आजदेखि ४ दिन यो वर्षकै धेरै पानी पर्ने, सतर्क रहन मौसमविद्को

 न्यूज विराट
आजदेखि ४ दिन यो वर्षकै धेरै पानी पर्ने, सतर्क रहन मौसमविद्को

काठमाडौं, २५ असार-देशका विभिन्न ४ वटा प्रदेशमा आगामी ४ दिन यस वर्षको (मनसुन सक्रिय भएपछिको) अहिलेसम्म कै बढी पानी पर्ने मौसमविद्ले बताएका छन् ।

आजदेखि २८ असारसम्म प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा मनसुन सुरु भएपछिको अहिलेसम्म कै बढी वर्षा हुने अनुमान गरिएको जल तथा मौसम विज्ञान विभागका प्रवक्ता वरिष्ठ मौसमविद् डा अर्चना श्रेष्ठले जानकारी दिइन् ।

‘मनसुन शुरु भएदेखि नै पानी परिरहेको छ, पानीको सतह माथि आइसकेको र जमिन गलिसकेको छ, जुलाई र अगस्टमा मौसम थप सक्रिय हुन्छ, अबको चार दिन अलि बढी पानी पर्नसक्छ,’ श्रेष्ठले भनिन् । उनका अनुसार अहिलेसम्म औसतभन्दा धेरै पानी परिसकेको छ ।

त्यसैले सम्भावित पानी पर्ने प्रदेशको तराई तथा चुरे क्षेत्रबाट बग्ने नदी, खोला तथा खहरेमा बाढी बढ्ने र समतल भूभागमा डुबानको सम्भावना हुने भएकाले विशेष सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ ।

सरकारले यसवर्ष असारमा आधारित विपद्को सूचना प्राणाली व्यवस्थापन गरिएको छ । त्यसैले पानीपर्ने सम्भावना छ मात्रै नभनी कुनकुन क्षेत्रमा पानी पर्नेछ, कस्तो असर गर्न सक्छ, त्यसबाट कसरी सावधानी अपनाउने भनेर सार्वजनिक सूचना दिन थालिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए ।

मुलुकमा गएको वैशाखदेखि अहिलेसम्म पर्याप्त पानी परिसकेको छ । प्रि–मनसुनमा नै भारी वर्षा भएकाले जमिन गलिसकेको सन्दर्भमा ठाउँठाउँमा बाढी पहिरोले मानवीय क्षति पुर्‍याइसकेको छ । मनसुनको सुरुवातमा नै पहिरोले धेरै मानिसको ज्यान लिइसकेको छ भने घरबारविहीन बनाएको छ । पर्वत र बझाङको ठूलो पहिरोमा मात्रै १५ जनाको ज्यान गएको छ । प्राधिकरणको अभिलेखअनुसार वैशाखदेखि अहिलेसम्म कूल ८०४ वटा विपद् घटनामा ११४ जनाको मृत्यु भएको छ ।

यसवर्ष मनसुनका समयमा औसत वर्षा हुने मौसम विभागले भनिसकेको छ । औसत वर्षा पनि कुनै समय कम पानी पर्ने र कुनै समय भारी वर्षा हुनसक्ने विज्ञले बताएका छन् । भारी वर्षाले ठाउँठाउँमा बाढी, डुबान र पहिराको जोखिम बनाइसकेको छ । पहाडी क्षेत्रमा साना तथा खहरे खोला र नदीनालाको बहाव बढ्न थालेको छ । आगामी चार दिन खतराको तहसम्म बढ्ने अनुमान छ । यसतर्फ सचेत भएर चनाखो हुनसमेत प्राधिकरणले आज एक सूचना जारी गरी जनाएको छ ।

भारी वर्षाबाट हुने सम्भावित जोखिमसमेतलाई आँकलन गरी यसवर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७७ को भाग (एक र दुई) प्रकाशित भइसकेको छ । उक्त कार्य योजनानुसार विपद्का समयमा सङ्घीय मन्त्रालय, प्रदेश र स्थानीय सरकार राजनीतिक दल तथा गैरसरकारी संस्था एजेन्सी, विकास साझेदार संस्था तथा निजी क्षेत्रलगायतको समन्वयमा विपद् व्यवस्थापन र क्षति न्यूनीकरणको तयारी गरिएको छ ।

यी नदीमा बहाव बढ्नसक्ने    

शुक्ररबारदेखि आइतबारसम्म कन्काइ, कोशी, कमला, वाग्मती, नारायणी तथा यसका सहायक नदीमा पानीको सतह बढेर खतराको तहसम्म हुनसक्ने पूर्वानुमान गरिएको छ ।

खासगरी प्रदेश १ र २ को चुरे तथा तराई क्षेत्रमा बग्ने खोला तथा नदीमा ठूलो बाढी आउने हुनाले त्यस क्षेत्रका बासिन्दालाई सतर्क र विशेष चनाखो रहन आग्रह गरिएको पोखरेलले बताउनुभयो । उक्त समयमा तराईको झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिरहा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवनलगायत जिल्लाका कतिपय होचो ठाउँमा डुबानको सम्भावना छ ।

