मुलुक र जनताको रक्षामा नेपाल प्रहरी : मुख्यमन्त्री आचार्य

 न्यूज विराट
मुलुक र जनताको रक्षामा नेपाल प्रहरी : मुख्यमन्त्री आचार्य

विराटनगर, २० असोज –प्रदेश नं १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले मुलुक र जनताको रक्षामा नेपाल प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । प्रहरी दिवसको अवसरमा १ नं प्रदेश प्रहरी कार्यालय रानी विराटनगरद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले जनताको रक्षा नै देशको रक्षा हो भन्नुुभयो ।
शान्ति सुरक्षा र अपराध नियन्त्रण एवं अनुसन्धानमा नेपाल प्रहरीले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै मुख्यमन्त्री आचार्यले क्षेत्रीय सन्तुलन र जातीय विभेद अन्त्य गर्न प्रहरीले महत्वपूर्ण काम गरिरहेको धारणा राख्नुभयो ।
उहाँले अपराध अनुसन्धानदेखि नै प्रहरीले राम्रो काम गरिरहेको छ भन्दै जनतालाई न्याय दिलाउने प्रारम्भिक थलोको रुपमा प्रहरी सङ्गठन अब्बल छ भन्नुुभयो । आफ्नो काममा इमान्दारिता र व्यावसायिक क्षमता प्रदर्शन गर्न प्रहरी सङ्गठनलाई आग्रह गर्दै उहाँले भन्नुभयो, “प्रहरी सङ्गठन स्वच्छ र पारदर्शी हुनुपर्छ ।” प्रदेशका आन्तरिक मामिल तथा कानून राज्यमन्त्री लीलाबल्वभ अधिकारीले प्रदेश प्रहरीलाई समय सापेक्ष विकास गर्न प्रदेश सरकार प्रयत्नशील छ भन्नुभयो ।
उहाँले सीमित साधन र स्रोतको बाबजुद पनि प्रदेश प्रहरीले समाजमा खेलेका भूमिका प्रशंसनीय छ भन्दै प्रदेश सरकारले प्रदेश प्रहरी ऐन पारित गरेर प्रमाणीकरण भइसक्दा पनि सङ्घीय प्रहरी ऐन नआएकाले समस्या भइरहेको चर्चा गर्नुभयो । प्रहरीलाई व्यवस्थित एवं मर्यादित बनाउन प्रदेश प्रहरी ऐनले सहयोगी भूमिका निर्वाह गर्ने चर्चा गर्दै राज्यमन्त्री अधिकारीले प्रदेश सरकारले प्रहरीलाई भौतिक, नैतिक र कानूनी सहयोग गर्ने धारणा राख्नुभयो ।
प्रदेश नं १ का प्रहरी प्रमुख अरुणकुमार विसीले देश र जनताका लागि नेपाल प्रहरीले स्थापना कालदेखि नै कर्तव्यनिष्ट भएर काम गरिरहेको बताउनुभयो । उहाँले सीमित साधन र स्रोतको बाबजुद पनि अपराध अनुसन्धान एवं नियन्त्रण तथा शान्ति सुरक्षाको क्षेत्रमा प्रहरीले हरसम्भव काम गरिहेको धारणा राख्दै प्रहरीले कर्तव्य पालनामा उच्च मनोबल र सामूहिक भावनाबाट अघि बढिरहेको छ भन्नुभयो ।
अपराध अनुसन्धान सर्वोत्कृष्ट कार्य गरेका सङ्खुवासभा चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडा र प्रदेश प्रहरी कार्यालय विराटनगरका नायब प्रहरी निरीक्षक रुद्रबहादुर खड्कालाई जनही रु ६० हजारको प्राडा विक्रमप्रसाद श्रेष्ठद्वारा स्थापित ‘साधनादेवी उत्कृष्ट प्रहरी’ पुस्कार सो अवसरमा प्रदान गरियो ।
यस वर्षका एसइई परीक्षामा सर्वोत्कृष्ट प्रहरी कर्मचारीका ३६ छात्रछात्रालाई जनही रु.१० हजार राशिको पुरस्कार एवं प्रहरी कार्यालय बनाउन सहयोग गर्ने ३४ जग्गादातालाई सम्मान र प्रदेशभरिमा शान्ति सुरक्षा, अपराध अनुसन्धान एवं विविध पक्षमा काम गर्ने प्रहरी अधिकृत र प्रहरी जवानलाई पनि सो अवसरमा पुरस्कृत गरियो ।

