राष्ट्रियसभा चुनाव : मधेस प्रदेशमा ६ जनाले हालेनन् भोट

 न्यूज विराट
राष्ट्रियसभा चुनाव : मधेस प्रदेशमा ६ जनाले हालेनन् भोट

जनकपुरधाम । राष्ट्रियसभा निर्वाचनअन्तर्गत आज भएको मतदानमा मधेस प्रदेशमा ९८ प्रतिशत मत खसेको छ । सांसद, स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ३७२ मतदातामध्ये ३६६ जनाले मतदान गरेका छन् ।

राष्ट्रियसभा निर्वाचन मधेस प्रदेशका प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलका अनुसार प्रदेशसभातर्फ १०२ र स्थानीय तहतर्फ २६४ मत खसेको छ । प्रदेशसभा सदस्यतर्फ २ जना र स्थानीय तह (प्रमुख, उपप्रमुख) तर्फ ४ जनाले मतदान गरेनन् ।

मधेस प्रदेशमा राष्ट्रियसभाका दुई सदस्यका लागि ५ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

सत्ता गठबन्धनबाट माओवादीकी उर्मिला अर्याल र जसपाका खालिद सिद्दिकीले उम्मेदवार छन् । लोसपाले रुपाकुमारी यादव र नेकपा एमालेले उसमान अन्सारीलाई उम्मेदवार बनाएको छ । लोसपा र एमालेले चुनावी गठबन्धन गरेपनि मतभारका हिसावले सत्ता गठबन्धन मजबुत छ ।

सम्बन्धित समाचार

तेस्रो मिल्स क्रिकेट प्रतियोगिता : देव खनालको सतकसँगै वाइआरसिसिको सानदार जित

विराटनगर । अन्तर्राष्ट्रिय खेलाडी देव खनालको आक्रमक सतकसँगै विराटनगरको वाइआरसिसि क्रिकेट क्लब विराटनगरमा जारी तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा सोमबार भएको पहिलो खेलमा विरगन्ज युथ...

शिक्षादीपमा विद्यार्थीको आकर्षण, नयाँ विद्यार्थीलाई दिइयो अभिमुखिकरण

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थी र अभिभावको पहिलो रोजाइको केन्द्रमा परेको विराटनगरस्थित शिक्षादीप कलेजकमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई अभिमुखिकरण गराएको छ ।कलेजले बिहीबार स्कुल परिसरमा एक भव्य कार्यक्रम आयोजना गरी कक्षा ११ को...

अमेरिकी सभामुख ताइवान पुगेपछि सैन्य कारबाही गर्ने चीनको घोषणा

अमेरिकी सभामुख न्यासी पेलोसी मंगलबार राति ताइवान पुगेपछि चीनले सैन्य कारबाहीको घोषणा गरेको छ । चिनियाँ रक्षा मन्त्रालयले सैन्य कारबाहीको एक शृंखला सुरु गर्ने घोषणा गरेको ग्लोबल टाइम्सले जनाएको छ । समाचारमा भनिएको छ, ‘पीएलएले...

घूसमा प्रतिस्पर्धा हुन थाल्योः मीनेन्द्र रिजाल

काठमाडौं, फागुन ३०–कांग्रेस नेता तथा लेखा समिति सदस्य मीनेन्द्र रिजालले अहिले घूसमा प्रतिस्पर्धा भएको बताएका छन् । सुरक्षण मुद्रण प्रेसको खरिदको सवालमा कुरा राख्दै उनले घूसमा प्रतिस्पर्धा देखिएको भन्दै गम्भीर अध्ययन गर्नुपर्ने बताएका हुन् ।...

नेपालभित्र कोरोना सरेको पहिलो घटना, संक्रमितको संख्या ८ पुग्यो

नेपालमा पहिलो पटक अर्को व्यक्तिबाट सरेर एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसरी अर्को व्यक्तिबाट कोरोना सरेका व्यक्ति दुबईबाट फर्किएका पुरूषकाे आफन्त हुन् । ११ चैतदेखि प्रादेशिक अस्पताल धनगढीमा उपचाररत ती पुरूष नेपालका चौथो संक्रमित...

लुकेर घर फर्कन लागेका ११ भारतीय मुस्लिम धर्मावलम्बी पक्राउ

महोत्तरी, २२ वैशाख-महोत्तरीमा लकडाउन उल्लंघन गर्दै सीमा पार गर्न लागेका ११ भारतीय मुस्लिम धर्मावलम्बीलाई पक्राउ गरिएको छ । जिल्लाको मनरासिस्वा नगरपालिका–९ बथनाहा गाउँ हुँदै नेपालबाट भारत जान खोजेका ११ मुस्लिम धर्मावलम्बीलाई आज बिहान नेपाल प्रहरी...

कालापानीको भू–भाग भारतलाई लिजमा दिनुपर्छ : सुजता कोइराला

काठमाडौ, पुस २२–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतलाइ लिजमा दिनुपर्ने धारणा व्यक्त गरेकी छिन् । आइतबार राति ८ः०० बजे प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण हुने ‘जनता जान्न...

भारतसँग सीमा जोडिएका प्रदेश ५ का ६ जिल्ला पूर्ण सिल

कोरोना भाइरस (कोभिड- १९) संक्रमण फैलिन नदिन भारतसँग सीमा जोडिएका प्रदेश ५ का ६ वटा जिल्लालाई पूर्ण रूपमा सिल गरिएको छ । मानिसको आवतजावत रोक्ने भारतसँग सीमा जोडिएका जिल्लाहरूलाई पूर्ण रूपमा सिल गरिएको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्