पोखरीमा डुबेर विराटनगरमा एक पुरुषको मृत्यु - News Birat

पोखरीमा डुबेर विराटनगरमा एक पुरुषको मृत्यु

न्यूज विराट

विराटनगर , १० असोज । पोखरीमा डुबेर विराटनगर महानगरपालिका–१८ मा आइतबार दिउँसो एक पुरुषको मृत्यु भएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार पोखरीमा डुबेर ५७ वर्षीय धनीलाल ऋषिदेवको मृत्यु भएको हो । भैँसी चराउँदै पुगेका धनीलालको भैँसीलाई पानी खुवाउन र नुहाउन खोज्दा पोखरीमा डुबेर मृत्यु भएको श्रेष्ठको भनाइ छ ।

एक्कासि चिप्लिएर पानी जमेको पोखरीभित्र छिरेका उनलाई पछि मृत्यु भएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । शवलाई पोखरीबाट निकालेर पोस्टमार्टमका लागि कोसी अस्पताल ल्याइएको डीएसपी श्रेष्ठले बताए । प्रहरीले घटनाका बारेमा थप अनुसन्धान थालिएको जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles