सरकारी जागिरको प्रलोभन दिइ १५ लाख रुपैयाँ ठग्‍ने पक्राउ

 न्यूज विराट
सरकारी जागिरको प्रलोभन दिइ १५ लाख रुपैयाँ ठग्‍ने पक्राउ

जागिरको प्रलोभनमा पारेर १५ लाख ठग्ने व्यक्ति पक्राउ परेका छन् । राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान अधिकृत पदमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने निलम भट्टराई प्रहरीको फन्दामा परेका हुन् ।

महानगरीय अपराध महाशाखाले झापा सुरुङ्गा कनकाई नगरपालिका–३ घर भई हाल चाबाहिल बस्ने ३५ वर्षीय भट्टराईलाई पक्राउ गरेको हो ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइरालाका अनुसार भट्टराईले तनहुँ शुक्लागण्डकी ३० वर्षीया दुर्गा पौडेल न्यौपाने ठगेका हुन् । उनले राष्ट्रिय अनुसन्धान विभागको अधिकृत पदमा जागिर लगादिने भन्दै १५ लाख रुपैयाँ लिएका थिए । दुर्गालाई विश्वास दिलाउन उनले आफू चलचित्र क्षेत्र तथा राष्ट्रिय अनुसन्धान विभागको उच्च अधिकारी र नेपाल टेलिभिजनको पत्रकारसमेत रहेको भन्दै ढाँटेका हुन् ।

१५ लाख रुपैयाँ पाएपछि पनि उनले तनहुँ रहेकी न्यौपानेलाई अनुसन्धान अधिकृतको जागिर पक्का भएको र ४५ दिन तालिमको लागि सिन्धुली जानुपर्छ भन्दै काठमाडौं बोलाएका थिए । न्यौपाने काठमाडौं पुगेपछि भने भट्टराई फरार भए । त्यसपछि ठगिएको थाहा पाएर दुर्गाले प्रहरीमा उजुरी दिएकी हुन् ।

उजुरीको आधारमा खोजतलास गरेको प्रहरीले भट्टराईलाई सुर्खेतबाट पक्राउ गरेको हो । उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको एसपी कोइरालाले जानकारी दिए ।

सम्बन्धित समाचार

प्रदेश १ बाट २३ जना डिस्चार्ज

विराटनगर ८ असार–प्रदेश १ बाट आज २३ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १० र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १३ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ...

मोरङको रतुवामाईमा थप २५ जनामा कोरोना पुष्टि 

विराटनगर, ३२ जेठ-मोरङको रतुवामाई नगरपालिकामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा भारतबाट आएर रतुवामाईस्थित क्वारेन्टाइनमा बसेका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरू रतुवामाई...

एक घण्टा पछि सर्‍यो मन्त्रिपरिषद् बैठक

काठमाडौं, ३ मंसिर-प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकसँग जुधाएर बोलाएको मन्त्रिपरिषद् बैठक भने पछि सारेका छन् । दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक एक घण्टा ढिला गरिएको छ...

विराटनगरमा सिपिआर तथा क्यान्सर रोग बारे सचेतना कार्यक्रम

विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाले सिपिआर तथा क्यान्सर रोग बारे सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ । भारतको पटनास्थित मेदान्ता अस्पतालको सहयोगमा उक्त कार्यक्रम शुक्रबार विराटनगरस्थित होटल स्वागतममा आयोजना गरेको हो ।...

कोरोना संक्रमणबाट विराटनगरमा थप तीन जनाको मृत्यु

विराटनगर, १८ जेठ । कोरोना संक्रमणका कारण विराटनगरमा थप तीन जनाको मृत्यु भएको छ । विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई र नोबेल शिक्षण अस्पतालमा एक संक्रमितको मृत्यु भएको हो । कोसी अस्पताल कोभिड–१९...

कोरोना महामारीबीच स्पेनमा विपक्षीद्वारा सरकारविरोधी प्रदर्शन

एजेन्सी, जेठ ११-कोरोना भाइरसको महामारीबीच स्पेनमा सरकारविरोधी प्रदर्शनमा हजारौंले सहभागिता जनाएका छन् । कोरोना भाइरसको महामारी नियन्त्रणमा लिन सरकारले गरेको प्रयास पर्याप्त तथा उपयुक्त नभएको भन्दै विरोध प्रदर्शन भएको हो । विपक्षी भक्स पार्टीले देशका...

आजदेखि ४ दिन यो वर्षकै धेरै पानी पर्ने, सतर्क रहन मौसमविद्को

काठमाडौं, २५ असार-देशका विभिन्न ४ वटा प्रदेशमा आगामी ४ दिन यस वर्षको (मनसुन सक्रिय भएपछिको) अहिलेसम्म कै बढी पानी पर्ने मौसमविद्ले बताएका छन् । आजदेखि २८ असारसम्म प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा मनसुन...

सुनसरीका दुई युवाले साईकल चढेर गरे अयोध्याको यात्रा, हिन्दु स्वयंसेवकद्धारा सम्मान

विराटनगर । सुनसरी दुहबीका विश्व हिन्दु परिषद, युवा विभागका दुई युवा अभिशेख कुमार मण्डल र ओम प्रकाश विकले साइकल चढेर भारतको अयोध्याको दर्शन गरेका छन् । उनीहरुले अयोध्या दर्शनको लागि ८ दिन अगाडि दुहबीबाट साईकलमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्