२० बुँदे मागसहित मुक्ति समाज मोरङले प्रधानमन्त्री देउवालाई पठायो ज्ञापनपत्र

 न्यूज विराट
२० बुँदे मागसहित मुक्ति समाज मोरङले प्रधानमन्त्री देउवालाई पठायो ज्ञापनपत्र

विराटनगर, ३ माघ । नेकपा (एमाले) को जनबर्गीय संगठन नेपाल उत्पीडित जायीय मुक्ति समाज मोरङले विभिन्न २० बुँदे मागसहित प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।

मुक्ति समाज मोरङले सोमबार मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सीना मार्फत प्रधामन्त्री देउवालाई २० बुँदे मागसहितको ज्ञापनपत्र पठाएको हो । नेपाल उत्पीडित जायीय मुक्ति समाज केन्द्रीय कार्यालयले सोमबार देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउन सर्कुलर जारी गरेको थियो ।

सोही सर्कुलर बमोजिम मुक्ति समाज मोरङले सहायक प्रमुख जिल्ला अधिकारी तिम्सिना मार्फत प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र पठाएको हो । ज्ञापनपत्रमा देशभर जातीय विभेद तथा छुवाछुतका घटना तीब्ररुपमा बृद्धि भइरहेकाले दोषीलाई कानुनी दायरामा ल्याएर हदैसम्मको सजाय र पिडित पक्षलाई क्षतीपूर्तीसहित न्याय दिन माग गरिएको छ ।

त्यस्तै अन्तरजातीय विवाहकै कारण दलित समुदायको हत्या, कुटपिट र वेपत्ता पारिनेजस्ता जघन्य अपराधका घटनामा समेत बृद्धि भइरहेकाले त्यसलाई कानुनी दायरामा ल्याएर सम्मानित जिवनयापनको वातावरण बनाउन माग गरिएको नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङका अध्यक्ष किशोर विश्वकर्माले बताए ।

त्यसैगरी आभारभूत तहदेखि, उच्च शिक्षा र प्राविधिक शिक्षा क्षेत्रमा प्रयाप्त छात्रबृत्तिको व्यवस्था र वितरण गरिने छात्रबृत्तिमा हुने अनियमितताको अन्त्य गर्नसमेत माग गरिएको छ । त्यस्तै विदेशमा उच्च शिक्षा पढ्न पाउने छात्रबृत्ति कोटामा दलित विद्यार्थीलाई प्रथामिकताका साथ समावेश गर्नुपर्ने, संघीय सरकार मार्फत अघि सारिएको भगत सर्वजित राष्ट्रिय शिप विकास कार्यक्रम अनियमितता तथा अन्य शिर्षकमा रकमान्तर गर्ने कार्य तुरुन्त बन्द गरि लक्षित समुदाय र तोकिएको शिर्षकमा मात्र लार्गु गर्न, भूमिहिन दलित सुकुम्बासीलाई जमिन उपलब्ध गराउन निष्पक्ष ढंगले कार्यान्वयन गर्नुपर्ने, जनता आवास कार्यक्रममा भइरहेको अनियमितता र भ्रष्टाचार रोक्नुपर्ने, छुवाछुत कसुर सजाय ऐन प्रभावकारी कार्यान्वयन गर्न र गराउन राष्ट्रिय अभियान सञ्चालन गर्नुपर्ने मुक्ति समाजले माग गरेको छ ।

त्यसैगरी प्रधानमन्त्रीको संयोजकत्वमा रहेको जातीय भेदभाव अन्त्य एवम् दलितहरुको अधिकार प्रवद्र्धन संयन्त्रलाई कृयाशिल गराउनुपर्ने, सवै प्रहरी कार्यालयमा छुट्टै प्रहरी सेल स्थापना गर्नुपर्ने, राष्ट्रिय दलित आयोगलाई प्रभावकारी बनाउनुपर्ने, सरकारी सेवामा सहज प्रवेशका लागि तयारी कक्षा सञ्चालन गर्न बजेटको व्यवस्था गर्नुपर्ने, राज्यका सवै तहमा जेठ २१ लाई जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवशलाई भव्यताका साथ आयोजना गर्न, सवै प्रदेशमा एकिकृत दलित शसक्तिकरण ऐन निर्माण गरि प्रभावकारी ढंगले लागु गर्नुपर्ने, तीनवटै तहको निर्वाचन प्रणलीमा दलित समुदायको पूर्ण समानुपातिक प्रतिनिधित्व सुनिश्चीत गर्न सुरक्षित निर्वाचन क्षेत्र सम्बन्धी कानुन निर्माण गरि लागु गर्न ज्ञापनपत्र मार्फत मुक्ति समाजले माग गरेको छ ।

त्यस्तै जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी अपराधमा ३ देखि १० वर्षसम्म कैद सजाय, १ देखि ५ लाखसम्म क्षतीपूर्ती दिलाउन र प्रमाणको भार प्रतिवादीमा रहने गरि ऐन शंसोधन गर्न, संविधानको धारा २४ र ४० को प्रभावकारी कार्यान्वयनको लागि एकिकृत कानुन अबिलम्ब निर्माण गर्नुपर्ने, स्थानीय तहको निर्वाचनको मिति अबिलम्ब घोषणा गर्नुपर्ने, सवैको पहुँच पुग्नेगरी कोरोनाविरुद्धको खोप र स्वास्थ्य सतर्कताको प्रवन्ध गरिनुपर्ने, तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको सुखी नेपाली, समृद्ध नेपालको अवधारणा एवम् विकासका योजनाहरुलाई निरन्तरता दिनुपर्ने र मुलुकमा व्याप्त भ्रष्टाचार, घुसखोरी, महंगी, बजेट घाटा तथा आर्थिक दुरुपयोग तत्काल बन्द गर्न मुक्ति समाजले माग गरेको छ ।

