सीएनआई कोसी एक्स्पोको तयारी तिब्र, पाँचवटा पालिकाले प्रवद्र्धन गर्दै

 न्यूज विराट
सीएनआई कोसी एक्स्पोको तयारी तिब्र, पाँचवटा पालिकाले प्रवद्र्धन गर्दै

विराटनगर । मोरङ–सुनसरी औधोगिक क्षेत्रका पाँचवटा स्थानीय तहले माघ १९ देखि विराटनगरमा हुन लागेको सीएनआई कोसी एक्स्पो–२०७९ को उत्साहजनक प्रवद्र्धक गरेका छन् ।

विराटनगर महानगरपालिकासहित औधोगिक करिडोरभित्रका बुढीगंगा गाउँपालिका, कटहरी गाउँपालिका, रंगेली नगरपालिका र सुनसरीको दुहबी नगरपालिकाले आफ्नो पालिकाका घरेलु तथा साना उद्यमी तथा महिला उद्यमीहरुको प्रोत्साहनका लागि एक्स्पोको प्रवद्र्धनमा सहयोग गरेका हुन् ।

आफ्नो उत्पादनको प्रवद्र्धन गर्न उचित अवसर नपाएका त्यस्ता उद्यमीहरुलाई एक्स्पोमा स्टल राख्नका लागि पालिकाले निर्वाह गरेको भूमिका र सहयोग महत्वपूर्ण बनेको हो ।

स्थानीय पालिकाहरुले नै उद्यमीहरुको प्रोत्साहनका लागि उत्साहजनक गरेपछि उद्यमीहरुले एक्स्पोमा आफ्ना उत्पादनहरुको प्रचार प्रसार र बजार निर्माणको अवसर पाउने भएका हुन् । पाँचवटा पालिकाबाट छनौट भएर आउने घरेलु तथा महिला उद्यमीहरुले कम्तिमा पाँचवटा र बढिमा १० वटासम्म स्टलहरु एक्स्पोमा निःशुल्क रुपमा प्राप्त गर्ने जनाइएको छ । जसका कारण उनीहरुले आफ्नो उद्यमलाई बजारको पहुँचसम्म पु¥याउन सहज हुने भएको हो ।

नेपाल उद्योग परिसंघ प्रदेश १ को आयोजनामा विराटनगर–२ शंकरपुर मैदानमा एक्स्पोको तयारीलाई तिब्रता दिइएको छ । परिसंघका प्रदेश अध्यक्ष भीम घिमिरेले स्थानीय तहले उत्साहजनक रुपमा एक्स्पोको प्रवद्र्धनका लागि सहभागीता जनाएको बताए । जसका कारण अत्यन्तै पछाडि रहेका साना, लघु तथा महिलाहरुले संचालन गरेका उद्यमलाई उपभोक्ताहरुमाझ चिनाउनका लागि अवसर प्राप्त भएको उनले बताए । अध्यक्ष घिमिरेले खुल्ला बजारमा साना उद्यमीहरुको समेत पहुँच हुनुपर्ने मान्यता अनुसार पाँचवटा स्थानीय तहमार्फत उनीहरुको सहभागीता सुनिश्चित भएको जानकारी दिए ।
‘पाँचवटा पालिकाले उत्साहजनक रुपमा एक्स्पोलाई प्रवद्र्धन गरिदिनु भएको छ, यसलाई स्थानीय स्तरमा उद्यमशिलताको विकासमा ठुलो मद्दत पुगेको छ’ अध्यक्ष घिमिरेले भने ‘महिला उद्यमी, घरेलु उद्योगहरुले एक्स्पोमार्फत आफ्ना उत्पादनलाई बाहिर ल्याउन सहज भएको छ ।’

उनले एक्स्पोलाई भव्यता प्रदान गर्न हरेक क्षेत्रबाट तयारी अघि बढिरहेको जानकारी दिए । यसअघि ३ सय ५० वटा स्टल रहने गरी तयारी अघि बढाइएपनि स्टलहरुको माग अत्याधिक भएका कारण एक्स्पोमा कुल स्टलको संख्या ४ सय नाघिसकेको अध्यक्ष घिमिरेले दाबी गरे । एक्स्पोलाई ऐतिहासिक बनाउनका लागि सवै क्षेत्रसँग समन्वय भइरहेको पनि बताए ।

एक्स्पो अन्तर्राष्ट्रिय स्तरको बनाउने गरी तयारी गरिएको एक्स्पोका सहसंयोजक गिरीजा सारडाले बताइन् । उनले अधिकांश स्टलहरु बुकिङ भइसकेको पनि जानकारी दिइन् । एक्स्पोमा स्वदेशी तथा विदेशी उत्पादन र वस्तुहरुको अवलोकन तथा खरिद गर्न सकिने छ । माघ २८ गतेसम्म १० दिन एक्स्पो लाग्नेछ ।
मुलुक आर्थिक रुपमा विषम अवस्थामा रहेको बेलामा आर्थिक गतिविधिलाई चलायमान बनाउन र उद्योग व्यवसायलाई बचाइराख्नका लागि एक्स्पो महत्वपूर्ण हुने जनाइएको छ ।
सीएनआई प्रदेश १ ले स्थापनाकै पहिलो बर्षमा उत्साहजनक रुपमा एक्स्पो आयोजना गर्ने गरी तयारी गरिएको उनले बताइन् । त्यसका लागि कुनैपनि कसर बा“की नराख्ने पनि सहसंयोजक सारडाले जानकारी दिइन् ।

एक्स्पोमा प्रदर्शनी तथा विक्रीका लागि राखिने वस्तु तथा सेवाहरुको प्रकृति अनुसार अलग–अलग पेभिलियन रहने जनाइएको छ । औधोगिक उत्पादन, अटोमोबाइल, कृषि उत्पादन लगायतका हरेक वस्तुका लागि अलग पेभिलियन हुने एक्स्पोका संयोजक राजेन्द्र राठीले बताए । उनले उत्पादक र उपभोक्ताबीचको सम्बन्ध बनाइराख्नका लागि एक्स्पो उपयुक्त थलो बन्ने विश्वास व्यक्त गरेका हुन् । एक्स्पोका माध्यमबाट प्रदेश १ मा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका नया“ लगानीकर्ताहरु समेत आकर्षित हुने बताए ।
परिसंघले एक्स्पोलाई ऐतिहासिक बनाउन यसअघि नै विराटनगर र काठमाडौंबाट तयारी गरिरहेको जनाएको छ । अध्यक्ष घिमिरेसहितको टोलीले काठमाडौंमा समेत एक्स्पोको प्रवद्र्धनका लागि सीएनआईका पदाधिकारीहरुसहितका सरोकारवाला निकायहरूबीच छलफल गरेको थियो ।

एक्स्पोमा नेपाल बाहेक भारत, चीन, बंगलादेश, पाकिस्तान लगायत अन्य मुलुकहरुबाट विशेष उत्पादनहरुको प्रदर्शनी र विक्रीका लागि स्टलहरु रहने जनाइएको छ । त्यसका साथै हरेक दिन नया“ नया“ कलाकारहरुको सांगीतिक र सा“स्कृतिक प्रस्तुतिसहितको विशेष कार्यक्रम आयोजना हुने सिएनआई प्रदेश १ ले जनाएको छ ।

‘सौर्यमण्डल’ देखाइने
सीएनआई कोसी एक्स्पो २०७९ लाई रोचक र ज्ञानवद्र्धक बनाउने उदेश्यका साथ सौर्यमण्डलको अनुभव दिलाउन ‘प्लानेटेरियम’ राखिने भएको छ । विभिन्न उमेर समुहका अवलोकनकर्ताहरुलाई लक्षित गर्दै सौर्यमण्डल अवलोकन गर्न पाइने व्यवस्था मिलाउन लागिएको एक्स्पोकी सह–संयोजक गिरिजा सारडाले जानकारी दिइन् । सौर्यमण्डलबारे आवश्यक जानकारी दिन र अवलोकनकर्ताहरुलाई त्यसको अनुभव गराउन ‘प्लानेटेरियम’ अर्थात सौर्यमण्डलको कक्ष निर्माण गरिने उनले बताइन् ।
विशेष किसिमको क्षेत्रभित्र उक्त सौर्यमण्डल अवलोकनको व्यवस्था गराइने छ । उनले अन्तरिक्षमा भएका ग्रहहरु र तारामण्डलको बनावट र त्यसको चक्रबारे सवैले जानकारी पाउनसक्ने बताइन् ।
सानो उमेर समुहलाई १५ मिनेट र ठुलोलाई २५ मिनेटसम्मको समयमा सौर्यमण्डल अवलोकन गराइने छ । सीएनआईले विद्यालय र कलेजहरुमा अध्ययनरत विद्यार्थीहरुको चौतर्फी बौद्धिक विकासका लागि हिसान र प्याब्सनसँगको सहकार्यमा सौर्यमण्डलको अवलोकनलाई प्राथमिकताका साथ एक्स्पोमा समेटिएको जनाएको छ ।

