विश्वमा कोरोना संक्रमितको संख्या ५७ लाख १५ हजार नाघ्यो, रुसमा मात्र ३ लाख ७० हजार

 न्यूज विराट
विश्वमा कोरोना संक्रमितको संख्या ५७ लाख १५ हजार नाघ्यो, रुसमा मात्र ३ लाख ७० हजार

मस्को, जेठ १४–विश्वमा कोरोना संक्रमितको संख्या ५७ लाख १५ हजार नाघेको छ । वल्र्डोमिटरको तथ्यांक अनुसार बुधबार साँझ ७ बजे सम्ममा कोरोना संक्रमितको संख्या ५७ लाख १५ हजार १ सय १७ पुगेको हो । जस मध्ये ३ लाख ५२ हजार ९ सय २ जनाको ज्यान गएको छ । २४ लाख ५४ हजार ८ सय २२ जना निको भएर घर फर्किएका छन् ।

त्यस्तै २९ लाख ७ हजार ३ सय ९३ जना सक्रिय संक्रमित रहेका छन् भने ५३ हजार ४८ जनाको चिन्ताजनक अवस्थामा उपचार भइरहेको जनाइएको छ ।

रुसमा मात्र बुधबारसम्मा कोरोना संक्रमितको संख्या ३ लाख ७० हजार ६ सय ८० पुगेको छ । जसमध्ये ३ हजार ९ सय ६८ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । १ लाख ४२ हजार २ सय ८ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । २ लाख २४ हजार ५ सय ४ जना सक्रिय संक्रमित रहेका छन् ।

नेपालमा हाल सम्म ८ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ४ जनाको मृत्यु भएको छ । १ सय ८३ जनाले कोरोनालाइृ जितेर घर फर्किएका छन भने ६ सय ९९ जनाको उपचार भइरहेको छ ।

सम्बन्धित समाचार

सुनसरी प्रहरीको डिएसपी नविन कृष्ण भण्डारी चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर । जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी नायव उपरीक्षक नविन कृष्ण भण्डारी चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।विभागीय मूल्य मान्यता, आदेश निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह...

प्रेस सेन्टरको स्थापना दिवसमा आश्रममा फलफूल वितरण

विराटनगर । प्रेस सेन्टर नेपालको २१ औं स्थापना दिवसको अवसर पारेर ज्येष्ठ नागरिकहरुलाई फलफूल र स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।प्रेस सेन्टर नेपाल मोरङले मंलबार स्थापना दिवसमा विराटनगर ८ मा रहेको विराटेश्वर वृद्धा आश्रममा फलफूल...

हृदयाघात, मिर्गौला रोगीलाई काठमाडौं महानगरको निःशुल्क एम्बुलेन्स सेवा

काठमाडौं महानगरपालिकाले लकडाउनको अवधिभर हृदयाघात, मिर्गौला रोगीलगायतका बिरामीलाई अस्पतालसम्म लैजान–ल्याउनका लागि निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले संयुक्त एम्बुलेन्स चालक संघ, नेपाल (काठमाडौं जिल्ला कार्यसमिति) सँग सम्झौता गर्दै यस्तो सेवा...

बिरामीमा कोरोना देखिएपछि कोहलपुर शिक्षण अस्पताल बन्द

बाँके, २७ जेठ-बाँकेको कोहलपुुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल आजदेखि पूर्णरूपले बन्द गरिएको छ । शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका अछामका २ बिरामीमा कोरोनाको सङ्क्रमण देखिएपछि अस्पताल  बन्द गरिएको हो । अछामस्थित बयलपाटा अस्पतालले...

शंंकास्पद ५ सय ६९ को कोरोना परीक्षण, अहिलेसम्मका सबै नेगेटिभ

सरकारले कोरोना भाइरस (कोभिड–१९)को महामारीसँग जुध्न महत्वपूर्ण कार्यक्रम अघि सारिरहँदा हालसम्म नेपालमै गरिएको परीक्षणमा कसैमा पनि कोरोना संक्रमण देखिएको छैन । ७ चैतसम्म ५ सय ७९ जनाको कोरोना परीक्षण गएिको थियो । तीमध्ये सबैमा कोरोना...

प्रदेश १ मा बीओपीको संख्या ५१ पुग्यो, मोरङका थप तीन स्थानमा स्थापना

विराटनगर, ८ चैत । प्रदेश १ मा चालु आर्थिक वर्षमा लक्ष्यभन्दा बढी सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट(बीओपी) स्थापना भएको छ । प्रदेश १ मा चालु आर्थिक वर्षको सुरुवातसम्म २६ वटा बीओपीको संख्या थियो । त्यसलाई...

एसइईको कानुनी व्यवस्था परिवर्तन गरिँदै

काठमाडौं, ६ असार-माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को कानुनी व्यवस्थामा परिवर्तन गरिँदैछ । कोरोना महामारीका कारण हाल स्थगित परीक्षाबारे आगामी वर्षमा पनि माध्यमिक तहको राष्ट्रियस्तरको परीक्षालाई कक्षा १२ मा मात्रै कायम राख्ने गरी विद्यमान...

भ्रष्टाचार गर्ने जो कोहीले उन्मुक्ति पाउँदैनन् भन्ने कुरा स्थापित भयो : राष्ट्रपति भण्डारी

काठमाडौं, २ जेठ-सरकारले भष्टाचार गर्ने जो कोहीले उन्मुक्ति नपाउने कुरा स्थापित गरेको दाबी गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तु गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भष्टाचारजन्य कार्य गर्ने जोकोही कारबाहीमा परेको बताएकी हुन्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्