कान्तिपुर कलेजमा भर्ना भएका विद्यार्थीलाई अभिमुखीकरण

 न्यूज विराट
कान्तिपुर कलेजमा भर्ना भएका विद्यार्थीलाई अभिमुखीकरण

विराटनगर । विराटनगरस्थित कान्तिपुर कलेजमा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गर्दै उनीहरूलाई अभिमुखीकरण तालिम दिएको छ । विराटनगरस्थित एक होटलमा सोमबार भव्य कार्यक्रम आयोजना गरी अभिमुखीकरण गराएको हो ।

गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी र अभिभावको रोजाइमा परेको कान्तिपुर कलेजमा कक्षा ११ मा उल्लेखनीय विद्यार्थी भर्ना भए । कक्षा ११ मा बिहानको सिफ्टमा ७ सय ५० जना विद्यार्थी भर्ना भएपछि उनीहरूलाई स्वागत गर्दै अभिमुखीकरण गराएको कलेजका प्रिन्सिपल भुवन नेपालले जानकारी दिए ।

‘दक्ष प्राध्यापक र शिक्षकहरूबाट गुणस्तरीय पठनपाठन गरेको कारणले कान्तिपुर कलेज विद्यार्थीको पहिलो गन्तव्य बनेको छ,’ प्रिन्सिपल नेपालले भने, ‘भर्ना भएका विद्यार्थीहरूलाई कलेजको बारेमा जानकारी गराउन हामीले अभिमुखीकरण गराउने गरेका छौँ । यहाँ भयरहित वातवरमा विद्यार्थीहरूले पठनपाठन गर्न सक्ने सुविधा सम्पन्न भौतिक संरचना रहेको छ ।’ उनका अनुसार अहिले भर्ना भएका बिहान अध्ययन गर्ने विद्यार्थीहरू हुन् । दिउँसो सिफ्टको लागि पनि कलेजले भर्ना खुलाएको छ ।


कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई शाखा मोरङका प्रमुख टङ्क गौतम, प्याब्सन मोरङको अध्यक्ष शीतला सुब्बा, सिए एसोसियसन प्रदेश १ का प्रमुख सिएम मनोज अधिकारीलगायतले गुणस्तरीय शिक्षासँगै संस्कारसहितको सीपमूलक शिक्षा आजको आवश्यक भएकोले त्यसतर्फ ध्यान दिनुपर्ने बताए । कार्यक्रममा कलेजका अध्यक्ष खुसीराज श्रेष्ठको सभापतित्वमा कार्यक्रम भएको थियो । विद्यार्थीहरूले नृत्य प्रस्तुत गरी कार्यक्रममा थप रमाइलो भयो ।

सम्बन्धित समाचार

मूर्तिचोरीमा सजाय भोगेका कार्चेन पर्यटनमन्त्री नियुक्त

सुर्खेत, माघ २३ । कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गर्नुभएको छ । आज साँझ नवनियुक्त पाँच मन्त्रीहरूले पद तथा गोपनियताको शपथ लिनुभएको हो । शपथ लिनेहरूमा गैरसांसद तथा मूर्तिचोरीको कसुरमा जेल सजाय भोगेका छिरिङ...

मोरङको रतुवामाईमा थप २५ जनामा कोरोना पुष्टि 

विराटनगर, ३२ जेठ-मोरङको रतुवामाई नगरपालिकामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा भारतबाट आएर रतुवामाईस्थित क्वारेन्टाइनमा बसेका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरू रतुवामाई...

चीन र दक्षिण कोरियाका राष्ट्रपतिबीच भेटवार्ता

एजेन्सी, पुस ७–चीनका राष्ट्रपति सि चिनफिङले सोमबार दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनसँग भेटवार्ता गरेका छन् । बेइजिङस्थित ग्रेट हल अफ पिपुलमा उनीहरूबीच भेटवार्ता भएको अधिकारीहरूले जानकारी दिएका छन् । आफूहरूका बीचमा रणनीतिक साझेदारिता, ठोस...

प्रधानमन्त्री ओलीको पक्षमा ९२ सांसदकाे हस्ताक्षर

काठमाडौं, १७ वैशाख-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक शक्तिसंघर्ष चर्किंदै जाँदा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली पक्षधर सांसदहरूले बहुमत जुटाउन हस्ताक्षर अभियान सुरु गरेका छन् । वरिष्ठ नेता माधव नेपाल पक्षले अध्यक्ष र प्रधानमन्त्री...

विराटनगरमा मृत फेला परेकी महिलाको पहिचान खुल्यो

विराटनगर । विराटनगर – १२ स्थित पाञ्चालिमा मृत भेटिएकी महिलाको पहिचान खुलेको छ । महेन्द्र मोरङ क्याम्पसको उत्तरपट्टि आज विहान मृत फेला परेकी थिइन् । मृतक महिला विराटनगर बसपार्कमा बस्दै आएकी ३३ वर्षीया बन्दना मगर...

२४ घण्टामा थपिए ४७३ जना कोरोना संक्रमित

काठमाडौं, १८ असार-पछिल्लो २४ घण्टाको अवधिमा थप ४७३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले १०९ महिला र ३ सय ६४ जना पुरुष गरी ४७३ जनामा संक्रमण...

भारत लैजान लागेको ६ जना बालकको उद्धार

विराटनगर । भारत लैजान लागेको ६ जना बालकको सीमा क्षेत्रबाट उद्धार गरिएको छ । भारतको लखनाउमा खेतबारीमा काम लगाउने भन्दै बालश्रमिकको रुपमा लैजान लागेको अवस्थामा सुनसरीको इटहरी घर भएका ६ जना बालकहरुलाई साना हात नामक...

बोल्न सिक्दै बालवालिका

विराटनगर । झापाको मेचीनगरपालिका धुलाबारीकी ममता ढुङनाको जन्मजात मुखभित्र तालु फाटेको कारणले बोली अष्पस्ट थियो । दुई वर्षको उमेरमा उनको मुखभित्र तालुको शल्यक्रिया विराटनगरस्थित हाम्रो अस्पतालमा भयो । त्यसपछि उनले नियमित ६ पटक बोलीको तालिम...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्