राशिफल

कोरोना त्रासः उपत्यका प्रहरीका लागि एन–९५ सर्जिकल मास्क अनिवार्य

 न्यूज विराट
कोरोना त्रासः उपत्यका प्रहरीका लागि एन–९५ सर्जिकल मास्क अनिवार्य

काठमाडौं, चैत ५–विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट बच्न उपत्यकाका प्रहरीलाई सर्जिकल मास्क अनिवार्य गरेको छ । सो मास्क महानगरीय प्रहरी कार्यालय रानीपोखरीले मातहतका प्रहरी कर्मचारीलाई उपलब्ध गराउने भएको हो ।

उपत्यकाका ३ जिल्लामा करिब १० हजार प्रहरी कर्मचारी कार्यरत छन् । उनीहरू सबैका लागि एन–९५ नामको सर्जिकल मास्क उपलब्ध गराउन लागेको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम ज्ञवालीले बताए ।

‘आजबाटै त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरीलाई वितरण सुरू भइसकेको छ । त्यसपछि अन्य प्रहरी युनिटमा कार्यरत प्रहरीलाई पनि वितरण हुन्छ,’ एसएसपी ज्ञवालीले भने । एन–९५ मास्कको बजार मूल्य करिब ३ सयदेखि १ हजार रूपैयाँसम्म पर्ने गरेको छ ।

सम्बन्धित समाचार

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...

विराट गोल्डकप : भुटानलाई हराउँदै साविक बिजेता एपीएफ सेमिफाइनलमा

अंकित पोखरेल विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको...

आयत – निर्यातमा सहजिकरणी गरिदिनुपर्नेमा जोड

विराटनगर । ढुवानी व्यवसायीहरुले सामान आयत निर्यात गर्दा राज्यले सहजीकरणको लागी आवश्यक पहल कदमि गरिदिनुपर्ने व्यवसायीहरुले बताएका छन् ।ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङको १३ औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै...