पछिल्लो २४ घण्टामा नेपालमा नायाँ कोरोना संक्रमितको संख्या एक हजारभन्दा कम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार पीसीआर तथा एन्टिजेन परीक्षणबाट पछिल्लो २४ घण्टामा ८३६ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
४ हजार २६० जनाको पीसीआर परीक्षण गर्दा ४९१ जनामा र २ हजार ३९४ को एन्टिजेन परीक्षण गर्दा ३४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण ४ जनाको मृत्यु भएको छ ।
१ हजार ८२६ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या २६ हजार १०२ रहेको छ ।