विराटनगर, ९ कात्तिक । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विश्व पोलियो दिवसको अवसरमा विराटनगरमा सचेतना र्याली निकालेको छ ।
डाउनटाउनले अन्य चारवटा क्लबसहितको आयोजनामा सचेतना र्याली निकालेको हो ।रोटरी भवनबाट सुरु भएको र्याली मेनरोड हुँदै रोटरी भवनमा फर्किएर सम्पन्न भएको थियो ।
र्यालीमा डिट्रिक्ट गभर्नर सन्तोष प्रसाद रिजाल र किस्ट्रिक्ट कन्फ्रेन्स चेयर बेनीगोपाल मुण्दडालगायतको सहभागित थियो ।
र्यालीमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष संचिता जैन, महासचिव अनिता सारडा, जनसम्पर्क अधिकारी मञ्जु अग्रवाल लगायत क्लबका पदाधिकारी तथा सदस्यहरु र रोटर्याक्टका ५० भन्दा बढि सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो ।
र्यालीपछि सहभागिहरुलाई खाजाको प्याकेजसमेत वितरण गरिएको थियो ।