समावेशी नीति बनाउन यौनिक तथा अल्पसङ्ख्यकको माग

 न्यूज विराट
समावेशी नीति बनाउन यौनिक तथा अल्पसङ्ख्यकको माग

विराटनगर । राजनैतिक दलहरूले नीति निर्माण बनाउँदा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायहरूको माग सुनवाइ गरिनुपर्ने उनीहरूले बताएका छन् ।
राजनैतिक दलका नेताहरूलाई राखेर यौनिक तथा लैगीक अल्पसङ्ख्यकहरूको महासङ्घ नेपालले विराटनगरमा आइतबार आयोजना गरेको कार्यक्रममा उनीहरूले यस्तो माग राखेका हुन् ।

राजनैतिक दलहरूले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको मुद्दालाई राजनैतिक घोषणा पत्रमा समावेश गरी यो समुदायलाई नीति निर्माण तहमा प्रतिनिधित्वको सुनिश्चित गराउनुपर्ने बताए । कार्यक्रममा बोल्दै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको महासङ्घ नेपालकी अध्यक्ष मनीषा ढकालले राज्यको हरेक निकायमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको समानुपातिक सहभागिता गराउनुपर्ने बताइन् । ‘राज्यले लैङ्गिक अल्पसङ्ख्यकहरूमाथि विभेद गरेको छ,’ उनले भनिन्, ‘सङ्घ हुँदै प्रदेश र स्थानीय तहको हरेक संयन्त्रहरूमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व गराउनुपर्दछ ।’

राज्यले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूलाई पहिचानको आधारमा राज्यले नागरिकता दिनुपर्ने उनले बताइन् । राज्यले गरेको विभेदको कारणले अहिले पनि यौनिक तथा अल्पसङ्ख्यकहरूले अहिले पनि पहिचानको आधारमा नागरिकता नभएको बताइन् । यस्तो विभेदकारी नीति तत्काल खारेज गरी यौनिक तथा अल्पसङ्ख्यक मैत्री कानुन निमार्ण गरिनुपर्ने उनको भनाई छ ।
‘वैवाहिक मान्यता नपाउँदा धेरै यौनिक तथा अल्पसङ्ख्यक चाहेर पनि विवाह गरेर बस्न पाएको छैनन्,’ उनले भनिन्, ‘वैवाहिक मान्यता नपाउँदा उनीहरू सम्मान पूर्वक बाँच्न पाउने अधिकारीबाट वञ्चित हुनुपरेको छ ।’


कार्यक्रम आफ्नो कुरा राख्दै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको महासङ्घ नेपालकी अध्यक्ष मनीषा ढकाल ।


यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूलाई नागरिकतामा बनाउन पनि समस्या रहेको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक महासङ्घकी कार्यक्रम संयोजक सिमरन शेरचनले बताइन् । ‘अहिले पुरुष र महिलाहरूको लागि मात्र नागरिकता बनाउने गरेको छ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको नागरिकता नबन्दा रोजगारबाट वञ्चित हुनुपरेको अवस्था छ,’ उनले भनिन्, ‘राज्यले अब पहिचान अनुसारको नागरता दिनुपर्दछ ।’ यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूले नागरिकता नपाउँदा रोजगारीबाट मात्र नभएर अरू थुप्रै सेवा सुविधाहरूबाट वञ्चित हुनुपरेको अवस्था रहेको उनले बताइन् ।
परिवर्तनशील समाजको कार्यक्रम संयोजक मुस्कान श्रेष्ठले राजनैतिक दलमा पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूलाई पनि सभाबेश गरेर लैजानुपर्नेमा जोड दिइन् । देशभरिमा ८ देखि १० लाख यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरू रहेको जानकारी गराउँदै उनीहरूले राजनैतिक दलले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक भएका व्यक्तिको समानुपातिक सहभागिताको सुनिश्चित हुनुपर्ने माग राखेका छन् । मोरङमा मात्र १४ हजार यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक रहेको परिवर्तनशील समाजको कार्यक्रम संयोजक मौसम श्रेष्ठले बताइन् ।