एक्स्पोमा नेपालकै चर्चित ब्याण्डहरुले प्रस्तुति दिने भएका छन् । गायक सविन राई तथा उनको फारोह ब्याण्ड र राजु लामाको मंगोलियन हर्ट ब्याण्डले दर्शकहरु तताउने भएका हुन् ।
सविन र राजुबाहेक पनि थप चर्चित कलाकारहरु एक्स्पोमा प्रस्तुति दिनका अनुबन्धित भइसकेका छन् ।
एक्स्पो आयोजक समितिका अनुसार हालसम्म एकदेव लिम्बु, नितेश जंग कु“वर र उनको ब्याण्ड, समिर श्रेष्ठ, आशिष गुभाजुको अकोष्ट्रिक सोलो प्रस्तुति र अनुप्रस्थ ब्याण्डको प्रस्तुति रहने निश्चित भइसकेको छ ।

सम्बन्धित समाचार

राईलाई संसदीय दलको नेताबाट हटाइयो, आचार्य नयाँ नेता चयन

काठमाडौं, १६ पुस-नेकपा प्रचण्ड–माधव पक्षले प्रदेश १ को संसदीय दलको नेतामा भीम आचार्यलाई चयन गरेको छ ।  मुख्यमन्त्री शेरधन राईलाई दलको नेताबाट हटाउँदै अचार्यलाई चयन गरिएको हो । मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै प्रचण्ड–माधव...

घरको छतमा मनाइयो चैती छठी

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले गरेको ‘लकडाउन’का कारण जनकपुरधामबासीले आ–आफनो घरमै चैती छठ मनाएका छन् । चैती छठ तलाउ, पोखरी लगायतका जलाशयमा छठघाट तयार पारेर सामूहिक रूपमा पूजाअर्चना गरेर मनाइने चलन छ । तर,...

गगन थापालाई कोरोना संक्रमण

काठमाडौं, १७ असोज-प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसका नेता गगन थापालाई कोरोना संक्रमण देखिएको छ । शुक्रबार पार्टी कार्यालयमा भएको पीसीआर परीक्षणमा रिपोर्ट पोजिटिभ आएको उनले जानकारी गराए । उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र...

मोरङमा आफ्नै छोरी बलात्कार गरेको आरोपमा नेपाली सेनाका पूर्वजम्दार पक्राउ

विराटनगर, ७ भदौ । मोरङमा आफ्नै छोरी बलात्कार गरेको आरोपमा नेपाली सेनाका पूर्वजम्दार पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बेलबारी नगरपालिका–११ का ५१ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले बताउनुभयो...

२१६ जनामा कोरोना संक्रमण पुष्टि, २०९ जना संक्रमणमुक्त

काठमाडौं, १८ पुस । पछिल्लो २४ घण्टामा २ सय १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २ सय नौ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका...

खागले टोकेर ६ जना घाइते

गोरखा, ११ वैशाख-गोरखाको शहीद लखन गाउँपालिका–८ बुङकोटस्थित सुनपानीमा खाग (अजिङ्गरजस्तै किरा) ले टोकेर ६ जना घाइते भएका छन् । बुधबार दिउँसो जङ्गलमा गोठाला गएका र घाँसदाउरा काट्न गएका स्थानीय दीपा घर्तीमगर, प्रतिमा अम्गाईँ र बुद्धिराम...

मोरङमा ट्राफिक प्रहरीको ‘लापसे’ अभियान तिव्र, लापसे गरेर सवारी चलाउने ८ जना पक्राउ

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले लापसे ( लागू पदार्थ सेवन ) गरेर सवारी साधन चलाउने ८ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङ, ईलाका प्रहरी कार्यलय रानी र लागु औषध...

नेप्से परिसूचक आज नयाँ उचाइमा

काठमाडौं, ८ माघ । धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आज नयाँ उचाइमा पुगेको छ । लगातार उकालो लाग्दै आएको बजार दोहोरो अंकले उकालो लागेर नयाँ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्