
पेट्रोलेको मूल्य प्रतिलिटर १० रुपैयाँले बढ्यो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमै १० रुपैयाँले बढाएको हो ।
विराटनगर । प्रदेश १ कै नमूनाका रूपमा सुविधासम्पन्न बन्दै गएको सरकारी स्वामित्वको कोशी अस्पतालमा आर्थिक अनियमितताका घटना बाहिरन थालेका छन् । कोशी अस्पतालमा पछिल्लो समय नयाँ–नयाँ संरचना निर्माणकार्य सञ्चालन हुन थालेसँगै भ्रष्टाचारले चरम रूप लिन पुगेको हो ।
संघीय सरकारबाट कोशी अस्पतालमा नियुक्ति हुने मेडिकल सुपरिटेन्डेन्ट र महालेखाद्वारा नियुक्ति हुने लेखाअधिकृतको मिलोमतोबाट पछिल्लो समय एक करोडभन्दा बढीको आर्थिक अनियमितता भएको पाइएको छ । कोशी अस्पतालको संरचना निर्माणका लागि संघीय सरकारले करोडौँ रकमको बजेट विनियोजन गरेसँगै पछिल्लो समय अस्पताल परिसरमा रहेका पुराना संरचनाहरू भत्काएर पुनर्निर्माणको कामले अग्रता लिइरहेको छ । तर निर्माण काममा रहेका ठेकेदार कम्पनी र कोशी अस्पतालका लेखा अधिकृतदेखि मेडिकल सुपरिटेन्डेन्टकै संलग्नतामा निर्माण कम्पनीलाई ठेक्का कबुलअनुसारको निर्माणसम्पन्न नभई भुक्तानी दिन थालेपछि अस्पतालभित्र संस्थागतरूपमा मौलाएको भ्रष्टाचारको रहस्य खुल्न पुगेको हो । पछिल्लो समय निर्माणसम्पन्न भएर स्वास्थ्य मन्त्री विरोध खतिवडाले उद्घाटन समेत गर्न भ्याइसकेको प्रसूति वार्ड भवन समेत हाल विवादमा तानिएको छ ।
ठेक्का सम्झौताअनुसार प्रसूति वार्डमा निर्माण हुनुपर्ने संमरचना नै नबन्दै हतार–हतारमा हस्तान्तरण गराएर उद्घाटन भएपछि अहिले बिरामीलाई आवश्यक पर्ने सुविधा समेत दिन नसकेको सोही अस्पतालमा कार्यरत कर्मचारीको आरोप छ । उक्त प्रसूति वार्डसँगै मेडिकल वार्डको दोस्रो तला भवन निर्माणको जिम्मेवारी पाएका निर्माण कम्पनी जेबी कन्स्ट्रक्सन र बीजी कन्स्ट्रक्सनले सम्झौताअनुसारको भवन निर्माण नगरी हतार हतारमा फेरि मेडिकल वार्डको दोस्रो तल्लाको नयाँ भवन हस्तारण गर्ने तयारी गरेको छ । दुवै भवन निर्माणका लागि संघीय सरकारले छ करोड बजेट छुट्ट्याएको थियो । भवन पनि गुणस्तरहीन बनेको स्रोतको भनाइ छ । भवन निर्माणका समयमा निर्माण कम्पनीले प्रयोग गरेका इँटा ल्याबमा परीक्षण गर्न लैजाने क्रममा बाटोबाटै हराएको कारण इँटाको परीक्षण नगरी ठेकेदार कम्पनीले कमसल गुणस्तरको इँटा प्रयोग गरेको दाबी स्रोतले गरेको छ । यही घटनाबाट पनि अस्पताल भवन निर्माणमा ठेकेदार कम्पनी र कर्मचारीका बीचमा कस्तो लेनदेन भएको छ भन्ने अनुमान गर्न सकिने दाबी कर्मचारीस्रोतले गरेको छ ।
कोशी अस्पतालमा निर्माण हुँदै गरेको नयाँ मेडिकल भवनको दोस्रो तलाका ठेकेदार कम्पनीले दुई पटकसम्म निर्माण अवधि थप गरिसक्दा पनि निर्माणसम्पन्न हुन नसकेको भवनलाई अहिले हतार–हतारमा हस्तान्तरण गर्ने चलखेल हुन थालेपछि त्यहाँ हुँदै आएको संस्थागत भ्रष्टाचार बाहिर आएको हो । छ महिना अगाडि नै निर्माण सम्पन्न हुनुपर्ने मेडिकल वार्डको दोस्रो तल्लाको भवनमा प्रयोग भएका धारादेखि भवनमा ए ग्रेडको रङ्ग प्रयोग गर्ने भनी सम्झौता गरेको ठेकेदारले सी ग्रेडको रङ्ग प्रयोग गरेको छ ।