सम्बन्धित समाचार

पूर्वप्रधानन्यायाधीशको निश्कर्ष : प्रधानन्यायाधीशको अपराध पुष्टि भइसक्यो, महाअभियोग लगाउनुपर्छ

काठमाडौं, असोज २४ । पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरालाई महाअभियोग लगाउनुपर्ने निश्कर्ष सुनाउनु भएको छ । प्रधानन्यायाधीश जवरले संबिधानमाथि गम्भीर खेलवाड गरेको र न्यायालयलाई नै जनताको नजरमा गिराएको भन्दै पराजुलीले महाअभियोग नै लगाउनु पर्ने निश्कर्ष...

अन्तर स्कुल क्रिकेट प्रतियोगिता, सरस्वती र अरनिको स्कुल फाइनलमा

विराटनगर । विराटनगरमा जारी अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा सरस्वती स्कुल र अरनिको स्कुल विजयी भई फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार भएको पहिलो खेलमा कोशी मोडेल स्कुललाई सरस्वती स्कुलले ६ विकेटले पराजित गरि फाइनलमा प्रवेश गरेको...

कोरोना संक्रमितका लागि ९४२ आईसीयू र ४९६ वटा भेन्टिलेटर छुट्याइयो

काठमाडौं, २९ साउन-कोरोना भाइरस संक्रमितको उपचार गर्नका लागि देशभर ९४२ वटा आईसीयू बेड व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न अस्पतालमा कोरोना भाइरस संक्रमण भएर आएकाको उपचारका लागि कुल...

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना परिक्षण सुरु

विराटनगर, चैत १६–वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विश्वव्यापी रुपमा फैलिएको प्राण घातक रोग कोभिड–१९ कोरोना भाइरसको परीक्षण सुरु गरिएको छ । आइतबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा प्रतिष्ठानले कोरोना सक्रमणको स्वाबको परीक्षण...

कोरोनाबारे भ्रम फैलाउने ३ वेबसाइट बन्द, २६ सञ्चारमाध्यमसँग जिम्मेवारीपूर्ण जवाफ माग

प्रेस काउन्सिल नेपालले कोरोना भाइरस (कोभिड–१९) बारे भ्रम फैलाउने ३ वटा वेबसाइट बन्द गर्नका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको गरेको छ । काउन्सिलले शुक्रबार नियमअनुसार दर्ता एवं सूचीकरण नभएका तीन वटा अनलाइनलाई बन्द गर्नका...

सकियो तीन महिने ब्युटिसियन तालिम, आत्मनिर्भर बन्ने महिलाहरूको प्रण

विराटनगर । सौन्दर्य कला व्यवसायी संघ विराटनगरको आयोजनामा तीन महिने निःशुल्क ब्युटिसियन तालिम सम्पन्न भएको छ । महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले आयोजना गरिएको तीन महिने उक्त तालिम विराटनगरमा आइतबार सम्पन्न भएको हो । तालिमको सहजिकरण...

मध्यपुर अस्पतालका ३० स्वास्थ्यकर्मी क्वारेन्टाइनमा  

काठमाडौं, २४ जेठ-गर्भवती महिलामा कोरोना भाइरस पोजिटिभ देखिएपछि भक्तपुरको मध्यपुर अस्पताल प्रालिका ३०  कर्मचारी क्वारेन्टाइनमा बस्न सुरू गरेका छन् । गत मंगलबार अस्पताल भर्ना भएकी दोलखा घर भएकी भक्तपुर कमलबिनायकमा बस्ने ति गर्भवतीमा आज गरिएको...

तस्करीको एक सय बोरा चामलसहित पिकअप भेन प्रहरी नियन्त्रणमा

विराटनगर । तस्करीको चामलसहित प्रहरीले एउटा पिकअप भेन नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले मोरङको रतुवामाई नगरपालिका ७ स्थित भित्री सडकबाट भारतबाट तस्करी भएको चामल नियन्त्रणमा लिएको हो । प्र....

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्