आज विराटनगरमा ४ जना कोरोना संक्रमित थपिए

 न्यूज विराट
आज विराटनगरमा ४ जना कोरोना संक्रमित थपिए

विराटनगर, ५ फागुन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९६ जनामा कोरोना संक्रमण भएको छ । ३२४ जनाको पीसीआर परीक्षण गर्दा ३४ र ४८७ जनाको एन्टिजेन परीक्षण गर्दा ६२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १२, सुनसरीमा ९, झापामा ४, धनकुटामा २, भोजपुर, तेहृथुम र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ४, सुन्दरहरैचामा ३, पथरीशनिश्चरे, उर्लाबारी, सुनबर्षी, कानेपोखरी र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा ४, इटहरी, दुहवी, देवानगञ्ज, रामधुनी र स्थानीय तह नखुलेका १–१, झापाको भद्रपुरमा २, शिवसताक्षी र बाहृदशीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा २, भोजपुरको भोजपुर नगरपालिका, तेहृथुमको आठराई र पाँचथरको फिदिममा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६१ महिला र ८७ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १ हजार ३०२ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

सम्बन्धित समाचार

बीपीमा थप एक जना कोरोना संक्रमितको मृत्यु

विराटनगर, ३ कात्तिक-सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.निदेश सापकोटाका अनुसार कोभिड अस्पतालमा सुनसरीको इटहरी २० का ७८ वर्षीय वृद्धको सोमबार बिहान ३...

सार्वजनिक यातायातको नियमन गर्न ओटिएमएस लागू

काठमाडौं, ४ मंसिर-मध्यम तथा लामो दूरीमा सञ्चालन हुने सार्वजनिक यातायात सेवाको नियमन गर्न सरकारले अनलाईन टिकेटिङ मोनिटरिङ सिस्टम (ओटिएमएस) लागू गरेको छ ।   यातायात सुविधाम नागरिकको सरल, सहज र समान पहुँच सुनिश्चित गर्दै यातायात क्षेत्रमा...

कोरोना संक्रमणबाट थप २४६ जनाले ज्यान गुमाए

नेपालमा कोरोना भाइरसको संक्रमण थप २४६ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य मन्त्रालकका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना थप २४६ संक्रमितको मृत्यु भएको जानकारी दिए ।  योसँग नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ हजार ६५७ पुगेको...

स्थानीय चुनावका लागि मतपत्र खरिद प्रक्रिया सुरु

काठमाडौं, ५ फागुन । निर्वाचन आयोगले स्थानीय तहको चुनावका लागि मतपत्र खरिदको प्रक्रिया अघि बढाएको छ । आयोगले बिहीबार पत्रकार सम्मेलन गरी स्थानीय तहको चुनावका लागि मतपत्र खरिदको प्रक्रिया अघि बढाएको बताएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्माले मतपत्र...

बरगाछी स्मारिकाको लोकार्पण

विराटनगर । गुराँस पुस्तकालय विराटनगरको ५४ औं स्थापना दिवसका अवसरमा पुस्तकालयद्वारा प्रकाशित बरगाछी स्मारिकाको लोकार्पण गरिएको छ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मंगलबार बरगाछीको १७ औं अंक विमोचन गरेका हुन् । बरगाछी स्मारिका...

बिराट मेडिकल कलेजमा अत्याधुनिक ब्लड बैंक स्थापना, विरामीको ज्यान बचाउन रक्तदान र सचेतना

विराटनगर । विराट मेडिकल कलेज शिक्षण अस्पतालले अत्याधुनिक सुविधा सम्पन्न ब्लड बैंक संचालनमा ल्याएको छ । शिक्षण अस्पताल भित्र निजि क्षेत्रबाट संचालित एक मात्र विश्वस्तरिय ब्लड बैंक संचालनमा ल्याएको हो । संचालनमा आएको ब्लड बैंकमा...

निर्णय कार्यान्वयनमा विराटनगर महानगरको चासो , कार्यान्वयन गर्न सरोकारवाला तयार

विराटनगर । विराटनगर महानगरपालिकाले आफूले गरेको निर्णय कार्यान्यवनलाई तीव्रता दिएको छ । विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित होटलले जतिसक्दो चाँडो अग्नि नियन्त्रण यन्त्र (फायर इस्टिङगुइसर) राख्नुपर्ने भएको छ । महानगरले विराटनगरका सबै होटलले अग्नि नियन्त्रण यन्त्र...

पैसा बाँड्ने क्रममा भागदौड हुँदा ३ जनाको मृत्यु

एजेन्सी, जेठ ९-श्रीलंकाको राजधानी कोलम्बोमा पैसा बाँड्ने क्रममा भएको भागदौडमा ३ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । एक व्यापारीले आफ्नो गोदाममा बोलाएर कोरोना भाइरसका कारण संकटको सामना गरिरहेकाहरुलाई पैसा बाँडेका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्