अनुमतिबिना सञ्चालन विराटनगरको १५ शैय्याको बिग हस्पिटल सिल

 न्यूज विराट
अनुमतिबिना सञ्चालन विराटनगरको १५ शैय्याको बिग हस्पिटल सिल

विराटनगर । विराटनगर महानगरपालिकाबाट अनुमतिबिना सञ्चालन भएको विराटनगर स्थित बिग हस्पिटल सिलबन्दी गरिएको छ । विराटनगर महानगरपालिकाले अनुगमन गरेर बिना दर्ता सञ्चालनमा रहेको हस्पिटल आज सिलबन्दी गरेको हो ।

विराटनगरको हस्पिटल चोकमा एक वर्षदेखि १५ शय्याको बिग हस्पिटल बिना दर्ता सञ्चालनमा रहेको थियो । विराटनगर महानगरपालिका र जिल्ला प्रशासन कार्यालय मोरङले संयुक्त रूपमा अनुगमन गरी दर्ता बेगार लामो समयदेखि सञ्चालनमा रहेको पाइएपछि हस्पिटलको काउन्टर, ल्याब, आकस्मिक कक्ष, ओपिडी र प्रशासन शाखामा सिलबन्दी गरिएको छ ।

१५ शय्या सम्मका अस्पताल सञ्चालनको अनुमति स्थानीय तहबाट लिनुपर्ने कानुनी व्यवस्था भए पनि अस्पतालले अनुमति बेगार सञ्चालनमा रहेको थियो । स्थानीयतह स्वास्थ्य संस्था दर्ता, अनुमति तथा नवीकरण सम्बन्धी निर्देशिका, २०७४ अनुसार १५ शय्यासम्म स्थानीय सरकारले अनुमति दिने गरेको छ । तर, बिग हस्पिटलका सञ्चालकहरूले अटेर गरी लामो समयदेखि दर्ता बेगार सञ्चालन गरिरहेको पाएपछि हस्पिटल सिल गरिएको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए । दर्ता प्रक्रिया र आवश्यक मापदण्ड पुरा गरेपछि मात्र हस्पिटल सञ्चालन गर्न पाइने उनले बताए । अस्पतालमा भर्ना भएका १७जना बिरामीलाई दर्ता प्रक्रियामा रहेको हस्पिटलमा २४ घण्टा भित्र रेफर गर्न पनि अनुगमन टोलीले निर्देशन दिएको छ । नयाँ आएका बिरामी भर्ना नलिन र दर्ता प्रक्रिया पुरा गरेपछि मात्र हस्पिटल सञ्चालन गर्न निर्देशन दिएको उनले बताए ।

यसअघि हस्पिटलले अनुमति प्रक्रियाका लागि विराटनगर महानगरपालिकामा निवेदन दिएको थियो । निवेदन दिएपछि महानगर स्वास्थ्य महाशाखा प्रमुख हैदर अलिसहितको प्राविधिक टिम गएर अनुगमन र निरीक्षण गर्दा अस्पतालका लागि आवश्यक मापदण्ड पूरा भएको थिएन । त्यसपछि महानगरपालिकाले १२ बुँदे मापदण्ड पूरा गरेर आउन निर्देशन दिएको थियो । गत वैशाख २६ गते महानगरले पत्रमार्फत पूरा गर्नुपर्ने मापदण्डका बारेमा निवेदकलाई जानकारी गराएको हो ।

महानगरपालिकाले अस्पतालमा अटो फायर अलार्मर स्मोक डिटेक्टरको व्यवस्था नभएको, शव वाहन नभएको र शव वाहनका लागि अन्य संस्थासँग आबद्धता समेत नलिएको, भवन तथा पूर्वाधार सम्बन्धी व्यवस्था अनुरूप भवन निर्माण सिफारिस सम्बन्धी कागजात उपलब्ध नभएको पाइएकोले ती मापदण्ड पुरा गर्न भनिएको स्वास्थ्य महाशाखा प्रमुख अलीले बताए । यस्तै जनशक्ति व्यवस्थापन मापदण्ड अनुरूपको जनशक्ति नभएको, स्व मूल्याङ्कन प्रतिवेदन पेस नभएको, स्वघोषणा पत्र, जन स्वास्थ्य सेवा सम्बन्धी व्यवस्था ९पोषण सेवा, खोप, सुरक्षित मातृत्व, बाल स्वास्थ्य, परिवार नियोजन० अनुरूप सेवा प्रवाहको कार्य योजना नभएको, फोहर मैला व्यवस्थापन मापदण्ड बमोजिम नभएको, विपद् व्यवस्थापन योजना तयार नगरेको पाइएका कारण सञ्चालन अनुमति नदिएको उनले बताए । ‘मापदण्ड पूरा नगरेपछि हामीले अनुमतिनदिएकाहौं । १२ बुद्धे मापदण्ड पूरा गर्न पत्राचार गरेका थियौँ । अहिलेसम्म हस्पिटलले उक्त मापदण्ड पूरा गरेर आएको छैन,’उनले भने, ‘मापदण्ड पुरा नभएको पाइएपछि अहिले हस्पिटल सिलबन्दी गरिएको हो । ’

