बीपीमा थप एक जना कोरोना संक्रमितको मृत्यु - News Birat

बीपीमा थप एक जना कोरोना संक्रमितको मृत्यु

न्यूज विराट
विराटनगर, ३ कात्तिक-सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.निदेश सापकोटाका अनुसार कोभिड अस्पतालमा सुनसरीको इटहरी २० का ७८ वर्षीय वृद्धको सोमबार बिहान ३ बजेर ५ मिनेटमा मृत्यु भएको हो । 

मृतकमा रक्त अल्पता र ग्याष्ट्रिकको पुरानै समस्या रहेको प्रतिष्ठानले जनाएको छ । मृतक वृद्धलाई १८ असोजमा कोरोना पुष्टि भएर उपचाररत अवस्थामा १ कात्तिकमा पुनः परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । योसँगै प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ३२ पुगेको छ । जसमध्ये १६ जना प्रदेश १ बाहिरका हुन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles