वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना परिक्षण सुरु

 न्यूज विराट
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना परिक्षण सुरु

विराटनगर, चैत १६–वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विश्वव्यापी रुपमा फैलिएको प्राण घातक रोग कोभिड–१९ कोरोना भाइरसको परीक्षण सुरु गरिएको छ । आइतबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा प्रतिष्ठानले कोरोना सक्रमणको स्वाबको परीक्षण सुरु गरिएको हो । नेपालमा समेत कोराना रोगको प्रकोप सुरु भएसँगै सरकारले प्रदेश १ का बिरामीलाई सुविधा दिने उदेश्यले प्रतिष्ठानमा कोरानाको परीक्षण सुचारु गरिएको मुख्यमन्त्री राईले बताए ।

उनले कोरानाको उपचार र रोगथामका लागि खटिएका चिकित्सकलगायतका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीलाई अतिरिक्त सुविधा दिने प्रदेश सरकारले निर्णय गरेको बताए । मुख्यमन्त्री राईले कोराना संक्रमितको उपचार प्रभावकारी रुपमा गर्न र बिरामीको उपचारमा कुनै प्रकारको कमीकमजोरी नगर्न प्रतिष्ठानका चिकित्सकलाई निर्देशन दिएका छन् ।

संघीय सरकारले कोरानाको परीक्षणका लागि आवश्यक किट लगायतका उपकरण उपलब्ध गराएपछि परीक्षण सुचारु गरिएको प्रतिष्ठानका सहायक प्रवक्ता डाक्टर अशोक ऐरले बताए । उनले कोरोना स्वाव परीक्षण सुरु भएसँगै संक्रमितको आशंका गरिएका व्यक्तिको स्वाब परीक्षणका लागि नमुना संकलन गर्न सुरु गरिएको बताए । प्रतिष्ठानमा कोरोनाको स्वाब परीक्षण सुचारु भएसँगै प्रतिष्ठानको ल्याबलाई स्त्तरोन्नती गरिएको मेडिसन विभाग प्रमुख प्राडा. संजिवकुमार शर्माले बताए ।

उनले कोराना परीक्षणका लागि प्रतिष्ठानमा भएको दुईवटा र सरकारले उपलब्ध गराएको एउटा गरी तीनवटा बायोसेफ्टी क्याविनेट टीको मद्धतले कोरोनाको परीक्षण सुचारु गरिएको बताए । कोराना स्वाबको परीक्षण गर्न प्रतिष्ठानको बामाइक्रो बाइलोजी विभागका प्रमुख प्रा. डा जसोदा खनाल, डा. नारायण भट्टराई लगायतका चिकित्सक र ल्याब टेक्निसियनलाई परिचालन गरिएको प्रतिष्ठानका निर्देशक डा. गौरीशंकर साहले बताए । प्रतिष्ठानमा कारोना रोगको परीक्षण सुचारु भएसँगै प्रदेश १ र २ का कोरोना संक्रमित व्यक्तिको उपचारमा सहज हुने भएको छ ।

सम्बन्धित समाचार

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्