सम्बन्धित समाचार

ग्रेडेड स्कूलका अभिभावकलाई अभिमुखीकरण

विराटनगर । विराटनगर – ८ स्थित ग्रेडेड स्कूलले एक दिने अभिभावक अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । विराटनगरमाशनिबार एक कार्यक्रम आयोजना गरी अभिभावकहरुलाई अभिमुखिकरण गराएको हो । कार्यक्रमको अध्यक्षता विद्यालय संचालक समितीका अध्यक्ष केशव सुवालले...

कोरोना निको भएपछी डाक्टरले फूल दिएर विदा गरे

एजेन्सी, चैत १३-भारतको महाराष्ट्रमा कोरोना भाइरस संक्रमित एक परिवार पूर्ण रूपमा निको भएको छ । परिवारका चार सदस्यमध्ये तीन जनामा कोरोनाको संक्रमण भएको थियो । अस्पतालबाट उनीहरू बुधबार साँझ ४ बजे घर फर्किएका छन् ।...

मिथिलामा पर्वको उल्लास

महोत्तरी, १४ कात्तिक-महोत्तरीसहित मिथिला क्षेत्रमा आज जताततै पर्वको उल्लास छ । हिन्दू र इस्लाम धर्मावलम्बी आआफ्ना परम्पराका पर्व मनाई रहेका हुँदा मिथिला क्षेत्रको मुटु सिङ्गो प्रदेश २ भित्र नै आज पर्वको उल्लास देखिएको हो ।...

बाँच्दैमा मानव भइँदैन, सामाजिक मुक्तिमा कर्मनिष्ठ र आनन्दित हुन सक्छ : नारायणकाजी श्रेष्ठ

काठमाडौं, १ वैशाख-नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले २ महिनाको पारिश्रमिक कोभिड १९ कोष र बाँकी विपन्न वर्ग केन्द्रित आर्थिक राहत प्याकेजमा दिने घोषणा गरेका छन् । उनले दिएको नयाँ वर्षको शुभकामना सन्देशमा कोभिड-१९ र...

निर्वाचन आयोगले सोध्यो कुलमान घिसिङलाई स्पष्टिकरण

काठमाडौं, बैशाख १ । नेपालबिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टिकरण सोधिएको छ । कार्यकारी निर्देशक घिसिङलाई माओवादी केन्द्रको चुनावी प्रचारमा लागेको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेको हो । निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै...

कारमा राखेर २० किलो चाँदी काठमाडौं लैजाने विराटनगरका दुई युवा पक्राउ

विराटनगर । २० किलो चाँदीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । विराटनगरबाट अवैध रुपमा काठमाडौं लैजाँदै गरेको २० केजी चाँदीसहित सिन्धुली प्रहरीले आज विराटनगरका दुई जनालाई पक्राउ गरेको हो । ०१–०२५ च १०६९ नं...

सधैं इमान जोगाएर अघि बढ्नुपर्नेमा मन्त्री घिमिरेको जोड

विराटनगर, फागुन १६–प्रदेश–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले जनप्रतिनिधिहरुले सधैं इमान जोगाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । मन्त्री घिमिरेले शुक्रबार मोरङको पथरी शनिश्चरेको नगरसभाको उद्घाटन् गर्दै जनप्रतिनिधिहरुले आफने इमान जोगाउने परीक्षामा सधैं उतीर्ण हुनुपर्ने...

शक्ति बाँडफाँटका लागि ओली तयार

काठमाडाैं, १५ वैशाख-प्रधानमन्त्री एवं सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली पार्टीको आन्तरिक विवाद मिलाउन शक्ति बाँडफाँटका लागि तयार भएका छन् । वरिष्ठ नेता माधवकुमार नेपाललाई ओलीले यस्तो सन्देश पठाएका हुन् । अध्यादेश...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्