सोलुखुम्बुमा टिपर दुर्घटना, तीन जनाको मृत्यु - News Birat

सोलुखुम्बुमा टिपर दुर्घटना, तीन जनाको मृत्यु

न्यूज विराट

सोलुखुम्बुमा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका छन् । सोलुखोला दूधकोसी हाइड्रोपावरका लागि ग्याविन जाली र रड लिएर गएको बा ४ ख ७९८० नम्बरको टिपर सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भिरमा गएराति ११ बजेतिर दुर्घटनामा परेको हो।

 दुर्घटनामा परी टिपर चालक धादिङको थाक्रे गाउँपालिकाका ३२ वर्षीय कमल मगर, मकवानपुरको बागमती गाउँपालिका–४ का राजकुमार मगर र सप्तरीको सुरुङ्गा नगरपालिका–८ का १९ वर्षीय कृष्णलाल चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक अनिल माबोहाङले जानकारी दिए ।

प्रहरीका अनुसार दुर्घटनामा मकवानपुरको बागमती गाउँपालिका–४ का २३ वर्षीय रमेश मगर गम्भीर घाइते भएका छन् । मृतकमध्ये दुई जना हाइड्रोपावरकै कामदार रहेको प्रहरीले जनाएको छ ।टिपर भिरबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles