राशिफल

सुनवर्षी मेयर कप क्रिकेटः कर्मचारी टिमको शादानर जित

 न्यूज विराट

विराटनगर, ६ पुस । मोरङको सुनवर्षी नगरपालिकामा जारी तेस्रो मेयर कप क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा कर्मचारी टिम विजय भिएको छ । आजको खेलमा वडा नम्बर ७ लाई पराजित गर्दै सुनवर्षी नगरपालिकाको कर्मचारी टिम विजयी भएको हो ।

टस जितेर व्याटिङ गरेको सुनवर्षी नगरपालिका कर्मचारी टिमले वडा नम्बर ७ लाई ३५ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
खेलमा टस जितेर ब्याटिङ रोजेको कर्मचारी टिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतीमा १२७ रन बनाएको थियो । कर्मचारी टिमका लागि संजय राजवंशीले सर्वाधिक ४८ रन जोडे । उनी अर्धशतक बनाउन २ रनले चुके । त्यस्तै कर्मचारी टिमका कप्तान देवेन्द्र थापाले २२ रन बनाए ।

१२८ रनको विजयी लक्ष्य सहित जवाफी व्याटिङमा उत्रिएको ७ नम्बर वडाले १७.३ ओभरमा सवै विकेट गुमाउदै ९२ रन मात्र बनाउन सक्यो । उसका लागि इसाक अहमदले सर्बाधिक २२ रन बनाए पनि अन्य व्याट्सम्यानहरुले उल्लेख्य रन जोड्न सकेनन् ।

कर्मचारी टिमको कसिलो बलिङ सामु वडा नम्बर ७ का खेलाडी मैदानमा धेरैबेर टिक्न सकेनन् । खेलमा कर्मचारी टिमको लागि उत्कृष्ट प्रदर्शन गर्दै एक्लै पाँच बिकेट लिएका सुमित राजवंशी म्यान अफ दी म्याच घोषित भए । उनले नगद ५ हजार रुपैयाँ र मेडल प्राप्त गरे ।

उनलाई सुनवर्षी नगरपालिकाका मेयर श्यामप्रसाद राजवंशी, प्रमुख प्रशासकिय अधिकृत रुद्रप्रसाद दुलाल, सुनवर्षी–२ का वडाध्यक्ष विनोद राजवंशी, ५ नम्बर वडाका वडाध्यक्ष युगेश्वरप्रसाद ठाकुर र सुनवर्षी–६ का वडाध्यक्ष कमल मोक्तानले पुरस्कार तथा मेडल प्रदान गरे । शुक्रबारको खेल सुनवर्षी–२ र सुनवर्षी–९ बिच हुने जनाइएको छ ।

गत पुस २९ गतेदेखि सुरु भएको प्रतियोगिता आगामी माघ १६ गते सम्पन्न हुनेछ । प्रतियोगिताको उद्घाटन सुनवर्षी नगरपालिकाका मेयर श्याम प्रसाद राजवंशी र रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले क्रिकेट खेलेर गरेका थिए ।

प्रतियोगिताका विजेताले नगद १ लाख २५ हजार, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् । त्यस्तै उपविजेताले नगद ६५ हजार, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्ने प्रतियोगिताका संयोजक राकुमार राजवंशीले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत प्रत्येक खेलका म्यान अफ दी म्याचले नगद ५/५ हजार, म्यान अफ दी सिरिजले नगद २५ हजार र ट्रफी प्राप्त गर्नेछन् ।

त्यसैगरी प्रतियोगिताको उत्कृष्ट बलर, उत्कृष्ट व्याट्स म्यान, उत्कृष्ट फिल्डर र अनुशासित टिमलाई नगद १५/१५ हजार, मेडल र प्रमाणपत्र वितरण गरिने सुनवर्षी नगरपालिकाका लेखा अधिकृत देवेन्द्र थापाले जानकारी दिए ।

सम्बन्धित समाचार

सीएनआई कोशी एक्स्पो सुरू (फोटो फिचर)

विराटनगर । नेपाल उद्योग परिसंघ प्रदेश १ को आयोजनामा विराटनगरमा सीएनआई कोशी एक्स्पो सुरू भएको छ । विराटनगर – २ शंकरपुरमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्घाटन गरेपछि एक्स्पो सुरू...

डिएभी स्कुलमा स्पोर्ट्स मिट सुरू

विराटनगर । विराटनगर – १३ मा रहेको डिएभी स्कुलमा स्पोर्ट्स मिट सुरू भएको छ । स्कुल परिसरभित्र स्पोर्ट्स मिट सुरू भएको हो ।आइतबारसम्म संचालन हुने स्पोर्ट्स मिटमा एक दर्जन बढी खेलहरू रहेको डिएभी स्कुलका प्रिन्सिपल...

विराटनगरमा तेक्वान्दोको ग्रेडिङ परीक्षा कार्यक्रम सुरू

विराटनगर । विराटनगरमा तेक्वान्दो खेलको ग्रेडिङ परीक्षा कार्यक्रम सुरू भएको छ । प्रदेश नं. १ आइटिएफ तेक्वान्दो संघको आयोजनामा विराटनगरमा बिहीबारदेखि ग्रेडिङ परीक्षा सुरु भएको हो । तेक्वान्दोको कालोपेटी प्रथम, कालोपेटी दोस्रो र कालोपटी तेस्रो...

विराटनगर विमानस्थलमा ‘कन्भेयर बेल्ट प्रणाली’ सञ्चालन

विराटनगर । विराटनगर विमानस्थलले हवाई यात्रुको सुविधा अभिवृद्धि गर्ने योजना अनुरुप आजदेखि आगमन कक्षमा कन्भेयर बेल्ट प्रणाली( व्यागेज ह्याण्डलिङ्ग सिस्टम) सञ्चालनमा ल्याएको छ । मोफसलका विमानस्थलमा पहिलो पटके उक्त्त जडान गरिएको र यसको लागत दुई...