कृष्ट क्षमतालाई प्रमाणित गरेको छ,’ संचालक कामतले भने । अहिले ३५ जना विद्यार्थीहरुले नियमित प्रशिक्षण लिइरहेका छन् । निकट भविष्यमा यस एकेडेमीका खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउन निरन्तर कठिन परिश्रम गर्दै आएको उनको भनाइ छ । ‘आफ्नो आत्मरक्षा तथा खेल करिअरलाई सशक्त बनाउन इच्छुक विद्यार्थीहरुलाई च्यम्पियनस् कराते एकेडेमीमा जोडिन आग्रह गर्दछु,’ कामतले भने । करिब साढे ४ लाख रुपैयाँ लागतमा उक्त एकाडेमी संचालनमा आएको हो ।
विराटनगर । व्यवस्थापन शिक्षामा राष्ट्रिय पहिचान बनाएर देशभरीमै सधै टप १० मा पर्दै आएको विराटनगरस्थित मेरील्याण्ड कलेजले कक्षा १२ को परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याएको दावी गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालमा लिएको परीक्षामा...
काठमाडौं, बैशाख १ । एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थप्रणाली गलत र अदृष्यतत्वको हातमा पुगेको बताउनु भएको छ । नयाँ बर्षको अवसरमा शुभकामना सन्देश दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले यस्तो निश्कर्ष सुनाउनु भएको हो...
विराटनगर । त्रिभूवन विश्व विद्यालयले लिएको ब्याचलर इन इन्फरमेशन म्यानेजमेन्ट (बीआइएम) तेस्रो सेमेस्टरको परीक्षामा नेपाल टप गर्ने विराटनगरस्थित हिमालय दर्शन कलेजका छात्रा आस्मा तुलाधार र सपना झालाई सम्मान गरिएको छ । हिमालय कलेजले आइतबार विहान...
काठमाडौं, २५ मंसिर-पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको नयाँ पुस्तक 'अर्थ-राजनीतिक विमर्श' प्रकाशित भएको छ । पुस्तकमा भट्टराईले पछिल्लो समय लेखेका २२ आलेख समेटिएको छ, जसमा राजनीतिक 'वाद'देखि भौतिक विज्ञान र समसामयिक वैश्विक घटनाक्रमहरू समेटिएका छन् । पुस्तकका...
काठमाडौं, माघ १०–आजबाट शहीद सप्ताह सुरु भएको छ । मुलुकमा भएका राजनीतिक आन्दोलनका क्रममा जीवनको बलिदान गरेकाहरूको सम्झनामा शहीद सप्ताह मनाउने गरिन्छ । शहीदहरूको सम्झनामा प्रत्येक वर्ष १० माघदेखि १६ सम्म मनाउने गरिन्छ । राणा...
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले उत्तर कोरियाको कोभिड महामारीको तथ्यांकबारे आफ्नो पहुँच नभएको तर त्यहाँ संकट गहिरिएको हुन सक्ने अनुमान गरेको छ । १२ मेमा पहिलो कोभिड केस देखिएको घोषणा गरेको उत्तर कोरियाले गतसाता कोभिड नियन्त्रणमा...
काठमाडौं, ५ वैशाख-सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता एवं राष्ट्रियसभा सदस्य नारायाणकाजी श्रेष्ठले राज्यसत्तालाई सबै थोक ठान्नु अपराध हुने बताएका छन् । माओको विचारलाई उद्धृत गर्दै उनले सत्ता देश र जनताको सेवाको साधान रहेको...
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुशासन नभएका ब्यत्तिलिाई खेल क्षेत्रमा नबस्न आग्रह गरेका छन् । खेलकुद क्षेत्रको विकास गर्ने हो भने अनुशासन र ईमान्दारिता हुनु पर्ने बताएका हुन् । कुनै ओहदामा भएर...