
काठमाडौं, ३२ साउन–नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ वृद्धि गरेको हो । खाना पकाउने ग्यासको मूल्य भने यथावत् छ । अब पेट्रोल प्रतिलिटर १०५ रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेल र मट्टीतेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
निगमले १५ दिनअघि मात्रै पेट्रोल, डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएको थियो । वृद्धि भएको पेट्रोलियम पदार्थको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ ।