तीन वर्षमा वन्यजन्तुको आक्रमणबाट ३६ जनाको मृत्यु

 न्यूज विराट
तीन वर्षमा वन्यजन्तुको आक्रमणबाट ३६ जनाको मृत्यु

चितवन,  २१ असोज-चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत मध्यवर्ती क्षेत्रका बासिन्दा र वन्यजन्तुबीच द्वन्द्व घट्दै गएको छ । चितवन राष्ट्रिय निकुञ्जले उपलब्ध गराएको तथ्याङ्कानुसार यस क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व घट्दै गएको हो । निकुञ्जबाट निस्कने बाघ, हात्ती, गैँडा, गोही, बँदेल, भालुलगायत जङ्गली जनावरले आक्रमण गर्दा पछिल्लो तीन वर्षमा ३६ जनाले ज्यान गुमाएका छन् ।

 पछिल्लो तीन वर्षको अवधिमा जनावरको आक्रमणबाट आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा बढी मानवीय क्षति भएको छ । सो आवमा वन्यजन्तुको आक्रणमा परी २२ जनाको मृत्यु हुनुका साथै १ सय २० जना घाइते भएका थिए ।

निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी अशोक रामका अनुसार आव २०७४/७५ मा वन्यजन्तुको आक्रमणबाट पाँचको मृत्यु तथा ३२ जना घाइते भएका थिए ।

त्यस्तै, आव २०७६/७७ मा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या नौ तथा घाइतेको सङ्ख्या ३४ रहेको सूचना अधिकारी रामले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्जबाट जनावर सजिलै मध्यवर्ती क्षेत्रमा प्रवेश गर्ने र मानिससँग भेट हुँदा उनीहरुले आक्रमण गर्ने गरेको उनले बताए । मानव–वन्यजन्तु द्वन्द्व बढेपछि यसको नियन्त्रणका लागि निकुञ्जले मध्यवर्ती क्षेत्रमा करेन्टको झड्का तथा मेसजाली लगाउन थालेको छ ।  विद्युतीय झड्काबाट वन्यजन्तुलाई क्षति नहुने भन्दै उनले त्यो विद्युतीय झड्का नाघेर जनावर बस्तीमा पस्न नसक्ने बताए ।

करिब छ करोड राहत वितरण

निकुञ्जका जनावरबाट हुने मानवीय क्षतिका लागि वर्षेनी राहत प्रदान गरिँदै आएको सूचना अधिकारी अशोक रामले बताए । उनका अनुसार पछिल्लो तीन वर्षमा जनावरका कारण मृत्यु भएका तथा घाइते भएका व्यक्तिको परिवारलाई करिब छ करोड राहत प्रदान गरिएको छ ।

आव २०७४/ ७५ देखि आव २०७६/७७ सम्म वन्यजन्तुको आक्रमणबाट भएको मानवीय क्षतिवापत निकुञ्जले राहतस्वरुप पाँच करोड ९० लाख ९६ हजार ६ सय ४४ रुपैयाँ प्रदान गरेको रामले बताए । निकुञ्जले आव २०७४/७५ मा मृत्यु भएका पाँच जनाको परिवारलाई प्रतिपरिवार १० लाखका दरले ५० लाख राहत उपलब्ध गराएको थियो ।

त्यस्तै निकुञ्जका जनावरबाट घाइते भएका व्यक्तिको उपचार खर्चसमेत निकुञ्जले व्यहोर्दै आएको छ । सो आवमा जनावरबाट घाइते भएका ३२ व्यक्तिको उपचार खर्चबापत २२ लाख २४ हजार ४ सय ५० पीडित परिवारलाई उपलब्ध गराइएको उनको भनाइ छ ।

जङ्गली जनावरको आक्रमणबाट व्यक्तिको मृत्यु भएमा निकुञ्जले १० लाख तथा घाइते भएमा उपचार खर्च उपलब्ध गराउँदै आएको सूचना अधिकारी रामले बताए ।

आव २०७५/७६ मा जङ्गली जनावरका आक्रमणबाट मृत्यु भएका २२ जनाको परिवारलाई निकुञ्जले राहतस्वरुप दुई करोड २० लाख रुपैयाँ उपलब्ध गराएको छ । त्यस्तै घाइते भएका व्यक्तिको उपचार खर्चबापत एक करोड ११ लाख ९५ हजार ५ सय १६ प्रदान गरिएको रामको भनाइ छ ।

अघिल्लो आव २०७५/७६ मा भन्दा गत आव २०७६/७७ मा मानव–वन्यजन्तु द्वन्द्व घटेको तथ्याङ्कले देखाएको छ । निकुञ्जको जनावरबाट हुने क्षति घटेसँगै राहत रकमसमेत घटेको सूचना अधिकारी रामले बताए ।

 गत आव २०७६/७७ मा जनावरबाट मृत्यु भएका नौ जनाको परिवारलाई  ९० लाख तथा घाइते भएका ३४ जनाको उपचार खर्चवापत छ लाख ७६ हजार ६ सय ७८ रुपैयाँ प्रदान गरिएको उनको भनाइ छ ।