अस्पतालका लेखाअधिकृत राजेन्द्र सुवेदी र मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञराज खरेलको मिलेमतोमा नै निर्माण सम्पन्न नै हुन नपाई हतार–हतारमा ठेकेदार कम्पनीबाट अस्पतालको स्वामित्वमा भवन ल्याउने चाँजोपाजो मिलाउन थालेपछि ठेकेदार कम्पनीसहित कार्यालयप्रमुख खरेल र लेखाअधिकृत सुवेदी अहिले विवादमा तानिएका छन् । नयाँ निर्माण भएको मेडिकल वार्डको दोस्रो तला भवनमा आउजाउ गर्नका लागि निर्माण हुने लिफ्टमा प्रयोग गरिने सामग्री उच्चकोटी र गुणस्तरीय हाल्नुपर्ने सम्झौता गरेको निर्माण कम्पनीले गुणस्तरहीन लिफ्टका सामग्री ढुवानी गरी प्रयोग गर्न थालेपछि लिफ्ट निर्माणमा पनि लाखौँको भ्रष्टाचार भएको स्रोतको दाबी छ । (आर्थिक दैनिकबाट)
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमै १० रुपैयाँले बढाएको हो ।
विराटनगर, ३१ जेठ । जिल्ला समन्वय समिति मोरङको निर्वाचनमा एमालेको प्यानलै निर्वाचित भएको छ । एमालेका तर्फबाट जिसस प्रमुखमा अजम्बर राई, उपप्रमुखमा उषा झा विजयी भएका हुन् । दुवै जनाले २१/२१ मत ल्याएका छन् ।...
सर्लाही, ७ असोज-कोराना भाइरस फैलिएसँगै पाँच महिना पहिले नेपाल प्रवेश गरेका सर्लाहीवासी मजदुरी गर्न फेरि भारत जान थालेका छन् । स्वदेशमा रोजगारीको अभावले हातमुख जोर्ने समस्या भएपछि उनीहरू भारततर्फ जान लागेका हुन् । खुला सीमा...
रोजगारीका लागि भारत गएका नेपाली कोरोना संक्रमणकाे त्रास बढेसँगै धमाधम घर फिर्न थालेका छन् । महोत्तरीका भारतीय सीमा नाकाबाट घर फर्कनेको अहिले लर्को देखिँदो छ । यसरी फर्कनेमा भारतको हरियाणा, पञ्जाव, दिल्ली र मद्रासमा काम...
मकवानपुर, ११ वैशाख-मकवानपुरबाट काठमाडौं जोड्ने भीमफेदी–कुलेखानी सडकखण्डको विस्तार कार्यलाई मानवीय र सुरक्षाको संवेदनशीलतालाई अपनाई तीव्रता दिइएको छ । बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले भीमफेदीबाट कुलेखानीसम्मको साढे १५ किलोमिटर सडकखण्डलाई बोलपत्र आह्वान गरी सडक विस्तार...
विराटनगर, १७ जेठ-प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको निर्देशनपछि सुनसरी धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमितलाई भर्ना गरेको छ । झापाको कचनकवलका २७ जना कोरोना संक्रमितलाई अस्पतालले भर्ना नलिएपछि मन्त्री घिमिरे...
विराटनगर । विराटनगरको मेरिल्याण्ड कलेजमा कक्षा ११ मा भर्नाको लागि लिएको प्रवेश परीक्षामा विद्यार्थीको भिड लागेको छ । व्यवस्थापन संकाय मात्र पढाइ हुने मरील्याण्ड कलेजमा आज लिएको प्रवेश परीक्षामा विद्यार्थीको भिड लागेको हो । कलेजमा...
काठमाडौं । नेकपा (एमाले)का उद्योग वाणिज्य तथा आपूर्ति विभाग प्रमुख मोति दुगडले देशको अर्थव्यवस्था सुधार्न आर्थिक संकटकाल लगाउनुपर्ने बताएका छन् । आइतबार एमालेको उद्योग वाणिज्य तथा आपूर्ति विभागले आयोजना गरेको देशको वर्तमान आर्थिक अवस्थासम्बन्धी छलफल कार्यक्रममा उनले देशको आर्थिक अवस्था...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.