प्राधिकरणले यी चार प्रदेशका अलावा प्रदेश नं ५ तथा कर्णाली, सुदुरपश्चिम प्रदेशका बासिन्दाले पनि यो समयमा सतर्क रहनुपर्ने आवश्यकता औँल्याएको छ । प्राधिकरणले आफ्नो टोल, बस्ती आसपासमा खोला नदीको बहावबारे जानकारी लिन र समुदायमा जानकारी दिनसमेत अनुरोध गरेको छ ।

नदीनालामा आउने बाढीको जानकारी लिन जल तथा मौसम विज्ञान विभागको टोल फ्री नं ११५५ र आपत्कालीन सेवाका लागि राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको टोल फ्री नं ११४९ चौबिसै घण्टा खुला रहने जनाइएको छ । यस्तै प्राधिकरणले मोबाइलमा आउने सन्देशलाई पनि विशेष ध्यान दिन भनेको छ । बाढी, पहिरो र डुबानबारे मिडियामा आउने सूचनालाई समेत ध्यान दिन प्राधिकरणले आग्रह गरेको छ ।

एक जना जलाधार विज्ञ मधुकर उपाध्यायले यो समयमा नसोचेको स्थानमा समेत भेलपहिरो आउनसक्ने भएकाले सचेत हुन आग्रह गरे । पानीको स्रोतको व्यवस्थापन नभएको र परेको पानी बग्ने बाटो नष्ट भएकाले जथाभावी रुपमा क्षति पुर्‍याउनसक्ने हुँदा थप सचेत बन्नुपर्ने उनको सुझाव छ । पर्वत र बझाङमा जङ्गलबाट खसेको पहिरो त्यसको एउटा उदाहरण हो ।

विपद् जोखिम व्यवस्थापन विज्ञ डा. कृष्ण देवकोटाले जमिन गलिसकेको हुँदा थोरै पानीले नै धेरै क्षति पुर्‍याउनसक्ने भएकाले थप जोखिम बढेको बताए । उनले आवश्यक समन्वयमा क्षति र जोखिम न्यूनीकरणका कामलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

सम्बन्धित समाचार

सिलाइ सेन्टरमै बन्न थाले गुणस्तरहीन मास्क

काठमाडौं, फागुन २७–नेपालमा कोरोनाको त्रास बढेसँगै बजारमा सर्जिकल मास्क र स्यानिटाइजरको अभाव देखिएको छ । मागअनुसार आपूर्ति नहुँदा उपभोक्ताले चरम अभाव खेपिरहेका छन् । बजारमा मास्कको माग बढेपछि अहिले विभिन्न संस्था र व्यक्तिले मास्क बनाउन...

नेपालमा कोरोना संक्रमितको संख्या ३० पुग्यो, उदयपुरमा १२ र चितवनमा २ नयाँ संक्रमित

नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । शुक्रबार थप १४ जनामा पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार पुष्टि भएका  मध्ये उदयपुर जिल्लाका १२ जनामा संक्रमण देखिएको छ । सबै पुरुषहरू क्रमश ;...

आज लकडाउनको ७३औँ दिन : सवारी चाप बढ्यो, खुल्न थाले पसल

काठमाडौं, २२ जेठ-सरकारले जारी गरेको लकडाउको आज ७३औँ दिन पुगेको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गते यता लकडाउन गर्दै आएको छ । जेठ ३१ गते सम्मका लागि...

लकडाउन लम्बिने संकेत, ५ जेठपछि मोडालिटी परिवर्तन हुने

काठमाडौं, जेठ २-कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गरेको छ ।समितिको शुक्रबार बसेको बैठकले ५ जेठपछि लकडाउनको मोडालिटी परिवर्तन गरेर जाने निर्णय गरेकाे हो । स्वास्थ्य क्षेत्रका विज्ञहरूसँगको छलफलपछि समितिले...

विराटनगर उच्च अदालत अगाडी इटा उद्योगीमाथि खुकुरी प्रहारमा संलग्न दुई जना पक्राउ

विराटनगर, ११ असोज । आइतबार दिउँसो विराटनगरस्थित उच्च अदालत अगाडी इटा उद्योगीमापथ खुकुरी प्रहारमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काभ्रेपलान्चोक चौरी देउराली गाउँपालिका वडा नं.–९ बस्ने बर्ष ३० वर्षीय कलाम...

कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाले लिए शपथ, तीन सदस्य मन्त्रीमण्डल विस्तार

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । सभामुखसहितको मत जोडेर बिहीबार साँझ मुख्यमन्त्री नियुक्त भएका थापाले आज प्रदेश प्रमुख पर्शराम खापुङसँग शपथ लिएका हुन् । थापाले आजै...

विश्वभरि कोरोना संक्रमितको संख्या तीन करोड नाघ्यो

एजेन्सी, २ असोज-विश्वभरी कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या सङ्ख्या तीन करोड नाघेको छ । संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोना भाइरसबाट हालसम्म मृत्यु हुनेहरूको...

दिल्ली हिंसामा मृत्यु हुनेको संख्या १३ पुग्यो

एजेन्सी, फागुन १४–भारतको राजधानी नयाँ दिल्लीको उत्तर–पूर्वी क्षेत्रमा केही दिनदेखि जारी हिंसामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । हिंसामा सर्वसाधारणको मृत्यु भएपनि प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले हिंसाग्रस्त क्षेत्रको भ्रमण गरेका छन् ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्