शुक्रबारबाट ‘प्याब्सन विराट कप’, पहिलो खेल डनबस्को र सनसाईनबीच प्रतिस्पर्धा

 न्यूज विराट
शुक्रबारबाट ‘प्याब्सन विराट कप’, पहिलो खेल डनबस्को र सनसाईनबीच प्रतिस्पर्धा

विराटनगर । दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट शुक्रबारबाट सुरू हुने भएको छ । प्याब्सन विराटनगरको अयोजनामा पुस १ देखि ८ गतेसम्म विराटनगरस्थित सहिद रङगशालामा प्याब्सन विराट फुटबल टुर्नामेन्ट हुने भएको हो ।

प्रतियोगिताको उद्घाटनको पहिलो दिन दुई वटा खेल हुने भएको छ । पहिलो खेल डनबस्को र सनसाइन स्कुलबिच प्रतिस्पर्धा हुने भएको छ । सोही दिन हुने दोस्रो खेल सगरमाथा र बालमिकी स्कुलबिच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको उद्घाटन विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले गर्नेछन् ।

आठ दिनसम्म संचालन हुने प्रतियोगितामा प्याब्सनमा आवद्ध ३० वटा सदस्य विद्यालयहरूका खेलाडी विद्यार्थीहरूले प्रतियोगितामा भाग लिने कार्यक्रम संयोजक नन्दलाल मण्डलले जानकारी दिए । उक्त टुनामेन्टमा कक्षा १० सम्म अध्ययरत १७ वर्षदेखि मुनिका उमेर समूहका खेलाडी विद्यार्थीहरूले भाग लिनेछन् ।

प्रतियोगिताको बिजेताले २ लाख ५० हजार मुल्य बरावरको रनिङ्ग शिल्डसहित नगद २५ हजार रूपैयाँ प्राप्त गर्नेछन् । उपबिजेताले नगद १५ हजार रुपैयाँ रहेको छ । प्रतियोगिता सम्पन्न गर्न ७ लाख ६१ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकीले जानकारी दिए । फुटबल खेलप्रति अभिरुची जगाइ राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने दृड संकल्प र विश्वासको साथ प्रतियोगिता गरिएको अध्यक्ष बुढाथाकीले बताए ।
‘फुटबलमा नयाँ आयमको लागि, प्याब्सनको सान र गौरवको लागि प्याब्सन विराट कप’ भन्ने नाराको साथ २०७६ सालदेखि प्याब्सन विराट कप गर्दै आएको प्याब्सन विराटनगरका उपाध्यक्ष अर्जुन श्रेष्ठले बताए । २०७७ र २०७८ सालमा विश्वभरी महामारीको रुपमा फैलिएको कोभिडको कारणले प्याब्सनले फुटबल प्रतियोगिता गर्न सकेको थिएन् । अहिले सहज भएपछि फुटबल प्रतियोगिताको तयारी सुरू गरेको हो ।
यस पटक हुन लागेको फुटबल नकआउटको आधारमा खेल खेलाइने बताइएको छ ।

सम्बन्धित समाचार

आजदेखि ४ दिन भारी वर्षाको सम्भावना

काठमाडौं, १२ साउन-नेपालमा मनसुन फेरि सक्रिय भएसँगै आउँदो ४ दिनसम्म मौसम नखुल्ने भएको छ । मौसमविद्का अनुसार अरब सागरबाट जलवायुयुक्त वाष्पकणको आगमन भइरहेकाले मनसुन फेरि सक्रिय भएपछि अझै ४ दिन मौसम नखुल्ने भएको हो ।...

नेकपा बैठकअघि सुरु भयो दौडधूप, महासचिव पुगे खुमलटार

काठमाडौं, २ मंसिर-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकको अघिल्लो दिन नेताहरुको दौडधूप सुरु भएको छ । निर्धारित सचिवालय बैठक अनिश्चित हुने आंकलन गरिरहेकाबेला महासचिव विष्णु पौडेल कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका छन्...

अपाङ्गता भएका व्यक्तिको क्षमता विकासमा लाग्छौँ ः मन्त्री यादव

विराटनगर, १७ मंसिर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले अपाङ्गता भएका व्यक्तिको क्षमता विकासमा प्रदेश सरकार लाग्ने बताएका छन् । अपाङ्गता भएका व्यक्तिहरुको ३० औं अन्र्तराष्ट्रिय दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा मन्त्री...

मुलुक र जनताको रक्षामा नेपाल प्रहरी : मुख्यमन्त्री आचार्य

विराटनगर, २० असोज -प्रदेश नं १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले मुलुक र जनताको रक्षामा नेपाल प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । प्रहरी दिवसको अवसरमा १ नं प्रदेश प्रहरी कार्यालय रानी विराटनगरद्वारा आज यहाँ आयोजित...

माधव नेपालले प्रजातान्त्रिक पद्धतिको प्रणालीलाई नै विस्थापित गरिदिनु भयो : प्रदीप नेपाल

काठमाडौं, साउन २ । एमाले नेता प्रदीप नेपालले पार्टी अध्यक्ष केपी ओलीलाई देखाइ दिने नाममा बरिष्ठ नेता माधवकुमार नेपालले गम्भीर अपराध गर्नुभएको ठोकुवा गर्नुभएको छ । पूर्वमन्त्रीसमेत रहनुभएका नेपाल निकट नेता प्रदिपले माधवले गर्नुभएको यो नराम्रो...

म्याद सकिएको औषधी बेच्ने साईकृष्ण मेडिकल हलमा शिलबन्दी

विराटनगर । म्याद सकिएको औषधी विक्री वितरण गरेको पाइएपछि औषधी व्यवस्था विभाग विराटनगरले एउटा फार्मेशी शिलबन्दी गरेको छ ।अमित कुमार चौधरीले संचालन गरेको विराटनगर १२ नहरचोक रानीपथमा रहेको साईकृष्ण मेडिकल हलले म्याद सकिएको औषधी विक्री...

पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो

काठमाडौं, ३२ साउन–नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ वृद्धि गरेको हो । खाना पकाउने ग्यासको मूल्य भने यथावत् छ । अब...

कल्पनाको बयान : आँखै अगाडि छोरीलाई बलात्कार गर्न खोजेपछि हत्या गरेँ

काठमाडौं, २८ साउन-दाङका कृष्णबहादुर बोहोराको वीभत्स हत्याकाण्डको भित्री पाटो विस्तारै खुल्दै गएको छ । २५ साउनमा बोहोराको टोखानगरपालिका- १०, गोंगबु नवज्योतिमार्गका किरण बस्नेतको घरमा हत्या भएको थियो । उनको शव २६ साउनकाे बिहान शरीर, टाउको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्