उल्लेखित मागहरु तत्काल पुरा गर्नु मुक्ति समाजले प्रधानमन्त्री देउवालाई आग्रह गरेको छ । आफ्ना मागवारे बेवास्ता गरिए थप संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने मुक्ति समाजले चेतावनीसमेत दिएको छ ।

ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी तिम्सीनाले सम्बन्धीत निकायमा पठाउने प्रतिवद्धता जनाए । सो अबसरमा मुक्ति समाजको केन्द्रीय सदस्य तथा मोरङका इन्चार्ज जीत नारायण सरदार, केन्द्रीय सदस्य दिपेन्द्र पासवान, मुक्ति समाज मोरङका अध्यक्ष किशोर विश्वकर्मा, सहसचिव दुर्गा नेपाली र कोषाध्यक्ष रत्न परियारको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने

काठमाडौं, ३० भदौ । हिजो-आज टीभीमा प्रसारण हुने जुनसुकै कार्यक्रमहरू पनि युट्युबमा हाल्ने गरिन्छ । टीभीमा भन्दा युट्युबमा राम्रो दर्शक पाइने भएपछि धेरैको आकर्षण युट्युबमा बढिरहेको छ । हिमालय टीभीमा प्रसारण हुने हास्य टेलिसिरियल 'सक्किगोनि'का...

साना किसान कृषि सहकारी अमरदहको सातौँ साधारणसभा सम्पन्न

विराटनगर, २३ पुस । मोरङको सुनवर्षी नगरपालिका–२ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड अमरदहको वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार सुनवर्षी नगरपालिकाका मेयर श्याम प्रसाद राजवंशीको प्रमुख आतिथ्यतामा सहकारीको सातौँ वार्षिक साधारणसभा सम्पन्न...

काठमाडौं, ९ पुस-विभाजित भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूहको केन्द्रीय कमिटी बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओली समूहको केन्द्रीय कमिटीको बैठक बालुवाटारमा बस्दैछ । प्रचण्ड–माधव नेपाल पक्षको बैठक कार्की पार्टी प्यालेस बबरमहलमा...

राखेप सदस्य–सचिव पदका लागि २७ जनाको निवेदन

काठमाडौं, १ साउन-राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य–सचिव पदका लागि २७ जनाले आवेदन दिएका छन् । राष्ट्रिय खेलकुद विकास ऐन कार्यान्वयनमा आएसँगै पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट सदस्य सचिव छनोट हुन लागिएकोमा सो पदका लागि २७ जनाले...

र्‍यापिड टेस्ट पोजेटिभ देखिएका सप्तरीका २ जनाको पीसीआर रिपोर्ट नेगेटिभ

जनकपुरधाम, ३ वैशाख-र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी)मा पोजिटिभ रिपोर्ट आएका सप्तरीका २ जनाको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ । २ हप्ताअघि भारतको दिल्लीस्थित निजामुद्दिनमा भएको तबलिकी जमातमा सहभागि भई नेपाल आएर आफ्नै घरमा बसिरहेका ७...

कोशी प्रदेश बजेट प्रतिस्थापन विधेयक : बजेटको आकार ५० करोड बढाउँदै ३६ अर्ब ७४ करोड पुर्‍याइयो

विराटनगर । कोशी प्रदेश सरकारले अध्यादेशबाट ल्याएको बजेटमा ५० करोड थप गर्दै उक्त बजेट प्रतिस्थापन विधेयक ल्याएको छ । अर्थमन्त्रीको समेत हैसियतमा प्रदेशसभामा आज मुख्यमन्त्री केदार कार्कीले प्रस्तुत गरेको बजेट विवरणमा चालू आर्थिक वर्षका लागि...

डुङ्गा पनि किनारमै थन्किए

राजविराज, २७ वैशाख-वन्दाबन्दीका कारण डुङ्गा चलाउन नपाउँदा पुर्ख्यौली पेसाका रूपमा सप्तकोशीमा माछा मारेर गुजारा चलाउँदै आएका सप्तरीको १ सय ५० परिवार मुखिया समूदायलाई हातमुख जोर्न समस्या परेको छ । लकडाउन कार्यान्वयनका क्रममा स्थानीय प्रशासनले डुङ्गामा...

किशोरीमाथि यौन दुराचार गरेको अभियोगमा बौद्ध धर्मगुरु पक्राउ

काठमाडौं, फागुन २२–प्रहरीले किशोरीमाथि यौन दुराचार गरेको अभियोगमा एक बौद्ध धर्मका धर्मगुरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अस्ट्रेलियन नागरिक गोविन्द रिन्बोचे छन् । उनलाई महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले गोकर्णेश्वर नगरपालिकाको कदम्बा बुद्धिष्ट प्रतिष्ठानबाट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्