विराटनगर, १४ माघ-विराटनगरमा बालबालिकालाई लक्षित गरि कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । विराटनगर महानगरपालिकाले आज सूचना प्रकाशित गर्दै हालसम्म कोरोना भाइरसविरुद्धको खोप नलगाएका १२ बर्षदेखि १७ वर्ष उमेर समुहका बालबालिकाका लागि खोप अभियान सञ्चालन गरिने जनाएको हो ।
बालकालिकाहरुलाई कोरोना भाइरसविरुद्धको मोर्डना खोपको पहिलो मात्र दिइने महानगरपालिकाको सूचनामा उल्लेख छ ।
आगामी १६ र १७ माघमा वडा नं. १ देखि वडा नं. ८ र वडा नं. १९ शैक्षिक प्रशासन माशाखाद्धारा तोकिएका विद्यालयहरुमा खोप लगाइने विराटनगर महाशाखा संयोजक रमेश कार्कीले जानकारी दिए ।
त्यस्तै १८ र १९ माघमा वडा नं. १ देखि १८ नं. वडासम्म शैक्षिक प्रशासन शैक्षिक प्रशासन माशाखाद्धारा तोकिएका विद्यालयहरुमा बालकालिकालाई कोरोनाविरुद्धको खोप दिइने महानगरले जनाएको छ ।