सबैभन्दा बढी क्षति चितवनमा

निकुञ्जको जनावरका कारण सबैभन्दा बढी क्षति चितवनमा भएको छ । निकुञ्जबाट निस्किएका जनावरले आक्रमण गर्दा मृत्यु हुने ३६ मध्ये ३४ वटा घटना चितवन जिल्लाको तथा दुई घटना नवलपरासीको भएको निकुञ्जले जनाएको छ ।

त्यस्तै घाइते भएका २ सय ५६ घटनामध्ये २ सय १२ वटा चितवन, ३६ नवलपरासी, तीनवटा मकवानपुर, दुईवटा सर्लाही र एउटा पर्सामा भएका घटना हुन् ।

चालू आव २०७७/७८ को तीन महिनामा चितवन निकुञ्जबाट निस्किएको बाघको आक्रमणले तीन जनाको मृत्यु भइसकेको छ । मृत्यु भएका तीनै जना चितवनका हुन् भने जङ्गलमा घाँस काट्ने जाने क्रममा उनीहरुलाई बाघले आक्रमण गरेको थियो ।

यस आवमा ज्यान गुमाउनेको परिवारलाई राहतवापतको रकम भुक्तानी गर्नका लागि प्रक्रिया भइरहेको सूचना अधिकारी अशोक रामले जानकारी दिए । रासस

सम्बन्धित समाचार

परीक्षणको दायरा बढाउन कांग्रेसको आग्रह

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड-१९) परीक्षणको दायरा बढाउन आग्रह गरेको छ । कांग्रेसले छिमेकी राष्ट्र चीनको सफलताबाट पाठ सिकेर अन्य देशको झैँ व्ययावहको स्थितिको प्रतीक्षा नगर्न आग्रह गरेको छ । कैलालीका एक...

अमेरिकामा एकैदिन थपिए ६२ हजार कोरोना संक्रमित

एजेन्सी, असार २५-संयुक्त राज्य अमेरिकामा २४ घण्टामा अहिलेसम्मकै बढी कोरोना संक्रमित थपिएका छन् । वल्डोमीटरका अनुसार त्यहाँ गत २४ घण्टामा अहिलेसम्मकै बढी ६१ हजार ८ सय संक्रमित थपिएका हुन् । योसँगै अमेरिकामा संक्रमितको संख्या ३१...

पाठ्यभार घटाएर भए पनि शैक्षिकसत्र पूरा गरिन्छ : शिक्षामन्त्री

काठमाडौं, १७ भदौ-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कुनै पनि तहको शैक्षिकसत्र खेर नजानेगरी कार्यतालिका बनाइने बताएका छन् ।  अनेरास्ववियूले आयोजना गरेको भर्चुअल अन्तक्र्रियामा आज उनले कोभिड–१९ का कारणले पढाइ सञ्चालन नभए पनि पाठ्यभार घटाएर...

भव्य भयो ग्रेडेड स्कुलको ३० औं वार्षिकोत्सव

विराटनगर । विराटनगरमा रहेको ग्रेडेड बोर्डिङ स्कुलले ३० औं वार्षिकोत्सव मनाएको छ । स्कुल परिसरमा शनिबार विभिन्न कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमको प्रमुख अतिथि जिल्ला शिक्षा समन्वय समिति मोरङका...

मोडर्न एरा स्कुलमा स्पोर्ट्स मिट शुरु, एक दर्जन खेलमा विद्यार्थीको प्रतिस्पर्धा

विराटनगर । विराटनगर–३ मा रहेको मोडर्न एरा स्कुलमा स्पोर्ट्स मिट बुधबारदेखि शुरु भएको छ । तीन दिनसम्म हुने स्पोर्ट्स मिटमा एक दर्जन खेल समाबेस गरिएको छ ।स्र्पोटस मिटमा फिल्ड इभेन्ट्स, ट्याक इभेन्ट्स, कलास इभेन्ट्स, फुटबल,...

महानगरस्तरीय कबडी प्रतियोगिता सुरू

विराटनगर । महानगरस्तरीय कबडी प्रतियोगिता विराटनगरमा सुरु भएको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमी विराटनगर महानगर कमिटीको आयोजनामा मंगलबारदेखि उक्त प्रतियोगिता सुरु भएको हो ।उद्घाटन खेलमा वडा नम्बर १४ विजयी भएको छ । वडा नम्बर...

नयाँ नक्साप्रति भारतको प्रतिक्रियाः यो कदम ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन

काठमाडौं, ७ जेठ-लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नेपालले नयाँ नक्सा सार्वजनिक गरेपछि भारतले प्रतिक्रिया जनाएको छ । आज नेपालले आधिकारीकरूपमा नक्सा जारी गरेसँगै भारतले औपचारिक प्रतिक्रिया जनाएको हो ।  भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग...

प्रदेश १ की सामाजिक विकास मन्त्री राई भन्छिन्ः प्रतिकुलतालाई अनुकुलतामा बदल्नुपर्छ

विराटनगर, ५ जेठ । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले प्रतिकुलतालाई अनुकुलतामा बदल्न आवस्यक रहेको बताएकी छन् । कोरोना संक्रमणको समयमा जिल्ला स्तरमा रहेका अस्पतालहरुलाई क्षमता विकास गरेर अघि बढ्नुपर्ने उनले बताइन् ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्