साना किसान कृषि सहकारी अमरदहको सातौँ साधारणसभा सम्पन्न
शनिबार, २३ पुष, २०७९,
न्यूज विराट
विराटनगर, २३ पुस । मोरङको सुनवर्षी नगरपालिका–२ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड अमरदहको वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार सुनवर्षी नगरपालिकाका मेयर श्याम प्रसाद राजवंशीको प्रमुख आतिथ्यतामा सहकारीको सातौँ वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
अमरदहस्थित वीरेन्द्र सार्वजनिक माविमा आयोजित सहकारीको साधारणसभा सुनवर्षी नगरपालिकाका मेयर राजवंशीले उद्घाटन गरे । सो अबसरमा बोल्दै मेयर राजवंशीले नगरको विकासमा सहकारी क्षेत्रको समेत महत्यपूर्ण भूमिका हुने बताए । उनले सहकारीमैत्री नीति लागु हुनुपर्नेमा जोड दिँदै त्यसका लागि नगरपालिका लागि पर्ने बताए ।
मेयर राजवंशीले देशको अर्थतन्त्र सुदृढ बनाउन सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहँदै आएकाले सो क्षेत्रका लागि अझ सहज नीति बन्नुपर्ने र त्यसमा नगरपालिका समेत अग्रसर बनेको बताए ।
उनले सुनवर्षी नगरपालिका कृषिका लागि उर्वर भूमी भएको बताउँदै किसानका समस्या समाधान र कृषि उत्पादकत्व बढाउन सिँचाईका लागि विद्युत महशुल निशुल्क गर्ने आफूले पहिलो निर्णय गरेको जानकारी दिए ।
मेयर राजवंशीले सहकारीले गाउँका साना किसान र कृषक समुहको आर्थिक अवस्था सुधार गर्न टेवा पुर्याउँदै आएकाले आगामी दिनमा थप सफलताको शुभकामना समेत व्यक्त गरे ।
सो अबसरमा सुनवर्षी नगरपालिकाकी उपमेयर मीरा देवी दास, सुनवर्षी–२ का वडाध्यक्ष विनोदकुमार राजवंशीलगायतले सरकारले सहकारीमैत्री नीति निर्माण गर्नुपर्नेमा जोड दिए ।
साधारणसभामा साना किसान कृषि सहकारी संस्था लिमिटेड अमरदहका अध्यक्ष टेक बहादुर भट्टराईले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले गाउँका बचत कर्ता कृषकहरुहरुलाई संगठित गर्दै २०७२ सालमा ५० हजार रुपैयाँ पूँजीबाट सहकारी स्थापनन भएको जानकारी दिए । अध्यक्ष भट्टराईले हाल सहकारीको सदस्य संख्या बढेर ६ सय ६९ पुगेको बताए ।
उनले साबिकको अमरदह गाबिसलाई कार्य क्षेत्र बनाएर काम गर्दै आएको सहकारीका शेयर पूँजी ४ करोड ३० लाख रुपैयाँ पुगेको जानकारी दिए ।
सहकारीले समूह बचत, ब्यक्तिगत बचत, अन्तर समूह बचत, बाल बचत लगायतको शिर्षकमा बचत गर्दै आएको छ । त्यस्तै सहकारीले कुनै सदस्यको मृत्यु भएमा मृतकका परिवारलाई सहयोग गर्न राहत कोष समेत खडा गरेको छ ।
साधारणसभाको अबसरमा सहकारीले हेम नारायण राजवंशीको समुहलाई पुरस्कृत समेत गरेको छ । सहकारीले मोहरमी खातुन लगायतलाई पनि सम्मान गरेको छ ।
विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका – ६ घर भइ धनकुटा जिल्ला अस्पतालमा कार्यरत पाँचौ तहका ल्याबटेक्निसियन वर्ष २७ का अर्जुन कुमार मेहताको रहस्मय मृत्यु प्रकरणमा पक्राउ परेकी प्रेमिका सुशिला कुमारी मेहतासहित दुई जना विरुद्ध मुद्दा...
विराटनगर । विराटनगर ३ मा रहेको मोर्डनएरा स्कुलले तेस्रो संस्करणको मोर्डनएरा लिटिल च्याम्स प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीहरुमा भएको प्रतिभा उजार गर्ने उद्देश्यले आयोजना गरेको उक्त प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।विद्यालयमा अध्ययनरत ९...
विराटनगर, १६ माघ । प्रदेश १ सरकारले प्रदेश राजधानीभित्रका प्रशासनिक संरचनाका लागि जग्गा खोज्न कार्यदल गनठ गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीको संयोजकत्त्वमा कार्यदल गठन गरेको...
विराटनगर, १७ असार-प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमा केही कमजोरी रहेको हुन सक्ने स्वीकार गरेका छन् ।आगामी दिनमा ती कमजोरी सच्याउने दिशामा आफू केन्द्रित भएको उनले बताए । प्रतिपक्षी...
धनुषा, ७ भदौ-प्रदेश २ मा कोभिड–१९ संक्रमण बढेसँगै होम आइसोलेसनमा बस्ने निकै बढेका छन् । प्रदेशका अस्पतालहरूको व्यवस्थापकीय गुनासो बढ्दै जाँदा पछिल्लो चरणमा होम आइसोलेसनमा बस्नेको सङ्ख्या निकै बढेको हो । भदौ लागेपछि बितेका ६...
विराटनगर । विराटनगर १३ मलायरोडमा रहेको जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर हस्पिटलमा आँखाको सम्पूर्ण उपचार गर्ने आँखा विभाग संचालनमा आएको छ । १५ शैय्याको यो हस्पिटलमा आइतबारदेखि आँखाको सम्पूर्ण उपचार सेवा सुरु हुने भएको...
विराटनगर, फागुन २२–इलाममा लागुऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय इलामले इलाम नगरपालिका ४ बस्ने बर्ष २५ का रोशन राई र देउमाई नगरपालिका ९ बस्ने बर्ष २० का बिशाल सिवालाई पक्राउ...
विराटनगर, २२ असोज-डा. गोविन्द केसीको मागप्रती ऐक्यवद्धता जनाउँदै साझा पार्टी विराटनगरले प्रदर्शन गरेको छ । साझा पार्टी विराटनगर महानगर कमिटीले बिहिबार विराटनगरमा डा. केसीको मागप्रति ऐक्यवद्धता जानाउँदै शान्तिपूर्ण प्रदर्शन गरेको हो । सो पार्टीले सरकारलाई...