सम्बन्धित समाचार

अनेरास्ववियू रतुवामाईले पायो पूर्णता, अध्यक्षमा चापागाईं

प्रवेश विष्ट/रतुवामाई, १८ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूको रतुवामाई नगर कमिटी र्गठन भएको छ । आइतबार रतुवामाई ८ स्थित सरस्वती माविमा आयोजित बृहत विद्यार्थी भेलाले ससांक चापागाईंको संयोजकत्वमा ७५ सदस्यीय...

सिद्धबाबा प्रकरण :आरोपित गिरीको बयान सकियो, थुनछेक बहस आइतबार

विराटनगर, पुस ११–अनुयायी महिलालाई बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको आज बयान लिइएको छ । गिरीको बयान लिए पनि कार्यालय समय सकिएकाले थुनछेक बहस भने आइतबारका लागि तोकिएको छ । सरकारी वकिलमार्फत अदालतमा अभियोग...

भारतमा केन्द्रीय गृहमन्त्रीपछि कर्नाटकका मुख्यमन्त्रीलाई कोरोना संक्रमण 

एजेन्सी, साउन १९-भारतमा कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिइरहेको छ । केन्द्रीय गृहमन्त्री अमित शाहपछि कर्नाटकका मुख्यमन्त्री बीएस येदियुरप्पालाई कोरोना संक्रमण भएको छ । उनले भनेका छन्, ‘हालत ठीकै छ तैपनि चिकित्सककाे सुझावअनुसार अस्पताल भर्ना हुँदैछु...

बिहीबारभन्दा आज ३०३ सक्रिय संक्रमित घटे

काठमाडौं, १९ मंसिर-देशभरमा बिहीबारभन्दा आज ३ सय ३ सक्रिय संक्रमित घटेका छन् । पछिल्लो २४ घण्टामा १ हजार २ सय ७२ जना संक्रमित हुँदा १ हजार ५ सय ७५ जना संक्रमण मुक्त भएकाले सक्रिय संक्रमितको...

गैरआवासीय नेपालीको बौद्धिक र भौतिक सम्पत्ति भित्र्याउन राज्यले पहल गर्नुपर्छःमन्त्री कार्की

लण्डन । प्रदेश नम्बर एकका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले गैरआवासीय नेपालीहरुको बौद्धिक र भौतिक सम्पत्तिको समुचित प्रयोग गर्न सके नेपालको विकासमा टेवा पुग्न सक्ने बताएका छन् । मन्त्री कार्कीले राज्यले यसको उपयुक्त...

उपत्यका छाड्नेको चाप, टिकट पाउन कठिन

सरकारले शैक्षिक संघसंस्था तथा अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्दै लामो दूरीका यातायात १० चैतदेखि बन्द गर्ने निर्णय गरेपछि उपत्यका छाड्नेको चाप बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्दै १०...

विराटनगरका सौन्दर्यकर्मी मनाए तीज

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगर कमिटिले महिलाहरूको महान् चार्ड तीज पर्व मनाएका छन् ।सौन्दर्यकर्मीहरूले विराटनगरमा बुधवार एक भव्य कार्यक्रम आयोजना गरी तीज विशेष कार्यक्रम आयोजना गरी मनाएका हुन् । उनीहरूले तीजको अवसर...

बृहत् नागरिक आन्दोलनले संविधान संशोधन मार्च गर्ने, संविधान अधुरो र अपुरो रहेको भनाइ

बृहत् नागरिक आन्दोलनले 'संविधान संशोधन मार्च' गर्ने भएको छ । नेपालको संविधान जारी भएको दिन (असोज ३) को अवसरमा उक्त मार्च गर्न लागिएको बताइएको छ । बृहत् नागरिक आन्दोलनले उक्त मार्चमा सहभागी हुन सबैपक्षलाई आह्वान गरेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्