घूसमा प्रतिस्पर्धा हुन थाल्योः मीनेन्द्र रिजाल

 न्यूज विराट
घूसमा प्रतिस्पर्धा हुन थाल्योः मीनेन्द्र रिजाल

काठमाडौं, फागुन ३०–कांग्रेस नेता तथा लेखा समिति सदस्य मीनेन्द्र रिजालले अहिले घूसमा प्रतिस्पर्धा भएको बताएका छन् । सुरक्षण मुद्रण प्रेसको खरिदको सवालमा कुरा राख्दै उनले घूसमा प्रतिस्पर्धा देखिएको भन्दै गम्भीर अध्ययन गर्नुपर्ने बताएका हुन् ।

सुरक्षण मुद्रण प्रेस खरिदका सवालमा घूस प्रतिस्पर्धामा पराजित भएको मान्छेबाट अनियमितता हुन थालेको उनले बताए । ’घुस दिने सवालमा यहाँ प्रतिस्पर्धा भएको देखियो, मुद्रण प्रेसको सवालमा पराजित मान्छेको कारण थाहा पाइयो’, रिजालले भने ’टेप प्रकरण सार्वजनिक नभएको भए यो विषय थाहा हुने थिएन होला, अघि बढ्थ्यो होला ।झ

रिजालले घूसमा पराजित हुने उजुरी लिएर छुट दिँदै जाने विषय गलत हुने बताए । सुरक्षण मुद्रण प्रेसमा जीटुजी प्रक्रिया रोक्न निर्देशन दिन आवश्यक रहेको उनले बताए । उनले विगतमा अनियमितता गर्ने सवालमा पनि अख्तियारलाई छानविन गर्न लगाउनुपर्ने बताए ।

सम्बन्धित समाचार

विराटनगरका पत्रकार कर्ण र पाठक सम्मानित

विराटनगर । विराटनगरका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका नविन कर्ण र सुशिला पाठकलाई सम्मान गरेको हो । शनिवार विराटनगरमा आयोजित संस्थाको ५३ औं जिल्ला सभाकाबीच कर्ण र पाठकलाई...

सुनसरीको रामधुनीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ७ ईचौलस्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प. ५८१०नम्बरकोस्कुटर र बिपरितदिशाबाट...

ब्राउनसुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट संयुक्त रुपमा खटिएको प्रहरी...

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्

Scholarship Shikshadeep College