- News Birat
न्यूज विराट

काठमाडौं, ९ पुस-विभाजित भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूहको केन्द्रीय कमिटी बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओली समूहको केन्द्रीय कमिटीको बैठक बालुवाटारमा बस्दैछ । प्रचण्ड–माधव नेपाल पक्षको बैठक कार्की पार्टी प्यालेस बबरमहलमा बस्नेछ ।

मंगलबार दुवै समूहको केन्द्रीय कमिटीको बैठक बसेको थियो । बालुवाटारमा बसेको ओली समूहको बैठकले १ हजार १ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गर्दै आगामी वर्षको मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।
यस्तै ओली समूहले प्रदिप ज्ञवालीलाई आफ्नो समूहको प्रवक्ता बनाएको छ ।

प्रचण्ड–माधव नेपाल समूहले पनि अध्यक्ष पदबाट केपी शर्मालाई ओलीलाई हटाएर माधव नेपाललाई ल्याएको छ भने कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्यमा मनोनयन गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles