कोरोना संक्रमितको उपचारका नेशनल ट्रेडिङको भवनमा ५० शैयाको अस्पताल निर्माण गरिँदै

 न्यूज विराट
कोरोना संक्रमितको उपचारका नेशनल ट्रेडिङको भवनमा ५० शैयाको अस्पताल निर्माण गरिँदै

विराटनगर, चैत ९–सम्भावित कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बचाउनका लागि प्रदेश १ सरकारले विराटनगरमा ५० शैयाको अस्पताल निर्माणको काम सुरु गरेको छ । सो भाइरसबाट संक्रमितको उपचारका लागि विराटनगर स्थित नेशनल ट्रेडिङको खाली भवनमा अस्पताल निर्माणका लागि सरकारले काम सुरु गरेको हो ।

कोरोना भाईरसको बढदै गएको जोखिम र यसको संक्रमणलाई न्युनीकरण गर्न विराटनगरमा ५० शैय्याको अस्पताल बनाउने प्रदेश सरकारको निर्णय अनुसार काम सुरु भएको हो । प्रदेश नं. १ मुख्यमन्त्री तथा मन्त्रीपरिषदको बैठकले नेशनल ट्रेडिङको खाली भवनमा ७ दिनभित्र ५० शैय्याको अस्पताल बनाउने निर्णय गरेको थियो । कोरोना संक्रमित बिरामीको उपचारका निम्ति न्युनतम १० बेडको भेन्टिलेटरसहित ५० शैय्याको अस्पताल बनाउने सरकारको तयारी छ ।

एक साताभित्र अस्पताल बनाउने निर्णय भएपछि शनिबार बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित करिब १ सय ५० जना काममा खटिएका छन् । शनिबार पहिलो चरणमा भवनको सरसफाई तथा मर्मत सम्भार र विद्युतीकरणको काम भएको प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए ।

अस्पताल सञ्चालनका लागि आवश्यक पर्ने यन्त्र उपकरणहरुको व्यवस्थापनबारे पहल थालिएको मन्त्रालयले जनाएको छ । प्रभावकारी ढङ्गबाट अस्पताल सञ्चालनका लागि अस्पतालमा मापदण्ड अनुसारको बेड, भेन्टिलेटर, अक्सिजन पाईपलाईन र चिकित्सकहरुका लागि पि.पि.ए अर्थात पर्सनल प्रोटेक्टिभ एप्रोनको व्यवस्था हुनुपर्ने कोशी अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट संगिता मिश्राले बताइन् । अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति भने निजी तथा सरकारी अस्पताल र प्रदेश सरकारको सहयोगमा परिचालन गर्ने तयारी छ ।

सम्बन्धित समाचार

विराटनगरका पत्रकार कर्ण र पाठक सम्मानित

विराटनगर । विराटनगरका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका नविन कर्ण र सुशिला पाठकलाई सम्मान गरेको हो । शनिवार विराटनगरमा आयोजित संस्थाको ५३ औं जिल्ला सभाकाबीच कर्ण र पाठकलाई...

सुनसरीको रामधुनीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ७ ईचौलस्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प. ५८१०नम्बरकोस्कुटर र बिपरितदिशाबाट...

ब्राउनसुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट संयुक्त रुपमा खटिएको प्रहरी...

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्

Scholarship Shikshadeep College