प्रदेश १ मन्त्रीपरिषद बैठक : निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम सञ्चालन कार्यविधि स्वीकृत

 न्यूज विराट
प्रदेश १ मन्त्रीपरिषद बैठक : निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम सञ्चालन कार्यविधि स्वीकृत

विराटनगर, ३० साउन । प्रदेश १ सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम सञ्चालन कार्यविधि २०७९ स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले सो कार्यविधि स्वीकृत गरेको हो । सो उक्त कार्यविधि स्वीकृत भएसँगै अब प्रदेश सभा सदस्यलाई निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम शीर्षकमा प्राप्त बजेट विनियोजन गर्न बाटो खुल्नेछ ।

मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले विभिन्न ८ वटा कार्यविधि तथा निर्देशिका स्वीकृत गरेको हो । बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा प्रस्तुत ‘संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्बन्धी कार्यविधि, २०७९’ पनि स्वीकृत गरेको यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिए ।

उक्त कार्यविधि स्वीकृत भएपछि प्रदेश सरकारलाई कार्यबोझ अनुसार कर्मचारी दरबन्दी मिलान तथा संगठन संरचनालाई उद्देश्यमूलक र परिणाममुखी बनाउन मार्ग प्रशस्त हुने मन्त्री घिमिरेले बताए ।

त्यस्तै बैठकले ‘मुख्यमन्त्री ड्यासबोर्ड सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७९’ स्वीकृत गरेको छ । सरकारले प्रदेश १ लाई डिजिटल प्रदेश बनाउने लक्ष्यका साथ प्रदेश सरकारका मन्त्रालय र निकायहरूको काम–कारवाहीको सुपरीवेक्षण, अनुगमन र मूल्याङ्कनका लागि मुख्यमन्त्री ड्यासबोर्ड प्रयोगमा ल्याउने उद्देश्यका साथ निर्देशिका स्वीकृत गरेको मन्त्री घिमिरेले बताए ।

यसैगरी आज बसेको बैठकले ‘कर्मचारी प्रोत्साहन कार्यविधि, २०७९’ स्वीकृत गरेको छ । यो कार्यविधि स्वीकृत भएसँगै प्रदेशमा न्यूनतम ६ महिनादेखि कार्यरत कर्मचारीले प्रोत्साहन स्वरुप एकमुष्ट एक महिनाको सुरु तलब स्केलबराबरको रकम पाउने मन्त्री घिमिरेले बताए ।

बैठकले प्रदेशअन्तर्गतका निकायहरूको आर्थिक प्रशासनलाई सुव्यवस्थित, सार्वजनिक खर्चमा पारदर्शी, मितव्ययी र प्रभावकारी बनाउन ‘सार्वजनिक खर्चको मापदण्ड र मितव्ययिता सम्बन्धी निर्देशिका, २०७९’ को मस्यौदा स्वीकृत गर्ने निर्णय गरेको छ ।

यस्तै, बैठकले घरेलु मदिरा ब्राण्डिङ गर्न ‘घरेलु मदिरा ब्राण्डिङ निर्देशक समिति तथा कार्यदेश’ स्वीकृत गरेको छ । त्यस्तै, बैठकले प्रदेशमा श्रम ऐन, २०७४ कार्यान्वयनका लागि सहजीकरण गर्न, श्रमिकका हकअधिकारको सुनिश्चित गर्न तथा श्रमिक, रोजगारदाता र प्रदेश सरकारबीचको सम्बन्धलाई प्रभावकारी बनाउन ‘प्रदेश श्रम सल्लाहकार परिषद् गठन सम्बन्धी(पहिलो संशोधन) निर्देशिका, २०७९ स्वीकृत गर्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले प्रदेश मातहतका सरकारी अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकलाई बिरामीको सेवाको लागि थप उत्प्रेरणा प्रदान गर्न ‘विशेषज्ञ चिकित्सक प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि, २०७९’ स्वीकृत गर्ने निर्णय गरेको मन्त्री घिमिरेले जानकारी दिए ।

 

सम्बन्धित समाचार

फोनकलको भरमा कानुन मिच्नेहरु छुट्नु हुन्न : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नागरिकको सुरक्षामा खटिने प्रहरी पनि सुरक्षित हुनुपर्ने बताएका छन् । नागरिकलाई सुरक्षा दिने प्रहरीहरु पूर्वाधारको अभावमा कठिन अवस्थामा रहन नहुने भन्दै कानुनविपरीत काम गर्नेलाई फोनकलको आधारमा नछाड्न निर्देशन...

बाँकेको नरैनापुरमा राति ८ बजेदेखि निषेधाज्ञा, सेना परिचालन गरिने

बुटवल, ११ जेठ-प्रदेश ५ को अति विकट मानिने बाँकेको नरैनापुरमा कोरोना संक्रमण रोकथामका लागि सेना परिचालन गरिने भएको छ । गाउँपालिकाले शनिबार मात्र कोरोना संक्रमण फैलिन सक्ने र स्थित भयावहक हुने भन्दै थप सुरक्षाकर्मी र...

प्याब्सन लोकनृत्य प्रतियोगिताको फाइनलमा ३८ विद्यालय, गुरूकुलमा देखाउँदैछन् प्रतिभा (फोटो फिचर)

विराटनगर । जिल्ला स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिताको फाइनलमा मोरङका ३८ वटा विद्यालय पुगेका छन् । प्याब्सन मोरङले आयोजना गरेको प्रतियोगितामा जुनियरतर्फ २१ र सिनियरतर्फ १७ वटा विद्यालय फाइनलमा पुगेका हुन् । मोरङको १७ वटा स्थानीय...

कांग्रेस महामन्त्रीको मतगणना सुरु, ६ घन्टामा नतिजा आउने दाबी

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्य सिताराम केसीका अनुसार मतगणना तीन स्थानमा सुरु गरिएको र । छ घण्टाभित्र मतपरिणाम आइसक्ने उनले...

सीएनआई कोसी एक्स्पोको तयारी तिब्र, पाँचवटा पालिकाले प्रवद्र्धन गर्दै

विराटनगर । मोरङ–सुनसरी औधोगिक क्षेत्रका पाँचवटा स्थानीय तहले माघ १९ देखि विराटनगरमा हुन लागेको सीएनआई कोसी एक्स्पो–२०७९ को उत्साहजनक प्रवद्र्धक गरेका छन् । विराटनगर महानगरपालिकासहित औधोगिक करिडोरभित्रका बुढीगंगा गाउँपालिका, कटहरी गाउँपालिका, रंगेली नगरपालिका र सुनसरीको...

कोरोना संक्रमितको उपचारका नेशनल ट्रेडिङको भवनमा ५० शैयाको अस्पताल निर्माण गरिँदै

विराटनगर, चैत ९–सम्भावित कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बचाउनका लागि प्रदेश १ सरकारले विराटनगरमा ५० शैयाको अस्पताल निर्माणको काम सुरु गरेको छ । सो भाइरसबाट संक्रमितको उपचारका लागि विराटनगर स्थित नेशनल ट्रेडिङको खाली भवनमा अस्पताल निर्माणका...

सोलुखुम्बुमा टिपर दुर्घटना, तीन जनाको मृत्यु

सोलुखुम्बुमा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका छन् । सोलुखोला दूधकोसी हाइड्रोपावरका लागि ग्याविन जाली र रड लिएर गएको बा ४ ख ७९८० नम्बरको टिपर सोलु...

विश्वमा कोरोना संक्रमितको संख्या ५७ लाख १५ हजार नाघ्यो, रुसमा मात्र ३ लाख ७० हजार

मस्को, जेठ १४–विश्वमा कोरोना संक्रमितको संख्या ५७ लाख १५ हजार नाघेको छ । वल्र्डोमिटरको तथ्यांक अनुसार बुधबार साँझ ७ बजे सम्ममा कोरोना संक्रमितको संख्या ५७ लाख १५ हजार १ सय १७ पुगेको हो । जस...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्