अत्याधिक वायु प्रदुषणका कारण चार दिन विद्यालय बन्द गर्ने सरकारको निर्णय - News Birat

अत्याधिक वायु प्रदुषणका कारण चार दिन विद्यालय बन्द गर्ने सरकारको निर्णय

न्यूज विराट

वायु प्रदूषण उच्च भएका कारण सरकारले चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । ‘बालबालिकालाई असर गर्ने भएकाले चार दिन विद्यालय बन्द गर्ने निर्णयमा पुगेका हौं’, मन्त्रालयका सचिव रामप्रसाद थपलियाले भने ।

शिक्षा मन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले बढ्दो प्रदूषणबाट विद्यार्थीको स्वास्थ्यमा जोखिम बढ्ने भन्दै शुक्रबारसम्म देशभरका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो ।

डढेलोको कारण प्रदूषणका कण वायुमण्डलमा जम्मा भई विगत केही दिनदेखि काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा तुवाँलो लागेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles