र्‍यापिड टेस्ट पोजेटिभ देखिएका सप्तरीका २ जनाको पीसीआर रिपोर्ट नेगेटिभ

 न्यूज विराट
र्‍यापिड टेस्ट पोजेटिभ देखिएका सप्तरीका २ जनाको पीसीआर रिपोर्ट नेगेटिभ

जनकपुरधाम, ३ वैशाख-र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी)मा पोजिटिभ रिपोर्ट आएका सप्तरीका २ जनाको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ । २ हप्ताअघि भारतको दिल्लीस्थित निजामुद्दिनमा भएको तबलिकी जमातमा सहभागि भई नेपाल आएर आफ्नै घरमा बसिरहेका ७ जनालाई मंगलबार खोजी गरी आरडीटी परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको थियो ।

अस्पतालमा गरिएको आरडीटी परीक्षणमा २ जनाको रिपोर्ट पोजिटिभ आएपछि सातै जनाको स्वाब संकलन गरी थप परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । धरानमा भएको पीसीआर परीक्षणमा सबैको रिर्पोट नेगेटिभ आएको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिएका छन् ।

आरडीटी परीक्षणमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका १ जना र खडग नगरपालिकाका १ जनामा पोजिटिभ रिपोर्ट देखिएपछि दुवै स्थानीय तहमा आज बिहानबाट सिल गरिएको थियो । यसैबीच मंगलबार आरडीटी परीक्षण गरिएका ७ जनासँगै दिल्लीको तवलिकी जमातबाट आएका अर्का १ जना र अन्य २ जनाको बुधबार गजेन्द्रनारायण सिंह अस्पतालमा र्‍यापिड डायग्नोस्टिक टेस्ट गरिएको दुवै जनाको रिर्पोट नेगेटिभ आएको छ । पीसीआर रिपोर्टे नेगेटिभ आए पनि सबैलाई आइसलोसनमा राखिएको छ ।

रिपोट निगेटिभ आए पनि भारतको दिल्लीस्थित निजामुद्दिनमा भएको तबलिकी जमातमा सहभागि भएकाहरुको युद्धस्तरमा खोजी गर्नुपर्ने माग कडारूपले उठिरहेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार नेपालबाट पनि सयौँ व्यक्तिले त्यसमा सहभागिता जनाएका थिए । को–को सहभागी भएका थिए भन्नेबारे अहिले पनि नेपाल प्रहरीले खोजी गर्न सकेको छैन ।

सम्बन्धित समाचार

सत्ता गठबन्धन स्थानीय तहको चुनाव सार्न जालझेल गर्दैछ:गोकर्ण विष्ट

काठमाडौं, १४ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव गोकर्ण विष्टले सत्ता गठबन्धन स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षड्यन्त्रमा तल्लीन भएको आरोप लगाएका छन् । शुक्रबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै सचिव विष्टले संविधान र...

निजी विद्यालयमाथि विभेद भयो : नेसनल प्याब्सन

काठमाडौं, १६ जेठ-राष्ट्रिय निजी तथा आवसीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले सरकारले निजी विद्यालयलाई विभेद गरेको बताएको छ । सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा निजी विद्यालयलाई उपेक्षा गरेकाे नेसनल प्याब्सनको ठहर छ ।...

दक्षिण कोरियामा कोरोना संक्रमित बढे

एजेन्सी, साउन २०-दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का संक्रमित पछिल्लो समयमा बढेको देखिएको छ । यहाँ संक्रमित हुनेहरूको संख्या पछिल्लो २४ घन्टामा ३४ जना थपिएको जनाइएको छ । योसँगै यहाँ मंगलबारसम्म कोरोनाका संक्रमितहरूको संख्या १४ हजार...

विराटनगरका यी स्थानमा १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई लगाइँदैछ कोरोनाविरुद्धको खोप

विराटनगर, १४ माघ-विराटनगरमा बालबालिकालाई लक्षित गरि कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । विराटनगर महानगरपालिकाले आज सूचना प्रकाशित गर्दै हालसम्म कोरोना भाइरसविरुद्धको खोप नलगाएका १२ बर्षदेखि १७ वर्ष उमेर समुहका बालबालिकाका लागि खोप...

एकीकृत समाजवादीले संसदीय दलको नेता चयन गर्दै

काठमाडौं, १३ भदौ । संसदीय दलको नेता चयन गर्न नवगठित नेकपा (एकीकृत समाजवादी) को बैठक बस्दैछ । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बस्ने गरी बैठक बोलाइएको सांसद मेटमणि चौधरीले जानकारी दिए । बैठकले अध्यक्ष...

नेकपा सचिवालयमा ओलीले पेस गरेको प्रस्ताव (पूर्णपाठसहित)

काठमाडौं, १३ मंसिर-आज बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डले लगाएको आरोपको लिखित जवाफ दिएका छन् । गत २८ कात्तिकको बैठकमा प्रस्तुत प्रस्ताव र आरोपपत्रको...

विराट राजाको दरबार उत्खनन्

विराटनगर, ८ माघ । मोरङको बुधनगर भेडियारीस्थितका विराट राजाको दरबार भनिएको स्थानमा अहिले उत्खनन् भइरहेको छ । पुरातत्त्व विभागबाट गरिएको उत्खननअनुसार विराट राजाको दरबार भनिएअनुसारको उत्खननबाट ऐतिहासिक वस्तु वा भाग्नावशेष पाइएको बताइएको छ । विराट...

उपत्यका विकास प्राधिकरण खारेज गर्न मेयरहरुको माग

काठमाडौ‌ं, २६ जेठ-उपत्यका नगरपालिका फोरमले काठमाडौँ उपत्यका विकास प्राधिकरण अविलम्ब खारेजी गर्न संघीय सरकारसँग आग्रह गरेको छ । फोरमले विज्ञप्ति जारी गरी सहरी विकास मन्त्री बसन्तकुमार नेम्वाङ र राज्यमन्त्री रामवीर मानन्धरसँग यस्तो आग्रह गरेको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्