विदेशबाट फर्किएका काभ्रेका २५१ जनामा देखिएन कोरोना संक्रमण

 न्यूज विराट
विदेशबाट फर्किएका काभ्रेका २५१ जनामा देखिएन कोरोना संक्रमण

काठमाडौं, ६ वैशाख-विभिन्न मुलुकबाट घर फर्किएका काभ्रेलीमा कारोना भाइरस सङ्क्रमण नेगेटिभ देखिएको छ । गत चैत महिनायता विदेशबाट घर फर्किएका सबैको र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गर्दा नतिजा नेगेटिभ देखिएको हो ।

जिल्लास्थित स्थानीय तह स्वास्थ्य शाखाद्वारा विदेशबाट आएकाको द्रुतगतिमा गरिएको कारोना भाइरस परीक्षणमा सबैको नतिजा नेगेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

चैत महिनायता घर फर्किएका २५१ जनाको गरिएको आरडीटीमा सबैको नतिजा नेगेटिभ आएको कार्यालय प्रमुख डा. नरेन्द्र झाले बताए । डा. झाका अनुसार विदेशबाट घर फर्किएकामध्ये आरडिटीमा दुई जनामा सङ्क्रमण शङ्का लागेकामा दोस्रो परीक्षण पोलिमरेज चेनज रियाक्सन (पीसीआर) गर्दा नेगेटिभ देखिएको हो ।

स्वास्थ्य कार्यालयका अनुसार माघ महिनायता जिल्लामा ४५१ जना विदेशबाट घर फर्किएको छ । तीमध्ये चैत महिनामा मात्रै २५१ जना विदेशबाट घर फर्किएको पाइएको हो ।

हाल चैत महिनामा मात्रै घर फर्किएकाको आरडिटी गरिएको छ । वाग्मती प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले चैत अन्तिम हप्तामा आरडिटीका लागि काभ्रेपलाञ्चोकमा ३०० किट उपलब्ध गराएको थियो ।

विदेशबाट फर्किएका आठलाई मण्डनदेउपुर नगरस्थित क्यारेन्टाइनमा राखिएकामा उनीहरूको क्वारेन्टाइन बसाइँ अवधि सकिएपछि स्वास्थ्य परीक्षण गरेर एकान्तवास (होम क्वारेन्टाइन) पठाइएको थियो । अन्य स्थानीय तहमा विदेशबाट फर्किएकालाई स्थानीय तहका स्वास्थ्यकर्मीद्वारा प्रारम्भिक परीक्षण गरी होम क्वारेन्टाइनमै बसाइएको झाले बताए ।

कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि यहाँका सबै स्थानीय तहले क्वारेन्टाइनको व्यवस्था गरेको थियो । सबै क्वारेन्टाइन कक्ष हाल रित्तिएको अवस्थामा छ ।

स्थानीय तहले हालसम्म २८८ श्ययाको क्वारेन्टाइनको व्यवस्थापन गरेका थिए । जसमध्ये धुलिखेल नपामा ६५, बनेपा नपामा ५०, पनौती नपाम १०, नमोबुद्ध नपामा १८, पाँचखाल नपामा ११ तथा रोशी गाउँपालिकामा १०, महाभारतमा ३५, भुम्लुमा ३०, बेथानचोकमा १०, तेमालमा चार र खानीखोला गाउँपालिकामा १५ श्ययाको क्वारेन्टाइन व्यवस्थापन गरिएको थियो ।

धुलिखेल अस्पतालमा ८ र बनेपास्थित शिर मेमोरियल अस्पतालमा ५ श्ययाको आइसोलेसन कक्ष निर्माण गरिएको छ । काभ्रेपलाञ्चोकमा ६ नगरपालिका र ७ गाउँपालिका छन् । जिल्लामा २७ देशबाट घर फर्किएको पाइएकोमा भारतपछि दुबइबाट फर्कनेको सङ्ख्या अधिक रहेको तथ्याङ्कले देखाएको छ । रासस

सम्बन्धित समाचार

२७ जना तेक्वान्दो खेलाडीको बेल्ट ग्रेडिङ

विराटनगर । विराटनगर १३ मा रहेको पूर्वाञ्चल विद्या सदन वोर्डिङ स्कुलले २७ जना तेक्वान्दो खेलाडीको बेल्ट प्रमोसन ग्रेडिङ सम्पन्न भएको छ । स्कुल परिसरमा एक कार्यक्रम आयोजना गरि ग्रेडिङ सम्पन्न गरेको हो । उक्त कार्यक्रममै...

वायु प्रदुषण मापन मेशिन जडान

विराटनगर, १४ साउन–प्रदेश नं.१ को विराटनगरमा पहिलो पटक वायु प्रदुषण मापनको डिस्पले स्थाना गरिएको छ । खास गरी वायुमा हुने प्रदुषणको अवस्था देखाउन र यसबाट बच्न र बचाउन साबधानी अपनाउ यो डिस्प्लेले मद्दत गर्ने भनिएको...

संघीय निकायमा दरबन्दी कटौती गर्दै सरकार

काठमाडौं । सरकारले प्रदेश र स्थानीय तहबाहेक सबै सरकारी निकायको दरबन्दी कटौती गर्ने तयारी गरेको छ । यसको तयारी स्वरुप संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश र स्थानीय तहबाहेक सबै सरकारी निकायको दरबन्दी कटौतीको...

विराटनगर विमानस्थलमा ‘कन्भेयर बेल्ट प्रणाली’ सञ्चालन

विराटनगर । विराटनगर विमानस्थलले हवाई यात्रुको सुविधा अभिवृद्धि गर्ने योजना अनुरुप आजदेखि आगमन कक्षमा कन्भेयर बेल्ट प्रणाली( व्यागेज ह्याण्डलिङ्ग सिस्टम) सञ्चालनमा ल्याएको छ । मोफसलका विमानस्थलमा पहिलो पटके उक्त्त जडान गरिएको र यसको लागत दुई...

हिमपहिरोमा बेपत्ता २ कोरियनको शव फेला

पोखरा, १४ वैशाख-अन्नपूर्ण पदमार्गमा आएकोे हिमपहिरोमा हराएकामध्ये थप २ जनाको शव फेला परेको छ । गत ३ माघ अन्नपूर्ण पदमार्गको हिँकु खोँचमा आएको हिमपहिरोमा हराएकामध्ये २ जना कोरियाली नागरिकको शव फेला परेको कास्की प्रहरी प्रमुख...

ओली-प्रचण्डबीच बालुवाटारमा भेटवार्ता सुरू

काठमाडौं, १६ वैशाख-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद चरम उत्कर्षमा पुगेको छ । अहिले नेताहरु सामूहिक र एक्लाएक्लै भेटवार्तामा जुटी रहेका छन् । यसैबीच अहिले नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच...

ऋचा मेमोरियल टी–२० क्रिकेट : लगातार दोस्रो जित निकाल्दै आर्मी फाइनलमा

विराटनगर । विभागीय टिम नेपाल आर्मी लगातर दुई पटक जित निकाल्दै प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । लगातार दोस्रो जित हासिल गर्ने क्रममा आर्मीले अर्को विभागीय टिम एपीएफलाई खराब...

स्वर्गीय डीएसपीद्वय केसी र खरेललाई वीरता पदक

काठमाडौं, ३ असोज । संविधान दिवसका दिन सरकारले कोभिड–१९ का कारण ज्यान गुमाएका डीएसपीद्वय राजकुमार केसी र समीरचन्द्र खरेललाई वीरता पदक दिने घोषणा गरिएको छ । केसी र खरेलले गत जेठमा कोरोना संक्रमणका कारण नेपाल प्रहरी अस्पतालमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्