प्रधानमन्त्री ओलीको पक्षमा ९२ सांसदकाे हस्ताक्षर

 न्यूज विराट
प्रधानमन्त्री ओलीको पक्षमा ९२ सांसदकाे हस्ताक्षर

काठमाडौं, १७ वैशाख-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक शक्तिसंघर्ष चर्किंदै जाँदा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली पक्षधर सांसदहरूले बहुमत जुटाउन हस्ताक्षर अभियान सुरु गरेका छन् ।

वरिष्ठ नेता माधव नेपाल पक्षले अध्यक्ष र प्रधानमन्त्री पद छाड्न दबाब दिइरहेका बेला ओलीले आफ्नो पक्षमा सांसदको बहुमत जुटाउन हस्ताक्षर थालेका हुन् ।

ओली पक्षमा बहुमत जुटाउन सांसदले हस्ताक्षर गरिरहेको १ सांसदले बताए । उनका अनुसार बहुमत जुटिसकेको छ । ओली पक्षधर सांसदले गरेको हस्ताक्षरको ७ नम्बरमा नवलपरासी पूर्वका सांसद तिलकबहादुर महतले हस्ताक्षर गरेको बताए । उनका अनुसार ९२ सांसदको हस्ताक्षर संकलन भइसकेको छ ।

ओली पक्षधर ती सांसदका अनुसार यो हस्ताक्षर प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूको हो । उनले ओलीलाई ५ वर्ष सरकारको नेतृत्व दिन प्रधानमन्त्री बनाएकाले यो पुष्टि गर्न हस्ताक्षर अभियान चलाइएको बताए ।

सांसदहरूका अनुसार ओलीका पक्षमा बहुमत जुटिसकेको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले ओलीविरुद्ध हस्ताक्षर अभियान चलाइरहेका बेला ओली पक्षले बालुवाटारमा हस्ताक्षर अभियान चलाएका हुन् । नेकपाको सचिवालय बैठक आझ साँझ बस्दै छ । सचिवालयमा शक्ति प्रदर्शन गर्ने उद्देश्यले हस्ताक्षर गरेको नेताहरूको दाबी छ ।

सम्बन्धित समाचार

राष्ट्रिय बाघ सर्वेक्षण : बाघको सङ्ख्या बढाउन चुनौती

वलपुर, १५ मङ्सिर-यही मङ्सिर १९ देखि सुरु हुने राष्ट्रिय बाघ सर्वेक्षणका क्रममा ९०० क्यामेरा र १०० गणक परिचालन हुने भएका छन् । बाघ गणनाको उद्घाटन चितवन राष्ट्रिय निकुञ्जको सौराहामा गरिने भएको छ । निकुञ्जले चितवन–पर्सा...

सोमबार थप ३१४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३ हजार ७६२ पुग्यो

काठमाठौं, २६ जेठ-सोमबार थप ३ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा सोमबार थप ३ सय १४ जनामा...

४३ हजार बढीको कोरोना परीक्षण, ४७ जनामा संक्रमण, ९ जना निको भएर घर फर्किए

काठमाडौं, ११ वैशाख-सम्भावित कोरोना भाइरस संक्रमणको आशंकामा बिहीबारसम्म ४३ हजार बढीको परीक्षण गरिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा ४३ हजार ७ सय २२ जनाको परीक्षण गरिएको जानकारी दिइएको हो । यी परीक्षण पीसीआर...

जो जहाँ जहाँ छौं, त्यहीँत्यहीँ रहेर दसैं मनाऔँः प्रम ओली

काठमाडौं,  १० कात्तिक-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको ठूलो चाड बडादसैंका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, प्रगति र समुन्नतिका लागि शुभकामना व्यक्त गरेका छन् ।  उनले चाडबाड केवल पर्व र उत्सव...

बेलायत र रसियामा कोरोना संक्रमण द्रुत गतिमा बढ्दै

एजेन्सी, बैशाख ८-युरोपका स्पेन, इटाली, फ्रान्स, जर्मनीमा पछिल्लो केही दिन कोरोना संक्रमण घट्दो क्रममा रहे पनि बेलायत र रसियामा भने तीव्र गतिमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा मात्र बेलायतमा ५ हजार ९ सय संक्रमित...

झुण्डिएको अवस्थामा देवर-भाउजू मृत फेला

 इलाम, ६ असार-इलामकाे माङसेबुङ गाँउपालिका-६ मा २ जना झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । मृत फेला पर्नेमा इलाम माङसेबुङ-६ मावाटोल बस्ने २७ वर्षीय विशाल राई र उनकै भाउजू २६ वर्षीया गिता राई रहेका छन्...

प्रदेश १ का चार पत्रकार पुरस्कृत

विराटनगर, १२ असार । प्रदेश नम्बर एक सरकारले प्रादेशिक पत्रकारिता पुुरस्कार–२०७८ वाट प्रदेश एकका चारजना पत्रकारलाई आज नगद सहित सम्मान एवं पुुरस्कृत गरेको छ । प्रदेश सरकारले पत्रकारिता क्षेत्रमा लामो समयसम्म क्रियाशिल पत्रकारलाई रु १...

कोशीमा कांग्रेस संसदीय दलको नेता उद्धव थापाले दिए राजीनामा

विराटनगर । कोशी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता उद्दव थापाले राजीनामा दिएका छन् । विराटनगरस्थित काङ्ग्रेस प्रदेश कार्यालयमा आज दिउँसो पत्रकार सम्मेलन गर्दै उनले राजीनामा घोषणा गरेका हुन् । उनले कोशी प्रदेश सरकार निर्माणका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्