कांग्रेसका १० भ्रातृ संगठनका केन्द्रीय कार्यसमिति भंग

 न्यूज विराट
कांग्रेसका १० भ्रातृ संगठनका केन्द्रीय कार्यसमिति भंग

काठमाडौं, ३ फागुन । नेपाली कांग्रेसका १० भ्रातृ संस्थाका केन्द्रीय कार्यसमिति भंग भएको छ । मंगलबार सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले  म्याद सकिएका भ्रातृ संस्थाको केन्द्रीय समिति भंग गरेर ३० फागुनभित्र तदर्थ समिति बनाउने जिम्मेवारी सभापति शेरबहादुर देउवालाई दिएको प्रवक्ता प्रकाशशरण महतले बताए ।

केन्द्रीय कार्यसम्पादन समितिले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, नेपाल लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज, नेपाल महिला संघ, र नेपाल भूतपूर्व सैनिक संघका केन्द्रीय समितिहरू भंग गर्ने निर्णय गरेको हो ।

बैठकले नेपाल दलित संघको केन्द्रीय महाधिवेशन गर्न निर्देशन दिएको छ  । दलित संघको सबै जिल्लामा अधिवेशन सम्पन्न भएकाले आगामी चैत्र ७, ८, ९ र १० गते अधिवेशन गर्न निर्देशन गरिएको बताए । यस्तै बैठकले भ्रातृ तथा शुभेच्छुक संस्थामा रिक्त पदाधिकारीहरूको हकमा पदपूर्तीको जिम्मा पनि सभापतिलाई दिएको छ ।

सम्बन्धित समाचार

पोखरीमा डुबेर विराटनगरमा एक पुरुषको मृत्यु

विराटनगर , १० असोज । पोखरीमा डुबेर विराटनगर महानगरपालिका–१८ मा आइतबार दिउँसो एक पुरुषको मृत्यु भएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार पोखरीमा डुबेर ५७ वर्षीय धनीलाल ऋषिदेवको मृत्यु भएको हो । भैँसी...

ग्रीन टायर्सले स्वदेशी रबर प्रयोग गरी ट्याक्टर र हाते ट्याक्टरका टायर उत्पादन गर्दै

विराटनगर, २६ साउन । ग्रीन टायर्स प्रालिले कृषि क्षेत्रका लागि टायर उत्पादन गर्ने प्रकृया अघि बढाएको छ । यस उद्योगले कृषि क्षेत्रमा प्रयोग गरिने ट्याक्टर र हाते ट्याक्टरका लागि शेर्पा ब्राण्डको भूमि, सारथी मोडलका ठूला...

अहिलेकै अवस्थामा एमसीसी संसदमा आउँदैनः सभामुख सापकोटा

काठमाडौं, चैत ३–सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक दलहरूले टुंगो लगाएपछि मात्रै मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बारे संसदीय प्रक्रिया अघि बढ्ने स्पष्ट पारेका छन् । सोमबार सिंहदरबारमा भएको पत्रकार भेटघाट कार्यक्रममा सभामुख सापकोटाले राजनीतिक दलहरूबीच नै सहमति जुटिनसकेकाले...

उपभोक्ता दिवसः प्रदेश राजधानी विराटनगरमा अन्तरकृया

विराटनगर, चैत २–वाणिज्य आपूर्ति तथा विश्व उपभोक्ता संरक्षण कार्यालय बिराटनगरले आज १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मार्च १५ मा हरेक वर्ष मनाउदै आएको उपभोक्ता दिवस आज बिभिद कार्यक्रम गरि देश भर मनाए...

एनआइसी एसिया बैंक ‘पीडीत’ समुह गठन, बैंकविरुद्ध आन्दोलन गर्ने

काठमाडौं, ३० कात्तिक । एनआइसि एसिया बैंकबाट पीडीत ग्राहक तथा ऋणीहरुले आन्दोलन गर्ने भएका छन् । केहीदिन अघि काठमाडौंमा भेला भएर बैंकबाट पीडित भएको भन्दै उनीहरु आन्दोलित हुने भएका हुन् । सो बैंकले पीडित बनाएको...

बाँचुन्जेल एमाले छाड्दीन, नदी नियन्त्रणलाई प्रथामिकतामा राखेर काम गर्छुः केदारप्रसाद यादव

विराटनगर, २५ वैशाख । २०१९ सालमा तत्कालिन बरडंगा गाविसमा जन्मिएका केदारप्रसाद यादव उमेरले ६० पुग्न लागे । पारिवारिक वातावरणनै राजनीति भएपछि उनी बाल्यकालदेखिनै त्यसैमा आकर्षित भए । सानै उमेरदेखि राजनीतिक चेतना नआउँदै नेपाली कांग्रेसको झण्डा...

कोरोना जितेर घर फर्किइन् ६ वर्षीया बालिका

काठमाडौं, २२ जेठ-महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोभिड-१९ लाई पराजित गरेर छ वर्षकी १ बालिका बुधबार घर फर्केकी छन् । श्वासनलीमा मासु पलाएका कारण शल्यक्रियाका लागि ३० वैशाखमा अस्पतालको नाक, कान तथा घाँटी विभागमा भर्ना...

नेकपाको आयोजनामा बृहतरुपमा बक्षारोपण गरिँदै, मोरङका ३५ हजार पार्टी सदस्यले बृक्षारोपण गर्ने

विराटनगर, असार ९–मदन जयन्तीको अवसर पारेर मोरङमा जिल्ला व्यापीरुपमा बृहत वृक्षारोपण गरिने भएको छ । जननेता मदन भण्डारीको ६९ औँ जयन्तिमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मोरङले जिल्लाका सवै पालिकाहरुमा ‘वृक्षारोपण गर्रौ, वातावरणको सुधार गरौ’ भन्ने नाराका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्