तेस्रो मिल्स क्रिकेट प्रतियोगिता : देव खनालको सतकसँगै वाइआरसिसिको सानदार जित
सोमबार, ३१ बैशाख, २०८१,
न्यूज विराट
विराटनगर । अन्तर्राष्ट्रिय खेलाडी देव खनालको आक्रमक सतकसँगै विराटनगरको वाइआरसिसि क्रिकेट क्लब विराटनगरमा जारी तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ ।
विराटनगर जुटमिलको खेलमैदानमा सोमबार भएको पहिलो खेलमा विरगन्ज युथ स्पोट्स एकाडेमीलाई ५४ रनले हराउँदै विराटनगर क्वाटरफाइनलमा पुगेको हो ।
टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित १७ ओभरमा ६ विकेट गुमाउँदै २४२ रन बनाएको हो । विराटनगरका ओपनर देव खनालले सतक पूरा गरे । उनले ३० बलमा १२ छक्का र ६ चौका प्रहार गर्दै १०२ रन बनाए । राष्ट्रिय खेलाडीले भरिएको विराटनगरका नारयण जोशीले अबिजित १३ बलमा ३३ रन बनाए । उनले ४ छक्का र १ चौका हिर्काए । इमरन नजिर र अभिषेक पलले समान २५–२५ रन पारी खेल्दा सन्दिप खत्रिले ९ बलमा २६ रनको योगदान दिए । दिपिन खत्रीले अविजित ९ बलमा १४ रन जोडे भने सविप अन्सारीले ८ बलमा १६ रन बनाए ।
विरगन्जका सोनुले २, नितेस पेटल, सोनु शर्माले समान १–१ विकेट लिए । विराटनगरले दिएको २४३ रनको लक्ष्य पछ्याएको विरगन्जले निर्धातिर १७ ओभरमा ५ विकेट गुमाउँदै १६८ रन मात्रै बनाउन सक्यो । विरगन्जका असप हुसेनले अर्धसतक पूरा गरे । ३० बलमा ५ छक्का र ५ चौका हिर्काउँदै ५१ रन बनाए । हिसुप मन्सारीले १२ बलमा अविजित २३ रन पारी खेल्दा हन्थन यादवले २३ रनको योगदान दिए ।
विराटनगरका विक्रम दासले ४ ओभरमा १६ रन खर्चिएर ३ विकेट लिए । भोजराज भट्टले २ विकेट र हेमन्त धामीले १ विकेट लिए । प्रतियोगिताको प्लेर अफ द म्याच सर्वाधिक रन बनाउने खेलाडी विराटनगरका देव खनाल घोषित भए । उनले तीन हजार रुपैयाँ पाए । प्लेर अफ द म्याच घोषित भएका खनाललाई नेपाल खेलकुद महासंघको केन्द्रीय सचिवालय सदस्य साना जोसीले पुरस्कार वितरण गरे ।
अहिले दोस्रो खेल भारत बिहारको पूर्णिया क्रिकेट क्बल र विराटनगरको होराइजन क्रिकेट क्लब बिच प्रतिस्पर्धा भइरहेको छ ।
विराटनगर, भदौ १८-कोरोना भाइरसको बढ्दो संक्रमण र जोखिमलाई मध्यनजर गरी प्रदेश १ सरकारले विराटनगरमा थप एक हजार बेड बराबरको आइसोलेसन केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ । आज प्रदेश स्तरिय सिसिएमसीको भर्चुअल बैठकले विराटनगरका कम्तिमा...
सरकारले तीन जिल्लामा र्यापिड टेस्ट गर्ने भएको छ । शनिबार बसेको मन्त्रीपरिषद् बैठकले बाग्लुङ, कञ्चनपुर र कैलालीमा र्यापिड टेस्ट गर्ने भएको छ । तत्काल परीक्षण नभएको कारण अर्को व्यक्तिलाई नसरोस् भनेर अहिलेलाई ३ जिल्ला र्यापिड...
सरकारले चीनबाट खरिद गरेको ८ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले ८ लाख डोज खोप शुक्रबार बिहान नेपाल आइपुगेको जानकारी दिए । खोप...
विराटनगर । जिल्ला प्रहरीले कार्यालय मोरङले विराटनगर यातायात कार्यालय अगाडिबाट बिचौलिया काम गरेको आरोपमा एक दर्जन पक्राउ परेका छन् ।प्रहरी निरीक्षक सरोज खनालको नेतृत्वमा खटिएको प्रहरी टोलीले यातायात कार्यालयमा बिचौलियाको काम गर्ने १२ जना व्यक्तिलाई...
विराटनगर । विराटनगरको न्यूरो हस्पिटल चोकमा रहेको दिलावर फार्मेशीले विरामीलाई खुल्लेआम ठगी गर्दै आएको घटना सेलाउन नपाउँदै औषधीको अनुचित प्रयोगको लागि ‘ट्रामाडोल’ इन्जेक्सन भण्डारन गरेको पाइएपछि शिलबन्दी गरिएको छ । औषधी व्यवस्था विभाग (डिडिए) विराटनगरले...
कास्की, २७ असोज-राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी(पुष्पलाल) राजमार्गको कास्की पश्चिम खण्डअन्तर्गत पोखरा महानगरपालिका–२५ याम्दीदेखि घट्टेखोलासम्मको निर्माण अन्तिम चरणमा पुगेको छ । पोखरा–बाग्लुङ राजमार्गसमेत पर्ने सो खण्डको १२ किमी सडक निर्माण कार्य ९५ प्रतिशत सकिएको मध्यपहाडी (पुष्पलाल)...
काठमाडौं, २८ पुुस-कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको छ । नयाँ पाठ्यक्रम कार्यान्वयन नगर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेसँगै नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको हो । मंगलबार न्यायाधीश...
विराटनगर । सेना दिवसको अवसरमा सुनबर्षी नगरपालिकामा आयोजना गरिएको स्वास्थ्य शिविरबाट ४ सय ५७ बढी सर्वसाधारणले निःशुल्क स्वास्थ्य सेवा लिएका छन् ।सेना दिवस २०८१ को सन्र्दभ पारेर कटहरीको थलाहास्थित श्री भैरवगणले सुनबर्षी २ स्थित अमरदह...