लिड्समाथि लेस्टर सिटीको प्रभावशाली जीत - News Birat

लिड्समाथि लेस्टर सिटीको प्रभावशाली जीत

न्यूज विराट

एजेन्सी, १८ कात्तिक-इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले लिड्स युनाइटेडमाथि प्रभावशाली जीत हात पारेको छ । लिड्सको मैदानमा भएको खेलमा लेस्टर सिटी लीड्स युनाइटेडलाई ४–१ ले पराजित गरेको हो ।

पहिलो हाफमा दुई गोल गरेको लेस्टरले दोस्रो हाफमा थप दुई गोल गरेर एक गोल खाएको हो । खेलको दोस्रो मिनेटमा नै हार्भी बार्नेसले गोल गर्दै लेस्टरलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको २१ औं मिनेटमा यूरी टिएलेम्यान्सले गोल गर्दै अग्रता दोब्बर पारे । लीड्सका लागि ४८ औं मिनेटमा स्टूआर्ट डालासले एक गोल फर्काए । खेलको ७६ औं मिनेटमा जेमी भार्डीले गोल गर्दै ३–१ को स्थितिमा ल्याए भने इन्जुरी समयको पहिलो मिनेटमा पाएको पेनाल्टीमा टिएलेम्यान्सले व्यक्तिगत दोस्रो गोल गर्दै ४–१ को जीत दिलाए ।

जितपछि सात खेलबाट १५ अंक जोडेको लेस्टर सिटी दोस्रो स्थानमा पुगेको छ । शीर्ष स्थानको लिभरपुल भन्दा मात्रै एक अंकले पछि रहेको छ ।  १० अंकसहित लीड्स १२ औं स्थानमा छ । लिग अन्तर्गत सोमबार राति भएको अर्को खेलमा फुलह्यामले वेष्ट ब्रोमलाई २–० ले पराजित गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles