कोरोनाबारे भ्रम फैलाउने ३ वेबसाइट बन्द, २६ सञ्चारमाध्यमसँग जिम्मेवारीपूर्ण जवाफ माग

 न्यूज विराट
कोरोनाबारे भ्रम फैलाउने ३ वेबसाइट बन्द, २६ सञ्चारमाध्यमसँग जिम्मेवारीपूर्ण जवाफ माग

प्रेस काउन्सिल नेपालले कोरोना भाइरस (कोभिड–१९) बारे भ्रम फैलाउने ३ वटा वेबसाइट बन्द गर्नका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको गरेको छ ।

काउन्सिलले शुक्रबार नियमअनुसार दर्ता एवं सूचीकरण नभएका तीन वटा अनलाइनलाई बन्द गर्नका लागि दूरसञ्चारलाई पत्राचार गरेको हो । यस्तै, तीनवटा अनलाइनलाई आपत्तिजनक सामग्री हटाएर २४ घण्टाभित्र स्पष्टीकरण दिन आग्रहसमेत गरिएको शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै काउन्सिलले जनाएको छ ।

साथै, सूचिकृत नभई सञ्चालनमा रहेर कोरोनाबारे भ्रम फैलाउने र डर पैदा गर्ने ११ वटा अनलाइनलाई नेपालभर हेर्न नमिल्ने बनाइएको छ भने २६ सञ्चारमाध्यमसँग जिम्मेवारीपूर्ण जवाफ मागिएको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्