किशोरीमाथि यौन दुराचार गरेको अभियोगमा बौद्ध धर्मगुरु पक्राउ

 न्यूज विराट
किशोरीमाथि यौन दुराचार गरेको अभियोगमा बौद्ध धर्मगुरु पक्राउ

काठमाडौं, फागुन २२–प्रहरीले किशोरीमाथि यौन दुराचार गरेको अभियोगमा एक बौद्ध धर्मका धर्मगुरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अस्ट्रेलियन नागरिक गोविन्द रिन्बोचे छन् । उनलाई महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले गोकर्णेश्वर नगरपालिकाको कदम्बा बुद्धिष्ट प्रतिष्ठानबाट पक्राउ गरेको हो ।

उनी सोही प्रतिष्ठानका प्रमुख रहेको महानगरीय प्रहरी वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) रमेशबहादुर सिंहले जानकारी दिए । उनीमाथि एक १७ वर्षीया किशोरीले आफूमाथि यौन दुराचार गरेको अभियोगमा बुधबार जाहेरी दिएपछि बिहीबार पक्राउ गरिएको डीएसपी सिंहको भनाइ छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

विराटनगरको ‘स्काइ लन्च’ मा शनिबार पुल पार्टी हुँदै, चर्चित डिजेले उफार्ने, गायकले नचाउने

विराटनगर । विराटनगरमा लामो समयपछि पुल पार्टी हुने भएको छ । चर्चित डिजे कडीको साथमा विराटनगरको हाटखोलास्थित आरके सिटी सेन्टरको सातौँ तलामा रहेको ‘स्काइ लन्च’ रेस्टुरेन्टमा पुल पार्टी शनिवार दिउँसो २ बजेबाट सुरु हुने भएको...

विराटनगरमा एसईइ फुटबल प्रतियोगिता हुँदै, मोरङ र सुनसरीका ४५ विद्यालयको सहभागी हुने

विराटनगर । विराटनगरमा दोस्रो संस्करणको एसईइ अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता हुने भएको छ । सभ्य कला समाज र सम्राट स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा विराटनगरमा असार ३० गतेदेखि उक्त प्रतियोगिता सुरु हुने भएको...

विराटनगरको मेयरका लागि नागेश कोइरालाले गराए उम्मेदवारी दर्ता

विराटनगर, १२ वैशाख । विराटटनगरको मेयरका लागि पाँच दलिय गठबन्धनको तर्फबाट नागेश कोइरालाले उम्मेदवारी दिएका छन् । सोमबार दलबलसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर कोइरालाले उम्मेदवारी दर्ता गराएका हुन् । उपमेयरमा गठबन्धनको तर्फबाट उपेन्द्र यादवका...

एकै पोखरीमा डुबेर ३ बालकको मृत्यु

झापा, ८ साउन-झापाको भद्रपुर नगरपालिका–२ स्थित कमलधापमा निर्माणाधीन पोखरीमा डुबेर ३ बालकको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । मृत्यु हुनेमा भद्रपुर–२ का अनिल तामाङका १० वर्षीय छोरा अङ्कुश, सोही स्थानका कमला थामीका २...

ट्रम्पको निर्णयप्रति आलोचना तीब्र

एजेन्सी, बैशाख ४-अमेरिकाले कोभिड- १९ को सवालमा विश्‍व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले गरेको काममा असन्तुष्टि जनाउँदै आफूले दिँदै आएको सहयोग रोक्ने निर्णय लिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तो सहयोग रोक्नका लागि आफ्नो प्रशासनलाई निर्देशन...

प्रदेश स्तरीय टि–२० क्रिकेट प्रतियोगिता मंगलबारदेखि, उद्घाटनमा इलाम र उदयपुर भिड्दै

विराटनगर । प्रदेश स्तरीय टि– २० क्रिकेट प्रतियोगिता मंगलबारदेखि सुरू हुने भएको छ । विराटनगर –१९ वैजनाथपुर क्रिकेट मैदानमा हुने सो प्रतियोगितामा ६ वटा जिल्लाको सहभागिता रहेको छ ।कोशी प्रदेशमा क्रिकेट खेलको विकास र प्रवद्र्धन...

प्रदेश १ मा २ सय ८२ जनाको रिपोर्ट नेगेटिभ

प्रदेश १ मा कोरोना भाइरसको आशङ्कामा थ्रोट स्वाबबाट रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) परीक्षण र रगतको नमूनाबाट ¥यापिड डाइग्नोष्टिक टेस्ट(९आरडिटी) गरिएका २ सय ८२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । थ्रोट स्वाबअन्तर्गत सङ्कलित २...

चर्को भाडा असुलेर यात्रु लगिएको छैनः सिटौला

काठमाडौं,  २६ जेठ-नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले यात्रुसँग चर्को भाडा नलिएको स्पष्ट पारेका छन् ।महासंघ र उनको नाम जोडेर यात्रुसँग चर्को भाडा असुलेको समाचार बाहिर आएपछि महासचिव सिटौलाले स्पष्ट पारेका हुन् ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्