स्थानीय चुनावका लागि मतपत्र खरिद प्रक्रिया सुरु

 न्यूज विराट
स्थानीय चुनावका लागि मतपत्र खरिद प्रक्रिया सुरु

काठमाडौं, ५ फागुन । निर्वाचन आयोगले स्थानीय तहको चुनावका लागि मतपत्र खरिदको प्रक्रिया अघि बढाएको छ ।

आयोगले बिहीबार पत्रकार सम्मेलन गरी स्थानीय तहको चुनावका लागि मतपत्र खरिदको प्रक्रिया अघि बढाएको बताएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्माले मतपत्र खरिदका लागि विद्युतीय टेन्डर प्रक्रियामार्फत खरिद अघि बढाएको जानकारी दिए ।

आयोगले १५ फागुनभित्र न्यायपरिषद्‍सँग परामर्श गरी जिल्ला न्यायाधीशहरूको संख्याको विवरण उपलब्ध गराउन कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई पत्राचार गरेको छ ।

यस्तै निर्वाचन अधिकृत नियुक्तिका लागि १५ फागुनभित्रै राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतको विवरण उपलब्ध गराउन भनेको छ ।

आयोगले निर्वाचन आर्थिक कार्यविधि तयार गरेर अर्थ मन्त्रालयमा पठाएको छ भने ५३ प्रकारका निर्वाचन सामग्री खरिदका निम्ति स्वीकृति प्रदान गरेको छ ।

सम्बन्धित समाचार

युक्रेनका राष्ट्रपति जेलेन्स्कीकी पत्नी कोरोना संक्रमित

एजेन्सी, जेठ ३१-युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीकी पत्नी ओलेना कोरोना संक्रमित भएकी छन् ।पत्नीलाई कोरोना भाइरसको संक्रमण देखिएपछि राष्ट्रपति जेलेन्स्कीले आफ्ना सबै बैठक रद्द गरेका छन् । उनका प्रवक्ताले राष्ट्रपतिका सबै बैठक, सार्वजनिक कार्यक्रम र राजधानीबाहिरका...

एमाले प्रदेश १ को प्रमुख सचेतकमा भण्डारी नियुक्त

विराटनगर । नेकपा एमाले प्रदेश नम्बर १ को प्रमुख सचेतकमा रेवतीरमण भण्डारी नियुक्त भएका छन् । एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मत कार्कीले भण्डारीलाई नियुक्त गरेका हुन् । भण्डारी सुनसरी सुनसरी २(१) बाट प्रदेशसभा...

बैंकको चर्को ब्याजदर घटाउनुपर्ने माग राख्दै उद्योगीद्धारा राष्ट्र बैंक अगाडि धर्ना

विराटनगर । बैंकको चर्को ब्याजदर घटाउनुपर्ने माग राख्दै उद्योगी व्यवयासीहरूले विराटनगरस्थित नेपाल राष्ट्र बैंकको कार्यालय अगाडी धर्ना दिएका छन् । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को संयुक्त...

भगतलाई उपाध्यक्षको जिम्मेवारी

विराटनगर, फागुन २२–विराटनगरका व्यवसायी पशुपति भगतले नेपाल कृषिजन्य आलु प्याज आयात निर्यात तथा थोक बिक्रेता संघको केन्द्रिय उपाध्यक्षको जिम्मेवारी पाएका छन् । चितवनको सौराहामा सप्पन्न केन्द्रीय भेलाले भगतलाई उपाध्यक्षको जिम्मेवारी प्रदान गरेको हो । भगत...

शनिबार नेकपाले बोलायो सचिवालय बैठक

काठमाडौं, ५ असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शनिबार सचिवालय बैठक बोलाएको छ ।विभिन्न समसामयिक विषयमाथि छलफल गर्न नेकपाले शनिबार बिहान ९ बजे सचिवालय बैठक बोलाएको हो । बैठकमा मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) बारे निर्णय हुन सक्ने...

प्रदेश १ मा १२० जनामा कोरोना संक्रमण

विराटनगर, २ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२० जनामा कोरोना संक्रमण भएको छ । ६२१ जनाको पीसीआर परीक्षण गर्दा १०५ र १४१ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक...

मिल्स भेट्रान्स गोल्डकप प्रतियोगिता, मिल्सलाई पाँच गोल गर्दै भरौल भेट्रान्स सेमिफाइनलमा

विराटनगर । भरौल भेट्रान्स क्लब सुनसरी विराटनगरमा जारी १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कप प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा बुधवार भएको खेलमा मिल्स भेट्रान्स क्लब ‘ख’ विराटनगरलाई...

आज नागपञ्चमी पर्व मनाइँदै

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्