भारतले फिर्ता लग्यो काठमाडौंमा रोकिएका आफ्ना नागरिक - News Birat

भारतले फिर्ता लग्यो काठमाडौंमा रोकिएका आफ्ना नागरिक

न्यूज विराट

काठमाडौं, २२ जेठ-भारतीय सरकारले लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई स्वदेश फिर्ता लगेको छ ।विभिन्न काम विशेषले काठमाडौं उपत्यकामा आइ रोकिएका भारतीय नागरिकलाई भारतीय राजदूतावासको पहलमा स्वदेश फिर्ता लगिएको छ ।

लामो समय जारी रहेको लकडाउनका कारण काठमाडौंमा व्यापार व्यवसाय गर्ने भारतीय नागरिक, धार्मिक भ्रमणका लागि आएका, आफन्त भेटघाटका लागि आएका आफ्ना नागरिकलाई बिहीबार पनि भारत लैजाने व्यवस्था मिलाएको हो ।

दूतावासका अनुसार सम्पर्कमा आएका आफ्ना नागरिकलाई बसमार्फत लैजाने व्यवस्था गरिएको छ । भारत सरकारले यसअघि पनि नेपमालमा आई विभिन्न ठाउँमा रोकिएर बसेका आफ्ना नागरिकलाई उद्धार गरी विमानमार्फत् स्वदेश फिर्ता लगेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles