गुरुङलाई हटाउने प्रस्ताव र अध्यादेश पार्टी विभाजनको पूर्वाभ्यास : प्रचण्ड-माधव समूह

 न्यूज विराट
गुरुङलाई हटाउने प्रस्ताव र अध्यादेश पार्टी विभाजनको पूर्वाभ्यास : प्रचण्ड-माधव समूह

प्रमुख सचेतक देव गुरुङलाई हटाउने प्रस्ताव र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पार्टी विभाजनको पूर्वाभ्यास रहेको प्रचण्ड-माधव समूहले ठहर गरेको छ ।

स्थायी कमिटी बैठक चलिरहेको अवस्थामा संवैधानिक नियुक्तिमा एकलौटी गर्नका लागि जारी भएको अध्यादेश र प्रमुख सचेतक गुरुङलाई राजीनामा दिन दिएको दबाब पार्टी विभाजनका लागि भएको त्यस गठबन्धनको भनाइ छ । ‘पार्टी विभाजनमा ओली अग्रसर देखिनुभएको छ । स्थायी कमिटी बैठक चलिरहेका बेला अध्यादेश जारी गर्ने काम विभाजनको पूर्वाभ्यास हो,’ सचिवालयका एक सदस्यले भने ।

पहिलेदेखि नै थियो गुरुङलाई हटाउने प्रयास

पार्टी संसदीय दलका नेता ओली र प्रमुख सचेतक गुरुङबीच पहिलेदेखि नै टकराव थियो । अमेरिकी सहायता परियोजना एमसीसीकै विषयमा दुई जनाबीच चर्को मतभेद थियो । १७ असार २०७५ मा संसद्‌मा गुरुङले एमसीसीमार्फत अमेरिकी सेना नेपालमा आउन खोजेको दाबी गरेका थिए । त्यसले ओलीसँगको दूरी बढाएको थियो ।

संसदीय दलको बैठक आह्वानमा समेत दुई जनाबीच समन्वय थिएन । पछिल्लो पटक आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ताका लागि हस्ताक्षर संकलनमा गुरुङले समेत भूमिका निर्वाह गरेको ओलीको बुझाइ थियो । उनलाई हटाउनका लागि ओलीले बहाना खोजिरहेका थिए ।

विगतमा पनि पटक-पटक ओलीले त्यसको संकेत गुरुङ र प्रचण्डलाई दिएका थिए । दसैँलगत्तै कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ओली पक्षका दुई मन्त्री हटाएर माधव नेपाल पक्षका दुई मन्त्री थप्ने तयारी गरेको बेला ओलीले प्रचण्डलाई फोनमार्फत उता मन्त्री थपिए गुरुङलाई हटाउने चेतावनीसमेत दिएका थिए । त्यो चेतावनीपछि कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन रोकिएको थियो ।

पछिल्लो पटक  २८ मंसिरमा बसेको स्थायी कमिटी बैठकलगत्तै ओलीले गुरुङलाई बालुवाटारमा बोलाएर  राजीनामा माग गरेका थिए । ‘तपाईं प्रमुख सचेतक हुने औचित्य म केही पनि देख्दिनँ । तपाईं हट्नुहुन्छ कि म हटाऊँ,’ ओलीले गुरुङलाई भनेका थिए ।

त्यसको जवाफमा गुरुङले आफूले पार्टी एकताविरुद्ध कुनै पनि काम नगरेको तर त्यसमा अध्यक्ष ओली र उनको समूह अग्रसर रहेकाले पदबाट नहट्ने जवाफ दिए । ‘पार्टी बैठकमा आफ्नो धारणा राख्न नपाउने पनि कहीँ हुन्छ म राजीनामा दिन्न हटाएर देखाउनुस्,’ गुरुङको चुनौती थियो ।

गुरुङले राजीनामा नदिने बताएको भोलिपल्ट ओलीले प्रचण्डलाई फोन गर्दै गुरुङलाई हटाउन माग गरेका थिए । प्रचण्डले गुरुङलाई प्रमुख सचेतकबाट हटाएर देखाउन ओलीलाई चुनौती दिए । ‘के कारणले हटाउने पार्टीको छलफलमा धारणा राखेको कारणले उहाँलाई हटाउन मिल्दैन, बलजफ्ती नगर्नू,’ प्रचण्डले भनेका थिए ।

सम्बन्धित समाचार

नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन

विराटनगर ६ असोज । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङले संगठन सुदृढीकरण अभियानलाई तीब्र पारेको छ । मुक्ति समाजले मोरङका १७ वटै स्थानीय तहका सबै वडामा संगठन सुदृढीकरण अभियान तीब्र...

मेरिल्याण्ड कलेज अगाडी पार्किङ गरेको मोटरसाईकल चोरीमा संलग्न चार जना पक्राउ

विराटनगर, १६ पुस । विराटनगरमा मोटरसाईकल चोरीमा संलग्न व्यक्तिहरु धमाधम प्रहरीको फन्दामा पर्न थालेका छन् । पछिल्लो समय विराटनगरमा मोटरसाईकल चोरीको बिगबिगी बढ्दै गएका बेला चोरीमा संलग्न व्यक्तिहरु धमाधम पक्राउ पर्न थालेका हुन् । प्रहरीले...

मिल्स गोल्डकप फुटबल ट्रष्टको अध्यक्षको विष्णु डंगोल चयन

विराटनगर । मिल्स गोल्डकप फुटबल ट्रष्टको अध्यक्षको विष्णु डंगोल अध्यक्षमा चयन भएका छन् । विराटनगरमा शुक्रबार भएको ट्रष्टको आठौं वार्षिक साधरणसभा तथा तेस्रो अधिवेशनबाट डंगोल सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् । डंगोल खेलकुद क्षेत्रमा...

प्राविधिक शिक्षामा बढ्दो आकर्षण, विद्यार्थीको रोजाइमा कोशी हेल्थ

विराटनगर । पढाइ सकिएलगतै रोजगारी सुनिश्चित हुन थालेपछि प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । अध्ययनपछि बेरोजगार बस्नु नपर्ने भएकाले विद्यार्थीको आकर्षण प्राविधिक शिक्षामा भएको हो । विद्यार्थीको आकर्षण बढेसँगै प्राविधिक शिक्षा पढाउने कलेजहरुको...

४० केजी गाँजा विराटनगरबाट बरामद

विराटनगर । प्रहरीले विराटनगरबाट ४० केजी गाँजा बरामद गरेको छ । मोरङको विराटनगर १४ बाट गाँजा बरामद गरेको हो । को १७ प ८६३ नम्बरको मोटरसाईकल ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले शंका लागि...

पाँच महिनामा १९७ जना फरार प्रतिवादी पक्राउ

विराटनगर । मोरङ प्रहरीले पाँच महिनामा झण्डै दुई सय जना फरार प्रतिवादी पक्राउ गरेको छ । चालु आर्थिक वर्षको साउन देखि मंसिर १२ गतेसम्म १९७ जना फरार प्रतिवादी पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन...

पत्रकार तथा उपन्यासकार कार्थकको ७७ वर्षको उमेरमा निधन

पत्रकार तथा उपन्यासकार पिटर जे कार्थकको ७७ वर्षको उमेरमा निधन भएको छ । क्यान्सर रोगको आशंकामा ललितपुरको हरिसिद्धिस्थित नेपाल नेपाल क्यान्सर अस्पतालमा उपचार उपचाररत थिए । क्यान्सर भए नभएको पुष्टि नहुँदै पिटरको हृदयाघातका कारण बुधबार...

कपिलवस्तुका २ जनामा पनि देखियो कोरोना संक्रमण, संक्रमितको संख्या १०१ पुग्यो

काठमाडौं, २५ वैशाख-कपिलवस्तुका २ जनामा पनि कोरोना भाइरस पुष्टि भएको छ ।  आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो । आज देखिएका कोरोना संक्रमित कपिलवस्तु–८ का १६ वर्षका र २२...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्