अर्थतन्त्र सुधार्न तत्काल आर्थिक संकटकाल घोषणा गर्नुपर्छ:दुगड - News Birat

अर्थतन्त्र सुधार्न तत्काल आर्थिक संकटकाल घोषणा गर्नुपर्छ:दुगड

न्यूज विराट

काठमाडौं । नेकपा (एमाले)का उद्योग वाणिज्य तथा आपूर्ति विभाग प्रमुख मोति दुगडले देशको अर्थव्यवस्था सुधार्न आर्थिक संकटकाल लगाउनुपर्ने बताएका छन् ।

आइतबार एमालेको उद्योग वाणिज्य तथा आपूर्ति विभागले आयोजना गरेको देशको वर्तमान आर्थिक अवस्थासम्बन्धी छलफल कार्यक्रममा उनले देशको आर्थिक अवस्था सुधार गर्न तत्काल आर्थिक संकटकाल घोषाण गर्नुपर्ने बताएका हुन् ।

“बैंकमा तरलता छैन । व्यवसाय सुरु गर्न खोज्यो ऋण लिन बैंकसँग तरलता छैन । व्यवसायीसँग व्यवसाय गर्न पैसा छैन, हाम्रो अर्थतन्त्र कता जाँदै छ ?,” दुगडले प्रश्न गरे ।

उनले उद्योगी व्यवसायी ‘ज्वाइँ सरह’ भएको भन्दै उनीहरूलाई ‘रातो कार्पेट’ ओछ्याउनुपर्ने बताए । उनले उद्योगी व्यवसायीलाई सरकारबाट काम नभए आफ्नो पार्टी कार्यलयमा आउनसमेत भने ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles