पेट्रोलियम पदार्थको मूल्य बढ्यो - News Birat

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

न्यूज विराट

पेट्रोलियम पदार्थको मूल्य बढेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमका प्रवक्ता बिनितमणि उपाध्ययका अनुसार पेट्रोलमा एक रुपैयाँ र डिजेल/मटितेलमा दुई रुपैयाँले मूल्य समायोजन गरिएको हो । मूल्य समायोजनपछि पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ । डिजेल/मटितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ । १ डिसेम्बरमा आईओसीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles