विराटनगर । मोरङको पथरीशनिश्चरे १ की २० वर्षीय प्रतिक्षा लिम्बु म्यादी प्रहरीको आवदेन दिनका लागि लामो लाइनमा उभिएकी थिइन् । यस अघिको स्थानीय निर्वाचनमा पनि म्यादी प्रहरीको भूमिका निर्वाह गरेकी लिम्बुले अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि आहृवान गरिएको म्यादी प्रहरी भर्नाका लागि उनी दरखास्त फारम लिएर धकेलाधकेल हुने लाइनमा उभिएर आफ्नो आवदेन दर्ता गराइन् ।
आवदेन दर्ता गरेर परीक्षा कुरेर बसिरहेकी उनले अगामी निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउने अठोटका साथ आफुले म्यादी प्रहरीमा भर्ना हुनका लागि आवदेन दिएको बताइन् । उनीसँगै आएका थिए, उनका २२ वर्षीय श्रीमान सुमन थापा । उनी पनि पुर्व म्यादी प्रहरी हुन् । प्रतिनधी र प्रदेशसभाको निर्वाचनको लागि म्यादी प्रहरी बन्न उनले जिल्ला प्रहरी कार्यालय मोरङमा बिहीबार आएर आवेदन दिए । बेरोजगारी र घरायसी समस्याको कारण पनि आफुले म्यादी प्रहरीमा आवदेन दिएको उनले बताए । उनीहरू यस अघि स्थानिय निर्वाचनमा म्यादी प्रहरीको भूमिका निर्वाह गरिसकेको कारण फेरी पनि आफूहरूले आवदेन दिएको थापाले बताए ।
यस्तै मोरङको कानेपोखरी गाउँपालिकाकी २१ वर्षीय कोपीला पुरीले महिलाले पनि प्रत्येक कार्य गर्न सक्ने र प्रहरी संगठनमा आवद्ध भएर ज्ञान आजर्न गर्ने राम्रो अवसर रहेको कारण आफूले यस अवसरलाई छुटाउन नचाहेको बताइन् । ‘रोजगारी छैन । घरमा बसेर के गर्नु ? । बरु म्यादी प्रहरीमा भर्ना भएपनि केही रकम पनि आजर्न हुन्छ र केही ज्ञान पनि आर्जन गर्न पाइन्छ भने हामीहरु आवदेन दिन आएका छौँ,’ कानेपोखरी ६ का श्याम तामाङले भने । प्रहरी बन्ने इच्छा रहेको कारण पनि आफुमध्ये धेरैजनाले म्यादी प्रहरीमा आवदेन दिएको उनले बताए । तामाङ यसअघि पनि स्थानीय तहको निर्वाचनमा म्यादी प्रहरीमा भर्ना भएका थिए ।
भदौ महिना सकिन लागेपनि विराटनगरको प्रचण्ड गर्मीमा मोरङका बिभिन्न ग्रामीण तथा शहरी क्षेत्रबाट म्यादी प्रहरी भर्ना हुनका लागि युवा युवतीहरु तछाडमछाड गरेर जिल्ला प्रहरी कार्यालय नजिक रहेको खुल्ला मैदानमा लाइनमा लाम लागेका छन् । प्रहरीलाई पनि लाइन व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ । जिल्ला प्रहरी कार्यालयमा बिहीबार साझसम्म दुई हजार आवदेकले आवेदन दर्ता गराएको र आवदेन दर्ता गर्ने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । आवदेन दिनेहरुमा मुख्यत बेरोजगारी, पूर्व म्यादी प्रहरीको आर्कषण, प्रहरी बन्ने इच्छुक, प्रहरीसगँ काम गर्ने अवसर लगायतका कारणले म्यादी प्रहरीमा आवेदन दिनेहरु चाप बढेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । देश भरिबाट १ लाख १५ जना म्यादी प्रहरी आवश्यक रहे पनि मोरङमा कति हुने अहिले सम्म कुनै निर्देशन नआएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
आवदेन दर्ता गराउनका लागि असोज ६ गते सम्मको म्याद रहेको छ । ४० दिने म्यादी प्रहरीले एकमुष्ट ३४ हजार ७६० रुपैयाँ पारिश्रमिक पाउनेछन् । त्यस्तै राशन बापत ७ हजार २ सय पाउनेछन् ।
काठमाडौं, ११ माघ-निर्वाचन आयोगले नेकपाका दुवै समूहका अध्यक्षलाई आधिकारितको दाबी अभिलेखीकरण गराउन नमिल्ने जानकारी गराउने भएको छ । आज बसैको आयोगको बैठकले दुवै पक्षबाट प्रस्तुत भएका कागजपत्र र जवाफका आधारमा आधिकारिकताको दाबी गराउन नमिल्ने ठहर...
काठमाडौं, ६ वैशाख-विभिन्न मुलुकबाट घर फर्किएका काभ्रेलीमा कारोना भाइरस सङ्क्रमण नेगेटिभ देखिएको छ । गत चैत महिनायता विदेशबाट घर फर्किएका सबैको र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गर्दा नतिजा नेगेटिभ देखिएको हो । जिल्लास्थित स्थानीय तह स्वास्थ्य...
डडेल्धरा, १४ चैत । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले अरूका लागि आफ्नो पार्टीमा आगो नलगाइने बताउनुभएको छ । प्रदेशमा कांग्रेस एक्लै निर्वाचन लड्न सक्षम भएको बताउँदै उहाँले कुनै पार्टीसँग तालमेल गर्न जरुरी नरहेको बताउनुभयो...
वायु प्रदूषण उच्च भएका कारण सरकारले चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । ‘बालबालिकालाई असर गर्ने भएकाले चार दिन विद्यालय...
विराटानगर, ९ जेठ । प्रदेश १ को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश सरकारले खोपको दुरुपयोग गरेको आरोप लगाएको छ । नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले प्रदेशमा भण्डारण गरिएको कोरोनाविरुद्धको खोपको...
प्रमुख सचेतक देव गुरुङलाई हटाउने प्रस्ताव र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पार्टी विभाजनको पूर्वाभ्यास रहेको प्रचण्ड-माधव समूहले ठहर गरेको छ । स्थायी कमिटी बैठक चलिरहेको अवस्थामा संवैधानिक नियुक्तिमा एकलौटी गर्नका लागि जारी भएको अध्यादेश र प्रमुख...
विराटनगर, जेठ ३२–इटहरी क्षेत्रमा बसोबास गर्ने सुनचाँदी कालिगढ मजदुरहरुलाई राहत वितरण गरिएको छ । दलित जनअधिकार मञ्च र साथी फाउण्डेसनले अखिल नेपाल सुनचाँदी कालीगढ संघ इटहरीसँगको सहकार्यमा सो क्षेत्रमा बसोबास गर्ने १ सय ९ सुनचाँदी...
काठमाडौं, चैत ५–विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट बच्न उपत्यकाका प्रहरीलाई सर्जिकल मास्क अनिवार्य गरेको छ । सो मास्क महानगरीय प्रहरी कार्यालय रानीपोखरीले मातहतका प्रहरी कर्मचारीलाई उपलब्ध गराउने भएको हो । उपत्यकाका ३ जिल्लामा करिब...